सुर्खेत – असहाय बालबालिकाहरुलाई सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले शैक्षिक सामग्री सहयोग गरेका छन्। वीरेन्द्रनगर– २ स्थित प्रभात मावि कोलडाँडामा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई केसीले आइतबार एक कार्यक्रमवीच झोला र कापीकलम उपलब्ध गराएका हुन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमबहादुर खड्का र डा. केसीले संयुक्त रुपमा शैक्षिक सामग्री वितरण गरेका हुन्। विपन्न र आहाय बालबालिकाको पढाइलेखाइमा सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेको डा. केसीले बताए। ‘गरिबीको कारणले कोही पनि बालबालिकाहरु विद्यालय जानबाट वञ्चित हुन नपरोस्’ उनले भने, ‘जसले गर्दा बालबालिकाहरु विद्यालयमा नियमित होउन् र सहज तरिकाले पढ्न पाउन् भन्ने उद्देश्यले सहयोग गरेको हुँ।’

आर्थिक अवस्था कमजोर भएका र बुवाआमा नभएका यस्ता बालबालिका कापीकलम र झोला नलिएरै विद्यालय जाने गरेका थिए। बिनापोशाक र कापीकलम विद्यालय आउँदा पढाइलेखाइमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक खड्काले बताए।

अधिकांश दलित समूदायको बसोवास रहेको यस बस्तीमा धेरैजसो बालबालिकाहरु बेसहारा रहेको स्थानीय अमृता कार्कीले बताइन्। उनले बुवाआमा वैदेशिक रोजगारमा जाने र छोराछोरी विचल्लीमा पर्ने गरेको बताइन्। ‘यहाँका धेरैजसो मजदुरी गरेर साँझ बिहानको छाक जुटाउन धौधौ पर्छ,’ उनले भनिन्, ‘भोको पेटमा यहाँका सबै बालबालिका राम्रोसँग पढ्न पाएका छैनन्।’ गरिबीको कारण यहाँका बालिकाहरु कलिलै उमेरमा विवाह गर्ने गरेका उनको भनाइ छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८