काठमाडौँ –  कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजार कर्जाबजार डटकमको शुरू भएको छ। फिनिक्स क्यापिटलले आयोजना गरेको कार्यक्रममा स्टान्डर्ड चार्टर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजार कर्जाबजारको शुरूवात भएको जानकारी दिएका छन।

कर्जाबजार प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त वित्तिय संस्थाहरु बाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर, सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन।

साथै, वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रकृयाका समेतका बारेमा पनि हेर्न सक्नेछन। कर्जाबजारलाई नेपालका प्रमुख वाणिज्य बैंकहरुसँग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको कम्पनीले जनाएको छ।

तीनवटा वाणिज्य बैंकहरु (स्टान्डर्ड चार्टर बैंक, एन.एम.बि. बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जाबजार सँग सम्झौता गरिसकेका छन। कर्जा प्रवाहका बारेमा हुने सुचनाको कमीलाई चिर्नका लागि, कर्जाबजारले कर्जा प्रदायकहरु व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सक्षम हुन भनि आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सुत्रको पनि विकास गरेको छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८