वीरगञ्ज – समाजवादी पार्टीबाट पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले राज्यले वीरगञ्जसँग कर मात्र असुल्ने काम गरेको र विकासको बजेटका सवालमा विभेद गर्दै आएको आरोप लगाएका छन् । हिजाे मंगलबार संघीय संसदमा युवा तथा खेलकुद मन्त्रालय, शहरी मन्त्रालय तथा अर्थ मन्त्रालयको विनियोजन विधेयक २०७६ माथिको छलफलमा बोल्दै सांसद यादवले राज्यले वीरगञ्जसँग कर मात्र लिने गरेको तर विकास बजेटको सवालमा कञ्जुस्याइँ गरेको तर्क गरे ।

सांसद यादवले वीरगञ्जबाट हरेक वर्ष करिब ४ खर्ब रुपैयाँ राजस्वको रूपमा असुली हुने गरे पनि राज्यले वीरगञ्जलाई नै बजेट दिन किन कञ्जुस्याइ गरेको हो ? भन्दै अर्थ मन्त्रीसँग प्रश्न गरे । जुन सरकार आए पनि जुन अर्थमन्त्री आए पनि वीरगञ्जलाई हेर्ने नजर अझै परिवर्तन नभएको उनको भनाइ थियो ।

उनले भने, ‘अब कर लिने मात्र होइन, वीरगञ्जको पूर्वाधारबारे पनि सरकार गम्भीर बन्नु जरुरी छ ।’ वीरगंजलाई देशकै आर्थिक राजधानीको रूपमा विकास गर्न शहरी विकास प्राधिकरण गठनको मागसमेत गर्दै सांसद यादवले त्यसका लागि विशेष बजेटसमेत छुटयाउन अर्थमन्त्रीलाई आग्रह गरे ।

मोफसलकै सबैभन्दा ठूलो र पुरानो खेलकुद मैदानको रूपमा चिनिने वीरगञ्जको नारायणी रंगशालाका लागि सरकारले ५ करोड र घडिअर्वाको कभर्ड हलको स्तरोन्नतिका लागि २ करोड छुट्याएको छ । संघीय सांसद यादवकै सक्रियता तथा वीरगञ्जवासीको दबाबका कारण खेलकुद मन्त्रालयले आगामी बजेटमा उक्त बजेट छुटयाएको उनले जानकारी दिए ।

सांसद यादवले २०४२ सालमा निर्मित उक्त रंगशाला जीर्ण अवस्थामा पुगे पनि त्यसको मर्मतमा सरकारले ध्यान नदिएको भन्दै निरन्तर संसदमा आवाज उठाउँदै आएका थिए । पञ्चायतकालदेखि अहिलेको गणतन्त्रसम्मै पहिलोचोटि खेलकुद मन्त्रालयले यति ठूलो रकम विनियोजन गरेकोमा उनले धन्यवादसमेत दिए । उनले अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशालाको निर्माणका लागि बजेट विनियोजनको माग गरेका छन् ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव

२०७६, ३० भाद्र सोमबार ०९:३५