पोखरा – लिफ्टिङ प्रविधिमार्फत पोखरा १८ मेथलाङका चालीस घरमा खानेपानीका धारा जडान गरिएको छ। पोखरा महानगरपालिका र विभिन्न संघसंस्थाको ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो। खानेपानीको समस्या भोग्दै आएका मेथलाङका स्थानीय घरघरमा धारा बनेपछि हर्षित बनेका छन्।

४० घर परिवारलाई एक/एक धारा उपलब्ध गराइएको कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए। महानगरको २२ लाख ७० हजार र अन्य संघसंस्थाको १२ लाखको आर्थिक सहयोगमा योजना सम्पन्न गरिएको हो। अध्यक्ष सुवेदीका अनुसार अनुसार सराङकोटको कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो। पानीको मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको उनले जानकारी दिए।

करिब ६ सय ५० मिटर लामो जीआई पाइप विछ्याइएर मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरी घरघरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए। यसअघि स्थानीयले गोठादीबाट ल्याइएको पानी उपभोग गर्र्दै आएका थिए। पानीको स्रोत कम र ठूलो बस्ती भएका कारण उनीहरुले एउटै धाराबाट ८ घर परिवारसम्मले पानी उपभोग गर्दै आएका थिए। खानेपानी लाइन पुरानो भएकाले समय–समयमा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढासम्म पुग्नुपर्ने अवस्था थियो। धारा जडानपछि पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए। उक्त खानेपानी आयोजना जेठ ३२ गते पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।

पोखरा महानगरमा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा ‘एक घर एक धारा’ पुर्‍याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए। प्रमुख जिसीका अनुसार महानगरले चालु आर्थिक वर्षमा विभिन्न वडामा ४४ वटा खानेपानीका योजनामार्फत हरेक घरमा धारा पुर्‍याउने काम अगाडि बढेको छ।

केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए। निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नै महानगरले पिउने पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पु¥याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने प्रमुख जिसीले बताए ।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८