पोखरा – पर्वतको फलेवासमा रहेको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगालागी भएको छ। बिगत १२ वर्षदेखि ग्रामीण भेगबाट सञ्चालन हुँदै आएको रेडियोमा राति १ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट रेडियोको सम्पूर्ण उपकरणहरु जलेर नष्ट भएका छन्। रेडियो सञ्चालन हुदै आएको घरमा समेत क्षति पुगेको छ। रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले दिएको जानकारी अनुसार आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुग्नुका साथै सातवटा कम्प्युटर, दुई मिक्स्चर, हाइब्रिड, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको हो।

आगलागी भएपछि बिहानदेखि रेडियोको प्रसारण बन्द भएको छ। कुनै पनि सामान काम नलाग्ने भएकाले रेडियो बन्द गर्नु परेको स्टेसन म्यानेजर शर्माले बताए। मध्यरातमा आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती २ बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा क्षति पुगेको छ।

आगलागीबाट झण्डै ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ। ग्रामीण क्षेत्र फलेवासबाट २०६४ सालदेखि प्रसारण हुँदै आएको यस रेडियो जिल्लाकै पहिलो सामुदायिक रेडियो हो।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८