धनगढी – धनगढी उपमहानगरपालिका– १६, रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला आज मंगलबारदेखि शुरू भएको छ । मेलाको सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । मेला विगत वर्षझैँ यस वर्ष पनि स्थानीयस्तरबाटै आयोजना गरिएको हो ।

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा सबैभन्दा बढी धार्मिक पर्यटनको सम्भावना बेहडाबाबा धामले बोकेको बताए । उनले उक्त धामको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । सुदूरपश्चिममा भएका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके प्रदेशको विकासमा टेवा पुग्ने उनको भनाइ थियो । उनले भने, ‘सुदूरपश्चिम धार्मिक पर्यटकीय क्षेत्रमा अगाडि रहेकाले धार्मिक स्थलको प्रचार र संरक्षण गर्नुपर्छ ।’

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित संघीय सांसद नारदमुनि रानाले तीनै तहका सरकारको समन्वय र सहकार्यबाट मात्र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले पूर्णता पाउने बताए । कृषि र पर्यटन क्षेत्रकै विकासबाट मात्र सरकारले यो नारा पूरा गर्ने भएकाले यसमा तीनै तहका सरकारले ऐक्यवद्धता जनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘संघीय सरकारबाट हुने पहलका लागि मैले गरिरहेको र प्रदेश तथा स्थानीयले पनि आआफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । साथै, प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले मुख्य भूमिका खेल्नुपर्छ ।’

कार्यक्रममा धनगढी उपमहानगरपालीकाका मेयर नृपबहादुर वडले बेहडाबाबाको विकासका लागि गुरुयोजना नै तयार भइसकेको जानकारी दिए । उनले भने, ‘बेहडाबाबा जोड्ने सडक कालोपत्रे गर्ने कामको शुरूवात भइसकेको छ, खुटिया र शिवगंगा नदीमा पनि पक्की पुल निर्माणको काम शुरू भइसकेको छ, अब यी सबै काम सम्पन्न भएपछि यस धाममा आउने भक्तजनलाई समस्या हुँदैन ।’

मेलामा बेहडाबाबा दर्शनका लागि भारतीय पर्यटक नै बढी संख्यामा आउने गरेको स्थानीयवासीको भनाइ छ । यो धाम सुदूरपश्चिम प्रदेशको एक प्रमुख धार्मिक स्थलका रूपमा चिनिन्छ । बेहडाबाबाको धाममा पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तीर्थालु आउने गरेको स्थानीयवासी बताउँछन्। राज्यको उचित लगानी हुन नसक्दा यो धार्मिक स्थल ओझेलमा पर्दै आएको छ ।

परापूर्वकालमा शिवलिङ्ग आफैँ उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको किंवदन्ती छ । मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वाससमेत रहँदै आएको छ ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८