सचेत घिसिङ, काठमाडाैँ – बजेट कार्यन्वयन गर्नका लागि आयोजनाको कागजी प्रक्रिया, निर्माणमा लाग्ने बजेटको आकार र कानूनको उल्झनलाई प्रमुख पाटोको रुपमा लिनुपर्ने सरकारवालाहरुले बताएका छन्।

सोमबार नेपाल बुद्धिजीवि संगठनले आयोजना गरेको ‘आर्थिक वर्ष २०७६/७७ को बजेट र कार्यन्वयनको पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले कागजी प्रक्रिया र कर्मचारी व्यवस्थापन नै बजेट कार्यन्वयनका प्रमुख समस्या भएको औँल्याए।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले अहिले पुरानै शैलीमा बजेटको कार्यन्वयन तथा बजेटको वितरण भइरहेको बताउँदै यसलाई सच्याउनुपर्ने धारणा राखे। ‘हामीले नयाँपुस्ताको गतिविधिलाई सम्मान गर्न सकेनौँ वा चाहेनौँ। पुरानोलाई क्रमभंग गरेर नयाँ कुरालाई स्थापित गर्नसक्नु पथ्र्यो, त्यो पनि हुन सकेन। बजेट कार्यन्वयनमा पनि त्यही भएको हो,’ उनले भने।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समग्रमा बजेट राम्रो भएको र कार्यन्वयन पक्षलाई कडाइका साथ लागू गर्नुपर्ने बताए। उनले अहिले बजेट विनियोजन गर्दा आयोजनाको विस्तृत जानकारी नलिई तथा समयको व्यवस्थापन गर्न नसक्दा बजेट कार्यन्वयनमा समस्या भइरहेको बताए। अहिले सबै जनताले विकास खोजेका छन्, तर त्यो विकास कसरी दिने भन्ने प्रश्न मुख्य रुपले उठेको बताए। ‘कहिले कर्मचारी अभाव, कहिले आयोजनाको कागजी प्रक्रियामा समस्या र कहिले आयोजनाका लागि पर्याप्त बजेट नहुनुले पनि बजेटको कार्यन्वयन गर्न समस्या छ,’ उनले भने। कर्मचारीमा पनि ‘आर्थिक लाभ हुने’ आयोजना मात्र छान्ने गलत परिपाटी भएकाले समयमै बजेट कार्यन्वयन गर्न समस्या पैदा भएको उनले धारणा राखे।

कर्मचारीहरुलाई असार–साउनको खाली समयमा आयोजनाको ‘बिट डकुमेन्टेशन’ बनाउन दिनुपर्ने र बजेट पनि समयमै निकासा गर्ने वातावरण बनाउनु पर्ने पूर्वअर्थमन्त्री पाण्डेले सुझाव दिए। उनले भने, ‘असार–साउनमा कर्मचारीहरु आयोजना छान्ने, मंसिर–पुसमा मात्र विषयगत कागजात बन्ने अनि माघ–फागुनमा टेन्डर गर्ने यो परिपाटी नै हाम्रोमा गलत छ। यसलाई सच्याउनु पर्छ।’

टेण्डर गर्दा पनि ३५ दिनको समय दिने, टेण्डर स्वीकृत गर्नै २ महिना लाग्ने परिपाटी अन्त्य हुनुपर्ने पूर्वमन्त्री पाण्डेले बताए। ‘त्यसपछि ठेकेदारलाई पनि कडाइकासाथ नियमन गरौँ। विकास समयमै नहुने कुनै कारण नै हुँदैन। काम नगर्नेलाई कारवाही गर्नुपर्‍यो। त्यसपछि मात्रै बजेटको कार्यन्वयन हुन्छ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले निजी क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताए। उनले सरकारले कानून बनाउदा पनि निजी क्षेत्रलाई समेट्न नसकेको गुनासो गरे। ‘निजी क्षेत्रसँग १० मिनेट छलफल गरेर कानून बनायो। निजी क्षेत्रको भूमिका बजेट र कानूनमा पनि हुनुपर्छ,’ उनले भने। नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले अहिलेको बजेट निजी क्षेत्रलाई पनि प्राथमिकतामा राखेर ल्याएको बताए। ‘अहिलेको बजेटले हामी निजी क्षेत्र पनि खुशी छौँ,’ उनले भने। कार्यक्रममा सहभागी अधिकांशले बजेट कार्यन्वयनमा सरकारी नीति परिर्वतन गर्नुपर्नेमा जोड दिएका थिए।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८