धनगढी – कैलाली र कञ्चनपुरमा गत बिहीबार राति आधा घण्टासम्म आएको हावाहुरीपछि यस क्षेत्रको जनजीवन पीडादायी बनेको छ। हावा हुरीले घरका छाना उडाएपछि यस क्षेत्रका पीडितहरू खुला आकाशमुनि बस्न बाध्य छन्। राति ८ बजेतिर आएको हावा हुरीले कैलालीमा दुई जनाको ज्यानै लियो भने ८४ जना घाइते भएका थिए।

जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा मात्रै २ हजार २ सय १६ घर पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, ७ हजार ८ सय ४४ घर प्रभावित भएका छन्। प्रदेश सरकार तथा स्थानीय सरकारले राहत दिने घोषणा गरे पनि उपमहानगरकै अधिकांश पीडितले हालसम्म राहत पाएका छैनन्।

उक्त विनाशकारी हावाहुरीले विशेषगरी कैलाली कञ्चनपुरका गरिब नागरिक विचल्लीमा परेका छन्। टिनको छाना तथा खरले छाएका घरमा बढी क्षति पुगेको छ। धनगढी उपमहानगरपालिका– ७, मनहरा शिविरमा विगत १२ वर्षदेखि बस्दै आएका मंगिराम चौधरीको दुईकोठे घर हावाहुरीले उडायो।

एक छोरी, श्रीमती र आफू गरी तीन जनाको परिवार भएका चौधरी मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आएका छन्। एक्कासि हावाहुरी चलेपछि आफ्नो घरको छानो उडाउएको उनले संकेत पाए र छोरी र श्रीमतीलाई छिमेकीको पक्की घरमा पुर्‍याएर उनी घर फर्के। हावाले घर पूरै उडाउलाजस्तो भएपछि उनी आफू पनि ट्वाइलेटमा पसेर बाँचे।

घटना भएको ५ दिन पुगेको छ। उनीसँग घर बनाउने रकम नहुँदा जस्ता पाताको छाप्रो बनाएर रात काटिरहेका छन्। सरकारबाट राहत पाइन्छ भन्ने खबर सुने पनि आफूलाई अहिलेसम्म त्यस्तो कुनै राहत नमिलेको उनी बताउँछन्।

मनेहरा शिविरका मंगिराम मात्रै होइन, त्यहाँ धेरै घर पूर्ण रूपमा क्षति भएका छन्। तर, सो शिविरका कुनै पनि पीडितले अहिलेसम्म राहत पाएका छैनन्। सो शिविरसँगै अन्य धेरै ठाउँका पीडितहरूले पनि राहत पाउन सकेका छैनन्। धनगढीकै पुन्नुराम चौधरीको पनि आधा घर हुरीले बिगारेको छ। तीनकोठे घर भएका चौधरीको २ कोठा हावा हुरीले उडाएको छ।

छ जनाको परिवार भएको चौधरी परिवारमा दुई जना वृद्ध आमाबुवा छन्। घरभित्र रहेका वृद्ध बुबाआमालाई जसोतसो बचाउन सके पनि घर बचाउन नसकेको उनी दुःखेसो पोख्छन्। दैनिक खानका लागि चिनेको पसलबाट उधारो चामल ल्याउने गरे पनि घर बनाउन पैसा नहुँदा आँट नै नआएको उनले बताए।

हुरीबतास पीडितहरूलाई अहिले खुला आकाशमुनि, त्यसमाथि यो चर्को गर्मीले जनजीवन आकुलव्याकुल बनाएको छ। सरकारले राहत देला कि भन्ने आशामा रहेका पीडित परिवारमा नैरास्यता छाएको छ। पीडितहरूले हावाहुरीपछिको दैनिकी निक्कै कष्टकर बनेको बताएका छन्। खाद्यान्न सबै नष्ट हुँदा गाउँमा भोकमरीको समस्या उस्तै छ, त्यसमाथि खुला आकाशमुनि रात काट्नुपर्दा हावाहुरी फेरि आउँछ कि भन्ने त्रास पनि उनीहरूमा छँदैछ। साथै, खानेकुराको अभावका कारण बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था पनि बिग्रन थालेको पीडितको गुनासो छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कमा हेर्दा स्थानीय सरकार र प्रदेश सरकारले राहत वितरणमा ढिलाइ गरिरहेको छ। धनगढी उपमहानगरपालिकाले हालसम्म राहत वितरण नै गरेको छैन। जिल्ला बिपद् व्यवस्थापन समितिले रेडक्रस सोसाइटीमार्फत १ सय ६७ थान त्रिपाल वितरण गरेको छ। रोटरी क्लब ले ६८ थान जस्ता पाता, टिकापुर नगरपालिकाले मृतक लहानुको परिवारलाई २५ हजार नगद राहत दिएको छ।

कैलारी गाउँपालिकाले ६ सय १ थान त्रिपाल, गोदावरी नगरपालिकामा सशस्त्र प्रहरीले ४ सय ८० थान त्रिपाल र प्रदेश सरकारले १ सय थान त्रिपाल गरी कैलाली जिल्लाभर १ हजार ३ सय ४८ थान त्रिपाल वितरण गरिेको तथ्यांक छ। राहत दिन बाँकी पीडितहरूसम्म पनि राहत वितरण भइरहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। वडा अध्यक्षबाट सिफारिश भएर आएका पीडितलाई तत्काल त्रिपाल वितरण गरिरहेको उनले बताए।

हावाहुरीबाट धनगढी उपमहानगरमा सबैभन्दा बढी क्षति भएको छ। उपमहानगर क्षेत्रमा १ हजार ५२ घर पूर्ण क्षति भएका छन्। स्थानीय तह राहत वितरणमा गम्भीर नभएका कारण पीडितले ५ दिनसम्म पनि खुला आकाशमा सुत्नुपरेको छ। साथै, प्रदेश सरकारले समेत ढिला गरी राहत वितरण गर्ने निर्णय गरेकाले पीडितले राहत पाएका छैनन्।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८