वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा विगत ८ वर्षदेखि निर्माण भइरहेको कुर्मी सेवा सदन अन्ततः सञ्चालनमा आएको छ। झण्डै १ करोडको लगानीमा निर्माण सम्पन्न गरिएको उक्त धर्मशाला कुर्मी सेवा सदन समितिका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले उद्घाटन गरेका हुन्।

पर्साका लोकप्रिय राप्रपा नेता एवं रामगढवाका बासिन्दा गोखुलप्रसाद कुर्मीको सक्रियतामा उक्त धर्मशाला निर्माण गर्ने योजना बनेको थियो। कुर्मीले पद्यरोडछेउको ४ कट्ठा बहुमूल्य जग्गा दान गरी कुर्मी समुदायको वैवाहिक तथा अन्य कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले धर्मशालाको काम अघि बढेको थियो। त्यसपछि पर्सा, बाराका कुर्मी स्वजातीयहरूले धर्मशाला निर्माणमा गच्छेअनुसारको सहयोग गरेका थिए।

उक्त नवनिर्मित उक्त धर्मशालामा दुईतल्ले भवनमा १० ओटा काठा रहेका छन्। प्रदेश सांसद रमेश कुर्मीको संसदीय कोषको बजेटबाट अब अर्को भवन पनि बन्दै गरेको छ। उक्त भवन वैवाहिक कार्यक्रमका लागि पार्टी प्यालेसका लागि निर्माण भइरहेको बताइएको छ।

धर्मशाला उद्घाटन भएपछि कुर्मी समुदायले खुशी व्यक्त गरेको छ। कांग्रेस नेता तथा वीरगञ्ज– १४ पिपराका रामनारायण कुर्मीले वीरगञ्जमा अन्य सबै समुदायको धर्मशाला भएकाले धार्मिक तथा वैवाहिक कार्यक्रम गर्न सहज भएको बताए। उनले भने, ‘भोलिको मागलाई पनि दृष्टिगत गरी कुर्मी सेवा सदन सम्पूर्ण कुर्मी जातिका लागि पहिचानको रूपमा स्थापना भई सञ्चालनमा आएको छ। यस कार्यप्रति सबैलाई बधाई तथा धन्यवाद।’

कार्यक्रममा प्रदेश सासद रमेश कुर्मी, रामरुप कुर्मी, प्रेमबाबु पटेल, योगेन्द्र कुर्मी, सदानन्द पटेल, विश्वेश्वर पटेल, सन्तोष पटेल, सञ्जय पटेल, दीपक पटेल, प्रदीप जैसवाललगायतको सहभागिता रहेको थियो। पर्सा र बारामा गरी झण्डै २ लाख कुर्मी समुदायको जनसंख्या रहेको अनुमान गरिएको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८