महेन्द्रनगर – कञ्चनपुरको वेदकोट नगरपालिकास्थित दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन स्थानीयहरु सहमत भएका छन्। मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले औद्योगिक क्षेत्रको काम अगाडि बढाउन सहमति जनाएका हुन्।

वर्षौै अघिको सपना पुरा हुने भएपछि सो क्षेत्रका स्थानीय हर्षित भएका छन्। २०५१ सालमा छेला औद्योगिक क्षेत्रको स्थापना गरिएको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै स्थानीय विरेन्द्र भट्टले सुदूरपश्चिमकै गौरवको रुपमा रहेको छेला औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएकाले यसको तत्काल कार्य प्रारम्भ हुुन पर्ने बताए। त्यस्तै अर्का स्थानीय सागर सुनारले छेला औद्योगिक क्षेत्र बन्न लागेकोमा खुशी व्यक्त गर्दै यसलाई तत्काल सञ्चालन गर्नुपर्ने माग गरे। सोही क्षेत्रका महादेव भट्टले पनि औद्योगिक क्षेत्र तत्काल सञ्चालन गरी उद्योगमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताए। उनले उद्योगलाई आवश्यक जनशक्तिसमेत स्थानीय स्तरबाट परिपूर्ति गर्न सुझाव दिए।

त्यस्तै बढ्दै गएको जलवायु परिर्वतनलाई समेत विशेष ध्यान दिइनुपर्ने स्थानीयको माग छ। उद्योगबाट उत्पन्न हुने कार्बनलगायत हानिकारक ग्यास र फोहरमैला व्यवस्थापनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिनुपर्ने स्थानीय बिमल सिंहको भनाइ थियो। स्थानीय गंगाराम मल्लले बस्तीलाई असर नपर्ने गरी औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरे।

छेला राष्ट्रकै गौरवको योजना हो: सांसद धामी

दैजी औद्योगिक क्षेत्र राष्ट्रकै गौरवको आयोजना रहेको संघीय सांसद नरबहादुर धामीले बताएका छन्। कञ्चनपुर क्षेत्र नम्बर– २ का धामीले केन्द्रीय सरकारको ‘एक प्रदेश एक औद्योगिक क्षेत्र’ विकास कार्यक्रमअन्तर्गत परेको दैजी–छेला औद्योगिक क्षेत्र स्थानीय र प्रदेशको मात्रै नभई राष्ट्रकै गौरवको आयोजना भएको धारणा राखे। उनले २०५१ सालमै औद्योगिक क्षेत्र स्थापनाका लागि निर्णय गरिएको बताए।

तत्काली डीएफओले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन गलत दिएका कारण औद्योगिक क्षेत्र सञ्चालनमा ढिलाई भएको उल्लेख गर्दै सांसद धामीले त्यसयताको अवधिमा सत्तामा रहेका यस क्षेत्रमा जनप्रतिनिधिहरुले काम नगरेको आरोप लगाए।

औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएको छ: राज्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकास रावलले दैजी औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएको बताए। प्रदेशको एक मात्रै औद्योगिक क्षेत्रको स्थापनालाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ थियो। त्यस्तै जिल्लाको महाकालीमा सुख्खा बन्दरगाह सञ्चालनका लागिसमेत केन्द्रसँग पहल भइरहेको बताउँदै उनले भारत सरकारसँग कुटनीतिक माध्यमबाट प्रक्रिया शुरु गर्न आग्रहसमेत गरे।

औद्योगिक क्षेत्र सञ्चालन गर्न सबै सकारात्मक: मेयर चन्द

वेदकोट नगरपालिकामा स्थापना हुन लागेको औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै सकारात्मक रहेको मेयर अशोककुमार चन्दले बताए। उनले स्थानीयले औद्योगिक क्षेत्रबाट गरेका अपेक्षा परिपूर्तिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। साढे पाँच अर्ब रुपैयाँको लागत अनुमान रहेको दैजी औद्योगिक क्षेत्रको डीपीआर निर्माण भइरहेको र तीन वर्ष भित्रमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख चन्दले जानकारी दिए।

औद्योगीक क्षेत्र बालाजुका महाप्रबन्धक सुवास सिटौलाले औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थानीयलगायत सरोकारवाला सकारात्मक देखिएको बताए। उनले सार्वजनिक सुनवाईको प्रतिवेदन तयार पारेर उच्चस्तरमा छलफल तथा बैठक गरिने बताए। साथै प्रतिवेदन पास भए बालाजु औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको नाममा नेपाल सरकारले कार्य सञ्चालनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर्ने बताए।

करिब नौ सय बिगाह जमिन आवश्यक रहेको औद्योगिक क्षेत्रका लागि हाल दुई सय ९३ विगाह जमिन दैजीको औद्योगिक क्षेत्रको नाममा रहेको छ।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३