सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले निजीक्षेत्रलाई निराश नबनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आश्वासन दिएका छन्। सुर्खेत उद्योग वाणिज्य संघले सोमबार आर्थिक मामिला मन्त्रालयमा बुझाएको विभिन्न १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्दै उनले निजीक्षेत्रसँग सरसल्लाह र समन्वय गरेरै प्रदेश सरकार अघि बढ्ने बताए। उनले निजी क्षेत्रका मागहरूलाई बजेटमार्फत सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे।

‘मागपत्रमा उठाइएका कतिपय मात्रहरू संघीय सरकारको बजेटले सम्बोधन गरेको छ, जुन सकारात्मक हो,’ मन्त्री ज्वालाले भने, ‘अन्य प्रदेश तथा जिल्लासँग सम्बन्धित माग सम्बोधन गर्न सक्दो प्रयास गर्छु।’ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा जोड दिएर बजेट ल्याउन लागेको उनको भनाइ छ।

‘पर्याप्त पूर्वाधार भए मात्र लगानी आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘उद्योग व्यापारको विकासका लागि पनि सडकलगायतका पूर्वाधार पहिलो आवश्यकता हुन्।’ संघका महासचिव लक्ष्मण कँडेलले हालसम्म कर्णालीको समृद्धि र सम्भावनाका कुरा मात्र आएको जिकिर गर्दै अब काम गरेर नतिजा निकाल्नुपर्ने बेला आएको जिकिर गरे। सरकारले देखेको समृद्धिको सपना सरकारको एकल प्रयासले मात्र सम्भव नहुने बताउँदै महासचिव कँडेलले निजीक्षेत्र समृद्धिको साझेदार बन्न तयार रहेकोमा जोड दिए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव

२०७६, ३० भाद्र सोमबार ०९:३५