विराटनगर – चालू आर्थिक वर्षको १० महिनामा मोरङमा भएका विभिन्न सवारी दुर्घटनाबाट ७९ जनाले ज्यान गुमाएका छन् ।  जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार चालू आवको साउनदेखि वैशाख महिनासम्ममा भएका ५ सय ९३ वटा सवारी दुर्घटनामा उक्त संख्याका व्यक्तिहरूको ज्यान जानुका साथै ७ सय ३३ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकअनुसार सो अवधिमा ५२ ट्रक, ५२ सार्वजनिक बस, जीप तथा कार ७०, ट्याक्टर ३१, टेम्पू ३६, मोटरसाइकल ३ सय ८, शारीरिक शक्तिबाट चल्ने सवारी ४२ र अन्य दुईवटा सवारीसाधन दुर्घटना हुँदा ७८ जनाको मृत्यु, २ सय १२ जना गम्भीर घाइते र ५ सय २१ जना सामान्य घाइते भएका हुन् । उक्त कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको पाइएको छ । सो अवधिमा मोटरसाइकल दुर्घटना मात्र ३ सय ८ वटा भएका छन् ।

कुन महिनामा कति दुर्घटना ?

साउन : चालू आवको साउन महिनामा ५८ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २८ जना गम्भीर घाइते र ६७ जना सामान्य घाइते भएका छन् ।
भदौ : भदौ महिनामा ६५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, २७ जना गम्भीर घाइते र ५५ जना सामान्य घाइते भएका छन् ।
असोज : असोजमा ५२ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २० जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन् ।
कात्तिक : कात्तिकमा ६० वटा सावारी दुर्घटना हुँदा ९ जनाको मृत्यु, २२ जना गम्भीर घाइते र ७५ जना सामान्य घाइते भएका छन् ।
मंसिर : मंसिरमा ७४ वटा सवारी दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते र ७५ जना सामान्य घाइते भएका छन् ।
पुस : पुसमा ५२ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १३ जना गम्भीर र २८ जना सामान्य घाइते भएका छन् ।
माघ : माघमा ५७ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १२ जना सख्त घाइते र ३६ जना सामान्य घाइते भएका छन् ।
फागुन : यो महिनामा ४७ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना गम्भीर घाइते र ४६ जना सामान्य घाइते भएका छन् ।
चैत : चैतमा ६३ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३५ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएका छन् ।
वैशाख : वैशाखमा ६५ वटा दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते र ४५ जना सामान्य घाइते भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न लागेका छौँ : प्रहरी निरीक्षक पोखरेल

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न गतिविधि सञ्चालन गरिएको बताए । उनले दुर्घटना न्यूनीकरण गर्न होडिङ बोर्डहरू ठाउँठाउँमा राखिएको, जेब्रा क्रसिङ निर्माण, चेक जाँचमा तीव्रता, चालक तथा सहचालकलाई प्रशिक्षण, मापसे जाँचलगायत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जानकार िदिए ।

उनले भने, ‘जबसम्म आफैँ सचेत भएर सवारीसाधन चलाइँदैन, तबसम्म दुर्घटना कम हुँदैन । हामीले आफ्नो तर्फबाट गर्ने कामहरू गरिरहेकै छौँ ।’

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८