लमजुङ – जिल्लाका अलैँची कृषकहरूले अलैँची दाना विक्रीबाट रू पाँच करोडभन्दा बढी आम्दानी गरेका छन्। लमजुङमा उत्पादित ७ सय ५० क्विन्टल अलैँची दाना विक्रीबाट कृषकले रू ५ करोड २५ लाख आम्दानी गरेका हुन्।

गत वर्ष उत्पादित ६ सय क्विन्टल अलैँची दाना विक्रीबाट रू ४ करोड ४८ लाख आम्दानी भएको थियो। गत वर्ष प्रतिकिलो रू. ६ सय देखि ८ सय सम्म विक्री भएको थियो। यस वर्ष प्रतिकिलो रू ६ सय देखि ७ सय ५० सम्ममा अलैँची दाना विक्री गरेको नेपाल अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले जनाएको छ। जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रू २ हजार २ सयसम्म अलैँची दाना विक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन्।

अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रू एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना विक्री गर्न बाध्य हुँदै आएका छन्। यस वर्ष २० लाख अलैँची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५ सय बिरुवा विक्री भएको थियो।

उक्त अलैँची बिरुवाबाट जिल्लाका कृषकलाई रू ६४ लाख ९७ हजार ५ सय आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए। उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्नेमा मर्स्याङ्दी गाउँपालिकाका अलैँची कृषक रहेका छन्।

जिल्लामा ७ सय मिटर देखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २ सय मिटरदेखि एक हजार ६ सय मिटर उचाइमा गोलसाई र १ हजार ६ सय देखि २ हजार २ सय मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने। कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन्। करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६ सय ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ।

लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन्। लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ । अन्तर्रा्ष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बतो। उनले भने, “आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ।”

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो। यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ। जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन्। (रासस)

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८