बुटवल – प्रदेश नम्बर ५ का कारागारहरूको विकराल अवस्थाका कारण कैदीबन्दीहरू पशुसरहको जीवन बिताउन बाध्य छन्। प्रदेशका प्रायः सबै कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दीहरू राखिएको छ। कुनै जिल्लामा त कारागारको क्षमताभन्दा छ गुणा बढीसम्म कैदीबन्दी राखिएको छ।

दाङको तुल्सीपुरको नयाँ भवनको कारागारबाहेक अन्य जिल्लामा कारागारहरूको भवन जीर्ण हुनुका साथै अत्यधिक संख्यामा कैदीबन्दीहरू राखिएको छ, जसका कारण कैदीबन्दीहरू नारकीय जीवन बिताउन बाध्य छन्। उनीहरूले न्यूनतम मानवीय सुविधा पाउन पनि सकेका छैनन्।

रूकुम पूर्वमा कारागार छैन । दाङमा दुईवटा कारागार छन्। लुल्सीपुरमा रहेको नयाँ भवनको अवस्थाबाहेक प्रायः सबै कारागारमा अतिआवश्यकीय पूर्वाधारहरूको समेत सुविधा छैन। दिशापिसाव गर्न शौचालय, खाने, बस्ने, सुत्ने पिउने पानीजस्ता आधारभूत कुराहरूसमेत कारागारमा सहज रूपमा उपलब्ध गराइएको छैन।

रूपन्देहीमा कारागारको अवस्था जीर्ण छ। ढल सडकमै बगेकाले स्थानीयहरू पीडित छन्। कारागार प्रशासनले बजेट अभावले केही गर्न नसकेको जिल्ला कारागार रूपन्देहीका प्रमुख नारायण पन्थीले बताए। वि.सं. १९९० सालमा बनेको उक्त भवनमा क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दीहरू राखिएको हुँदा उनीहरूका लागि आवश्यक आधारभूत कुरासमेत आपूर्ति गर्न सक्ने अवस्था नरहेको रूपन्देहीका जेलर पन्थी बताउँछन्।

कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठानलगायतका जिल्लाहरूमा पनि जीर्ण भवन, कर्मचारी अभाव, घेराउ पर्खालको समस्या, खानेपानीजस्ता समस्या रहेका छन्।

प्रायः प्रदेशका सबै कारागारहरूको अवस्था उस्तै रहेको पाइएको छ। कारागारमा आधारभूत मानवीय आवश्यकतासमेतको सुविधा नहुँदा कैदीबन्दीहरू नारकीय जीवन बिताउन बाध्य छन्। ‘यसै पनि हामी कारबाहीमा नै छौँ, जस्तो भए पनि बाँच्नु त पर्‍याे, के गर्ने ?,’ कैदीहरू गुनासो गर्दछन्।

मानवशास्त्रविद् विष्णु चालिसे भन्छन्, ‘राज्यले अपराध न्यूनीकरण हुने गरी र सकारात्मक उत्प्रेरणा मिल्ने गरी कारागारको व्यवस्थापन गर्नुपर्छ।’ दिशा पिसाव गर्न शौचालय, खाने, बस्ने, सुत्ने र पिउने पानीजस्ता आधारभूत मानवीय आवश्यकतासमेत नहुँदा पशुसरह जीवन बिताउन बाध्य रहेको जिल्ला कारागार कपिलवस्तुका निवर्तमान जेलर सन्तोष थापा बताउँछन्।

रुपन्देही कारागार

‘कदीबन्दीहरूलाई अमानवीय रूपमा राख्न बाध्य छौँ, करिब २ सय ८० जनाको क्षमता भएको भवनमा ७ सय १४ जना मानिस राखेका छौँ, कसरी व्यवस्थापन गर्ने,’ नेपालगञ्ज कारागारका जेलर भरत पाण्डे भन्छन्, ‘पानी परेको राति ३ सय जना उभिएर रात कटाउँछन्। अन्य बेलामा गल्ली, बाटो जता ठाउँ हुन्छ, त्यतै सुत्छन्। कारागारको अवस्था नाजुक छ।’

प्रदेशका प्रायः सबै कारागारहरूमा क्षमताभन्दा दोब्बरको संख्यामा कैदीबन्दीहरू राखिएका छन्। दाङको घोराही कारागारको अवस्था अझ भयावह छ, त्यहाँ छ गुणासम्म बढी कैदीबन्दी राखिएको छ। ५० जनाको क्षमता रहेको उक्त कारागारमा २ सय ८८ जना कैदीबन्दी राखिएको त्यहाँका जेलर विष्णु पाण्डेले बताए। घोराही कारागारमा झण्डै छ गुणा बढी कैदीहरू जनावरजस्तै गरी बस्न बाध्य छन्।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा मानवीय आवश्यकता पूर्ति गर्न कठिन हुने गरेको प्यूठानका नि. जेलर सूर्यबहादुर थापाले बताए। नेपालगञ्ज कारागारमा कारागारको २ सय ८० जनाको क्षमता भएको भवनमा ७ सय १४ जना राखिएको छ।

त्यस्तै, रूपन्देहीमा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिएको छ। ‘यहाँ १ सय ५० जनाको क्षमता भएको कारागारमा ४ सय १५ जना कैदीबन्दी छन्। क्षमताभन्दा २०÷२५ जना पो व्यवस्थापन गर्न सकिन्थ्यो,’ रूपन्देहीका जेलर पन्थी भन्छन्।

कपिलवस्तुमा पनि अवस्था त्यस्तै छ। १ सय ८० जनाको क्षमता भएको उक्त कारागारमा ३ सय ५५ जना कैदीबन्दी राखिएको नि. जेलर सन्तोष थापाले जानकारी दिए।

त्यस्तै, पहाडी जिल्ला अर्घाखाँचीमा करिब ३० जनाको क्षमता भएको कारागारमा ४९ जना कैदीबन्दी रहेका छन्। ३२ जनाको क्षमता भएको प्यूठान कारागारमा ६२ जना कैदीबन्दी छन्। गुल्मीमा २५ जनाको क्षमता हो तर ७२ जना कैदीबन्दी छन्। ५० जनाको क्षमता रहेको रोल्पा कारागारमा ८० जना कैदीबन्दी छन्।

कारागार सुधारका लागि आवश्यक पहल शुरू भएको छ। प्रदेश सरकारले विभिन्न शीर्षकमा बजेट विनियोजन गरी त्यसलाई सम्बोधन गर्ने प्रयास गरेको छ। ‘प्रदेश सरकारले कारागार सुधारका लागि गत वर्षदेखि नै काम शुरू गरेको छ,’ आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी भन्छन्, ‘अवस्था बुझेर काम गर्ने मेकानिजम तयार गर्नेगरी छलफल भइरहेको छ।’

प्रदेश ५ को अवस्था मात्र होइन, देशभरकै अवस्था यस्तै रहेकाले त्यसको सुधारका लागि काम शुरू भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए। हामीले कारागारको समस्या बुझेका छौँ,’ उनले भने– ‘त्यसका लागि संघ र प्रदेशसँग छलफल भइरहेको छ।’

लोकप्रिय

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा चुलिदै (भिडियो सहित)

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा…

२०७६, २४ मंसिर मंगलवार १८:४०

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति

२०७६, २४ मंसिर मंगलवार १४:०७

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३