पोखरा – पोखरा क्षेत्रमा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरू भएको छ। जापान सरकारको ४ अर्ब ८१ करोड आर्थिक सहयोगमा सम्पन्न हुने परियोजनाको मंगलवार नेपाल सरकारका खानेपानीमन्त्री बिना मगर र नेपालका लागि जापानी राजदूत मासामिची साइगोसङले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

मन्त्री मगरले यो परियोजना सम्पन्न भएपछि पोखरेली जनताको शुद्ध पानी पिउने सपना सहज रूपमा पूरा हुने बताइन्। उनले सरकारले जनताको स्वास्थ्यलाई दृष्टिगत गर्दै यस क्षेत्रमा मेलम्चीपछिको ठूलो परियोजना शुरू गरेको बताइन्। उनले भनिन्, ‘यस क्षेत्रका जनताको सुविधा र स्वास्थ्यलाई ध्यान दिई सरकारले शुद्धीकरण परियोजना शुरू गरेको हो, देशैभरि जनतालाई आवश्यक मात्रामा शुद्ध पिउने पानी उपलब्य गराउने सरकारको योजनाअनुसार देशका अन्य ठाउँहरूमा पनि यस्ता परियोजना सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।’

सरकारले जनतासँग गरेका प्रतिबद्धताअनुसार नै परियोजना निर्माण प्रक्रियालाई अगाडि बढाइएको उनले दाबी गरिन्। पोखरामा वर्षायाममा धमिलो पानी आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले जापान सरकारको सहयोगी संस्था (जाइका) को सहयोगमा शुद्धीकरण परियोजना अगाडि बढाएको हो। यस परियोजनाका लागि नेपाल सरकारलाई ४ अर्ब ८१ करोड जापानी येन अनुदान दिने सहमति नेपाल सरकार र जाइकाबीच भइसकेको छ। अनुदान रकम पानी शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च गरिनेछ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दीखोला मुहानबाट पोखरामा १९ मा शुद्धिकरण गरेर पानीलाई पोखरामा वितरण गरिनेछ। मर्दी खोला खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनीले सन् २००४ मा अध्ययन गरिसकेको छ। संस्थानका अनुसार यस परियोजना काठमाडौँ उपत्यकाबाहिर शुरू हुन लागेको पहिलो ठूलो आयोजना हो। परियोजना निर्माणको जिम्मा जापानिज हाजमा एन्दो कर्पोरेसन कम्पनीले पाएको छ।

प्लान्ट निर्माण भएपछि पोखरेलीले शुद्धपानी पानी पिउन पाउने नेपाल खानेपानी कार्यालय पोखराका प्रमुख इन्जिनियर निरण महर्जनले बताए। परियोजनाको दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने क्षमता रहेको छ। आयोजनाको निर्माण आगामी ३ वर्षभित्र सक्ने संस्थानको लक्ष्य छ।

यस परियोजनाअन्तर्गत संस्थानले प्रशोधन केन्द्र निर्माण गर्ने, पोखराका ३ ठाउँमा २० लाख लिटर क्षमताका रिजर्भभायर ट्याङ्की बनाउने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने प्रमुख महर्जनले बताए।

पानी जम्मा गर्नका लागि पोखराका पर्स्याङ, फूलबारी र कोलपाटनमा रिजर्भभायर ट्यांकी निर्माण गरिनेछ। यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका ४ लाख २५ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। खानेपानी संस्थानअन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान गरिएका छन्। पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भए पनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८