वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले विभिन्न राजनीतिक दलले आफ्नो वडा तथा नगरपालिकाका जनप्रतिनिधिमाथि विश्वास नगर्नाले महानगरको विकासमा बाधा उत्पन्न भइरहेको बताएका छन्। उनले महानगरको सभाहलमा अगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बनाइने नीति तथा कार्यक्रमबारे डाकिएको सर्वपक्षीय अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्दै यस्तो असन्तुष्टि राखेका हुन्।

उनले भने, ‘केही दलहरूले कर र विकासको सवालमा अनुचित शिविर नै चलाएर विरोध गर्दै छन्, उनीहरूलाई आफ्नो वडा सदस्य तथा वडा अध्यक्षमाथि नै विश्वास छैन।’

प्रमुख सरावगीले भने, ‘विकासको नतिजा आउन शुरू भइसकेको छ, अबको तीन वर्षमा महानगर पुनः ट्र्याकमा फर्किन्छ।’ बजेट तथा नीति तय गर्दा सबैभन्दा महत्वपूर्ण कुरा स्रोत साधन हुने भएकाले वीरगञ्ज महानगरसँग स्रोत साधन न्यून तर गर्नुपर्ने काम धेरै भएकाले एक/दुई वर्ष समस्या आएको उनको भनाइ थियो।

उनले पछि थपिएका वडामा धेरै बजेट छुट्याइएको स्पष्ट पारे। साथै, उनले पछि थपिएका ती वडाका वडाका बासिन्दासँग आगामी असारभित्रै नक्सा पास नगराए तीन गुणा बढी शुल्क लाग्ने बताउँदै ५ सय रुपैयाँमा सो अवधिभित्रैमा घरको नक्सापासको काम गरिसक्न आग्रह गरे।

उनले वडा अध्यक्षहरूलाई संकेत गर्दै आफ्नो वडाको समस्या तथा करबारे गम्भीर बन्न आग्र गरे। उनले भने, ‘वडा अध्यक्षलाई नै थाहा छैन आफ्नो वडामा कति जनाको घरको नक्सा बनेको छ भनेर। घरबहाल कर तिर्न कस्तो भूमिका निर्वाह गरिदिनुपर्छ, कुन कुन व्यवसाय कर नै नतिरी सञ्चालनमा रहेका छन्। जबसम्म महानगरका सबै निकाय गम्भीर हुँदैनन्, एक्लो मेयरले आजको अवस्थामा केही पनि गर्न सक्दैन।’

अन्तरक्रिया कार्यक्रममा उद्योगी अरविन्द खेतानले छोटो र दीर्घकालीन समयमा गरिने काम छुटयाई महानगरले त्यस्तो योजना प्राथमिकतामा राखेर जनताको प्रत्यक्ष जीवनसँग जोडिएको कुरा गर्नुपर्ने सुझाव दिए। उनले मितेरी पुल र श्रीसिया खोला क्षेत्रमा दिनहुँ फालिने फोहोरको उचित व्यवस्थापनमा महानगरले ध्यान पुर्याउनुपर्ने बताए। अस्पताल क्षेत्रका माछामासु पसललाई व्यवस्थापन गर्नुपर्ने पनि उनको तर्क थियो। एडीबीका परियोजनाहरू कति ठाउँमा अलपत्र छन्, उनीहरूको काम पूरा गर्नुपर्ने पनि उनले सुझाव दिए।

इन्जियिनर मुन्ना सर्राफले वीरगञ्जमा जमिनमुनिको पानीको सतह हरेक वर्ष घटिरहेको र महानगरले चापाकलको योजना जारी नै राखेको प्रति ध्यानाकर्षण गराए। भवन तथा सडकको नक्सामा पनि त्रुटिपूर्ण भेटिएकाले दक्ष जनशक्ति र बाहिरको परामर्शदाताबाट प्राविधिक सहयोग लिन उनको आग्रह थियो।

लायन्स क्लबका पूर्वअध्यक्ष (वर्ल्ड) सञ्जय खेतानले हरेक सरकारी वडामा नागरिक बडापत्र राख्नुपर्ने सुझाव दिए। महानगरको सेवा र अपेक्षाका विषयमा वर्षमा एक पटक निष्पक्ष सर्भे गराएर जनताको मुडलाई पहिचान गर्नुपर्नेबारेमा पनि उनले तर्क गरे।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वीरेन्द्रराज कँडेलले महानगरमा शव बोक्न एम्बुलेन्सको व्यवस्था महानगरले मिलाउनुपर्ने बताए। उनले विपदसम्बन्धी हरेक वडाका वडा विपद समितिलाई पनि सक्रिय पार्न आग्रह गर्दै ब्लड बैंकको भवनका लागि आवश्यक बजेट छुट्याउन पनि उनले आग्रह गरे।

वुमन स्कील सेन्टरकी अध्यक्ष चन्चला दासले महानगरमा महिलासम्बन्धी कार्यक्रम पुरुष केन्द्रित संस्थाले गरिरहेको प्रति दुःखेसो पोखिन्। उनले महिलाको पीरमर्का वा विषयसँग सम्बन्धित कार्यक्रम महिला क्षेत्रमा कार्यरत संस्थालाई मात्र दिइनुपर्ने उनको सुझाव छ। साथै, महानगरका योजना कार्यान्वयनमा चरम लापरवाही भएको र ‘नो हर्न, नो प्लाष्टिक’ भन्ने कार्यक्रम असफलतातर्फ धकेलिएको प्रति उनले ध्यानाकर्षण गराइन्।

उद्योगी गणेश लाठले जनताको अपेक्षा ‘हाई’ तर महानगरको गराइ फरक आएको बताए। उनले मेयर साहेक चुनाव जितेर आएपछि जनताले धेरै कुरा अपेक्षा गरेको तर हाल सो अनुरुप जनताले सेवा नपाएपछि निराश बनेको पनि बताए। उनले एडीबी, फोहोरमैला व्यवस्थापन केन्द्र वाटर ट्रिटमेन्ट प्लान्ट तथा अन्य भौतिक विकास खासै प्रभावकारी नदेखिएको बताए। महानगरले सरसफाइको क्षेत्रमा पनि सफलता हासिल गर्न नसकेको र कर बुझाउन महानगरवासी उत्साहित नदेखिएकाले यी कुरा विश्लेषण गरी सहज कर बुझाउने वातावरण बनाउने नीति ल्याउनुपर्ने धारणा राखे।

वीरगञ्ज कलेजका निर्देशक दिपेन्द्र चौधरीले आईटी क्षेत्रमा २८ हजार संस्था दर्ता रहेकोमा उनीहरूको अनुगमन नभएको प्रति ध्यानाकर्षण गराए। उनले नगरसभा गृह महानगरकै स्वामित्वमा सञ्चालन गर्नुपर्ने तथा अडिअर्वा पोखरीलाई स्तरोन्नति गरी कर उठाउन सकिने बताए।

लोकप्रिय

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८