सुर्खेत – पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठानको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष पूर्वजनमुक्ति सेनालाई रोजगारी, सहुलियत ऋण, सिप विकास तथा आयआर्जनमुलक कामका लागि बजेट विनियोजनको माग गरेका छन्। प्रतिष्ठानकी अध्यक्ष सृजना ओली रावतको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्री शाहीलाई पूर्व महिला जनमुक्ति सेनाका समस्याहरु अवगत गराएकी थिइन्।

मुख्यमन्त्री शाहीले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा भएका घाइते अपाङ्गहरुको समस्या सरकारले सम्बोधन गर्ने बताए। मुख्यमन्त्री शाहीले गम्भीर प्रकृतिका घाइतेहरुको पुनर्स्थापना केन्द्र बनाएर व्यवस्थापन गरिने आश्वासन दिए।

‘पुनर्स्थापना केन्द्रमा १ जना सहयोगीसहित गाँस, बास, कपास र उपचारको व्यवस्थासहित राखिने छ,’ उनले भने, ‘काम गर्न सक्ने घाइते अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको सीप, क्षमता र इच्छा अनुसारको रोजगारीको प्रबन्ध मिलाइने छ।’ उनले सरकारी जागिरमा अपाङ्गताको आरक्षण सुरक्षित गरेर आन्दोलनका घाइते तथा अपाङ्गहरुलाई प्राथमिकता दिइने बताए। ‘विगतमा घाइतेहरुको समस्या बुझे पनि सोचेजस्तो गर्न नसकिएकै हो,’ उनले भने, ‘एउटै मोर्चामा सँगै लडेको कमाण्डर सरकार प्रमुख छ। सरकारले तपाईहरुको माग सम्बोधन गर्छ।’

जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग कर्णाली प्रदेश समितिको पनि सोमबार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका थिए। अपाङ्गता भएका बालबालिकाको लागि निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य बीमा, निशुल्क उपचार व्यवस्था गरिदिन घाइतेहरुले मुख्यमन्त्रीसँग माग गरेका छन्।

उनीहरुले सीप विकास तालिमपछि १० लाखसम्म बिनाधितो ऋण, सवारी साधन खरिदमा ५० प्रतिशत छुटलगायत राज्यले व्यवस्था मिलाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ। त्यसैगरी अपाङ्गता भएका व्यक्तिको व्यवसायमा करछुट, घाइते अपाङ्गको लागि पुनस्र्थापना केन्द्र बनाउन लगायतका माग ज्ञापन पत्रमा गरिएको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८