– डमरुबल्लभ भट्टराई


२०३८ सालमा संखुवासभा टेक्नासाथ जटिल परिस्थितिको सामना गर्नु परेको छ। त्यो थियो– पुरानो समस्याको हस्तान्तरण। तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले मेरो लागि छोडेको भनौँ, शिक्षकहरूको रिजल्ट प्रकाशनसम्बन्धी काम। उम्मेदवारहरूको ठूलो मात्रामा प्रहरी रिपोर्ट बिग्रिएकाले रिजल्ट निकाल्न सजिलो छैन। लिखित जाँच, अन्तर्वार्ता भइसकेको छ। समाजका सबै पक्षलाई छोएको छ। नयाँ प्रजिअले कसरी समाधान गर्छ हेरौँ – सबैको ध्यान त्यतातिर छ। कहाँ छ त समाधानको बाटो?

त्यहाँ धेरै शिक्षक जिल्लाबाहिरका छन्। त्यसताका मादी रामबेनी, चैनपुर, वाना, खाँदबारी र धुपूमा हाइस्कुल छन्। शीतलपाटी, आँखीभुई र हेदाङ्नाजस्ता केही स्थानमा हाइस्कूलका लागि तयारी चल्दै छ। समष्टी रूपमा हेर्दा शिक्षाको क्षेत्रमा पछाडि नै लाग्छ। भर्खरै चैनपुरमा कलेज शुरु भएको रहेछ। विद्यार्थी संख्या कमै छ। आर्थिक स्रोत पनि बलियो छैन।

टाढा–टाढाका विद्यार्थी डेरा गरी बस्छन्। मेरो डेराको छेउछाउमा पनि विद्यार्थी छन्। कोठा–चोटा, खोल्मा, गोठ आदिमा बस्छन्। टाढा–टाढाबाट पानी बोकेर ल्याउनु पर्र्छ। दाउरा खोज्नु पर्छ। प्रायः खाद्यान्न घरबाटै ल्याउनु पर्छ। मेरो दाइ खेमनाथ भट्टराईको खोल्मामा पनि केही विद्यार्थी बस्थे। सीधा उठेर हिँड्न पनि गाह्रो थियो। निहुरिएरै जेनतेन चलाउँथे।

आफैँतिर फर्केर हेर्दा मेरो दैनिक व्यवहार पनि करिब–करिब त्यस्तै छ। टाढाबाट बोकेर ल्याएको पानीमा दैनिकी चलेको छ। नुहाउन तल खेतबीचको बाँसको अस्थायी धारामा निर्भरता छ। बिजुली, ग्यासको त कल्पनै छैन। तत्कालीन जिल्ला पञ्चायत छेउमा डेरा छ। त्यसमा गोठको टुङघरमा चढ्ने जस्तो अस्थायी असुरक्षित आवात–जावतको लिस्नु छ। पाली गाँसेको बरण्डामा भेटघाट। त्यसैको ठीक तल, खाना बन्छ। बच्चाहरू बुइँगलमा सुत्छन्, त्यहाँ जाने लिस्नु पनि त्यस्तै छ। बसाई बिल्कुलै अस्थायी प्रकृतिको। फिदिम र यहाँको सुविधा र दिनचर्या उस्तै उस्तै लाग्छ। तै पनि असुविधाको अनुभूति छैन। सबैले त्यसैगरी व्यवहार चलाएका छन्।

जनमत संग्रहको बेलामा निर्दल र बहुदलको हावा त्यहाँका स्कुलहरूमा पनि राम्रै गरी पुगेको रहेछ। समय–समयमा जिन्दावाद, मुर्दावादका नाराहरू लाग्दा रहेछन्। भाषण हुँदा रहेछन्। शिक्षकहरूका अतिरिक्त विद्यार्थीहरू पनि कांग्रेस, कम्युनिष्ट, बहुदल, निर्दलको खेमामा बाँडिएका रहेछन्। त्यसैअनुसार विभिन्न कार्यक्रममा सहभागिता हुँदो रहेछ।

टाढाटाढा गाउँका कुनाकाप्चाबाट २/३ दिनसम्मको बाटो आएर यत्रो दुःखकष्ट सहेर एसएलसी पास गर्नु ठूलो कुरा छ। योग्य शिक्षकहरूको अभाव त्यत्तिकै खट्किँदो छ। साइन्स र म्याथका शिक्षकहरू नगन्य छन्। थोरै मात्र जेनतेन एसएलसी पास हुन्छन्। जिल्लाको रिजल्ट निराशाजनक छ। एसएलसीपछि थारैले मात्र निरन्तरता दिन सक्तथे। भेटेसम्म अधिकांशका लागि शिक्षक हुनुपर्ने बाध्यता छ। अरू अवसरहरू छैनन् भन्दा पनि हुन्छ।

यसरी दुःखकष्ट गरेर मुस्किलले योग्यता प्राप्त गरेका व्यक्तिहरू शिक्षकको विज्ञापनमा सहभागी छन्। त्यसमा बढुवाका लागि स्थायी शिक्षकहरू पनि छन्। जिल्लाबाहिरबाट आएकाहरूले ठूलो स्थान लिएका छन्। आवश्यक शिक्षकहरू नभएर बाधा भइरहेको छ।

यस्तो परिस्थिति हुँदाहुँदै पनि परीक्षाको रिजल्ट लम्बिएको छ। मुख्य कारण प्रहरीको प्रतिवेदन रहेछ। करिब ७५ प्रतिशत शिक्षकको प्रहरी प्रतिवेदन बिग्रेको रहेछ।

जनमत संग्रहको बेलामा निर्दल र बहुदलको हावा त्यहाँका स्कुलहरूमा पनि राम्रै गरी पुगेको रहेछ। समय–समयमा जिन्दावाद, मुर्दावादका नाराहरू लाग्दा रहेछन्। भाषण हुँदा रहेछन्। शिक्षकहरूका अतिरिक्त विद्यार्थीहरू पनि कांग्रेस, कम्युनिष्ट, बहुदल, निर्दलको खेमामा बाँडिएका रहेछन्। त्यसैअनुसार विभिन्न कार्यक्रममा सहभागिता हुँदो रहेछ। कतिपय निकै सक्रिय पनि रहेछन्। जिल्ला सुरक्षा समितिको मूल्यांकन पनि यस्तै किसिमको रहेछ। एसएलसी पास गरेपछि यस्तै र यिनै विद्यार्थी र अस्थायी शिक्षक स्थायीका लागि उम्मेदवार बनेका छन्।

कता कता जिल्ला सुरक्षा समितिले दीर्घकालीन प्रभावका आधारमा समसामयिक स्थितिलाई संवेदनशील भएर मूल्याङ्कन गर्न कम गरेको हो कि जस्तो लागिरहन्छ। अब पछि आएर प्रहरी पनि सुरक्षा समितिको निर्णयविपरीत जाने कुरा थिएन। केन्द्रमा पनि त्यो रेकर्ड जाने गर्दछ।

रिजल्ट निकाल्ने बेलामा जनमत संग्रहका क्रममा देखाएको त्यही सक्रियताका आधारमा प्रहरी प्रतिवेदन बनेछ। त्यसमा अधिकांश स्थानीयबासी असफल हुने स्थिति छ। यसै कारणले रिजल्ट रोकिएको छ।

शिक्षाले राम्रो गति लिइनसकेको त्यस्तो दुर्गम स्थानका, दुःखकष्ट सहेर सानोतिनो सर्टिफिकेट लिएर केही गर्न ताम्सिएका भर्खरका जोशिला युवकलाई प्रहरी प्रतिवेदनका आधारमा सार्वजनिक सेवाबाट सधैँका लागि अयोग्य बनाउने अवस्थाको सिर्जना भएको छ। यो कुरा मेरो अन्तरआत्माले स्वीकार गर्दैन। शिक्षकले जे अर्‍हाए, विद्यार्थीले त्यही गरे। भोलि जागिर खान जाँदा वा सामाजिक जीवनमा यसको असर के हुन्छ भनेर बुझेर गरेको थिएन होला। बाबुआमाले कति दुःख गरेर सकिनसकी छोराछोरीलाई कतिपटक असफल हुँदै एसएलसीसम्म मुस्किलले पास गराए। सधैँका लागि अयोग्य हुने स्थिति भएपछि समाज कस्तो होला? जिन्दगीभर यस्ता युवकले के गर्ने होलान्? आफ्नो व्यापार व्यवसाय छैन, खेतीपाती हुनेको पनि गर्न मन छैन, चोरी–चकारी, बदमासी, दलाली, दादागिरी गर्ने काम मात्र बाँकी हुने होला, यस्तै यस्तै लाग्छ।

कता कता जिल्ला सुरक्षा समितिले दीर्घकालीन प्रभावका आधारमा समसामयिक स्थितिलाई संवेदनशील भएर मूल्याङ्कन गर्न कम गरेको हो कि जस्तो लागिरहन्छ। अब पछि आएर प्रहरी पनि सुरक्षा समितिको निर्णयविपरीत जाने कुरा थिएन। केन्द्रमा पनि त्यो रेकर्ड जाने गर्दछ। लिखित रेकर्ड अगाडि हुँदाहुँदै रिस्क उठाउनुपर्ने कारण थिएन। तर, मेरो विवेकले यो ठीक भएन भनिरह्यो। हल्लै हल्लाको भरमा वा बाध्यताले कुनै बेला कसैको अगाडि पछाडि जुलुसमा हिँडेको आधारमा मात्र विद्यार्थीलाई यत्रो ठूलो दण्ड दिएर, सधैँका लागि सार्वजनिक पद र सार्वजनिक जीवनबाट टाढा पार्नु भनेको अन्ततोगत्वा राष्ट्रकै नोक्सान होइन र? यो कुरा म मनबाट निकाल्न सक्दिनँ।

समस्या उब्जाएर हल्लीखल्ली गर्नुभन्दा समस्या समाधान भएकैमा ठीक छ भन्ने सोच हुन सक्दछ। नागरिकहरू पेशा व्यवसायमा लागेपछि स्वभाविकै रूपमा राष्ट्रलाई पनि सहज हुन सक्थ्यो। धन्य परिस्थितिका विवशताहरू।

यस्तैमा ४ महिना बितेछन्। ममाथि नै आशा राख्ने मात्र थिए। समय समयमा शिक्षा आयोगको बैठक बस्छ। पहिले जस्तै सर्वप्रथम त्यही कुरा आउने गर्छ– अब के गर्ने? शिक्षकको रिजल्ट नगरी भएन। धेरैतिर बाधा परेको छ। म आफ्नो जिम्मेवारी अर्कोतिर सार्ने स्थितिमा छैन। कसैमाथि अन्याय नपरोस् भन्नेमा नै छु। अन्त्यमा मलाई भन्न करै लाग्यो– परीक्षणकालमा राख्ने गरी आवश्यक संख्यामा शिक्षकको नतिजा प्रकाशित गरौँ, त्यो अवधिमा खराब आचरण देखिएमा म्याद नथपौँला। यो पनि प्रहरी प्रतिवेदनविपरीत हुन्छ। परिस्थितिको विवशतालाई स्वीकार गर्दै गुणदोषको भागी आफैँ बन्नुपर्ने निष्कर्षमा पुग्छु। यसले सरोकारवाला सबैलाई सन्तुष्टि दियो होला, कोही काँग्रेसीहरूलाई नियुक्ति गर्न हुँदैन भन्ने थिए भने कोही कम्युनिष्टलाई। तर, त्यो निर्णयले सबैलाई बराबर गरेको थियो। त्यसबेला आयोगमा प्रजिअ, जिशिअका अतिरिक्त लालबहादुर राई र कृष्णगोपाल श्रेष्ठ थिए। मसँग सबै किसिमका आन्तरिक द्वन्द्व छन्, पीडा छन्, खटपटी छ। लाग्छ, कतै कहीँ गलत भइरहेको छ। समष्टि परिवेशप्रति ग्लानि छ।

कहाँ थियो त समाधानको बाटो? मापदण्डविपरीत किन निर्णय गरियो भन्ने आवाज कतैबाट आएन। कसैलाई स्पष्टीकरण दिनुपरेन। पञ्चायत इतरलाई प्रोत्साहन गर्ने काम किन गरियो भन्ने प्रश्न पनि कतैबाट उठेन। यो कुरा अञ्चलाधीश केन्द्रसम्म पनि थाहा नहुने कुरा थिएन। तर, सबैको मौन सम्मति थियो होला। समस्या उब्जाएर हल्लीखल्ली गर्नुभन्दा समस्या समाधान भएकैमा ठीक छ भन्ने सोच हुन सक्दछ। नागरिकहरू पेशा व्यवसायमा लागेपछि स्वभाविकै रूपमा राष्ट्रलाई पनि सहज हुन सक्थ्यो। धन्य परिस्थितिका विवशताहरू।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८