सुर्खेत – बजेट रकमान्तर गरेर ५४ वटा विलासी गाडी खरिद गर्ने निर्णयको विरोधमा साझा विवेकशील पार्टीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ’रातो गाडी’ उपहार दिएको छ। आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको प्रदेश सरकारका मन्त्रीले विलासी सवारी साधनमा सयर गर्न थालेको विरोधस्वरुप कर्णालीबासीको तर्फबाट मुख्यमन्त्रीलाई विवेकशील पार्टीले उपहारमा ‘डमी’ रातो कार उपहार प्रदान गरेको हो।

साझा विवेकशील पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहालले चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले विकास बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेकाले सांकेतिक रुपमा मुख्यमन्त्रीलाई रातो गाडी उपहार दिइएको बताए। उनले भने, ‘जनताको करबाट ल्याइएको बजेट विकासमा लगानी गर्नुको साटो मन्त्रीले महँगो गाडीमा खर्च गर्न थालेकाले त्यसको विरोध गरेका हौँ।’

‘आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा विकास बजेट रकमान्तर गरेर मन्त्रीका लागि गाडी खरिद गरिएका छन्,’ उनले भने, ’नाजुक जनताको करमा रजाइँ गर्न मिल्दैन, बजेटको दुरुपयोग गरिएकाले विरोध गरेका हौँ।’ उनले मन्त्रीहरु जनताका समस्याभन्दा आफ्नो स्वार्थ र सुविधामा केन्द्रित भएको आरोप लगाए।

उनका अनुसार विकास बजेट विकास निर्माणमै लगानी गरिनु पर्छ। ‘आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटमा यहाँका युवालाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन र उत्पादनमुलक कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्न हामी माग गर्दछाैँ,’ उनले भने, ‘कर्णालीका वेरोजगार युवालाई सीप र क्षमता विकास गरेर रोजगारी सिर्जना गरिनु पर्ने हाम्रो माग हो।’

उनले आगामी बजेटमार्फत नागरिकलाई स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्ने, मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन हुनुपर्ने, प्रदेशमा साना तथा मझौला उद्योग सञ्चालनमा ल्याउनुपर्ने, आर्थिक वर्षको अन्त्यमा मात्र विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य हुनुपर्ने र प्रदेशका मन्त्रीले विलासीशैली त्याग्नुपर्ने माग ८ बुँदे ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएको जानकारी दिए।

‘आर्थिक वर्षको अन्ततिर गाडीहरु प्रदेश सरकारका मन्त्रालय र अन्य निकायका लागि खरिद प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘गरिब भनेर चिनिएको कर्णाली प्रदेशमा जनता तड्पिने र सरकार तथा नेताले ऐसआराम गर्ने परिपाटीको अन्त्य हुनुपर्छ।’

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८