काठमाडौँ – नेपाल सरकारले १२ कक्षा पास नगरी विदेश अध्ययन गर्न जान नदिने भएको छ। हिजाे मंगलबार शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक प्रमाणीकरण शाखाले एक सूचना जारी गरी १२ कक्षा पास नगरेका विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिन नमिल्ने जनाएको हो।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक प्रमाणीकरण शाखाका अनुसार १२ कक्षासम्म विद्यालय तहको पढाइ भएकाले ऐनअनुसार नै १२ पास नगरेका विद्यार्थीलाई दिइने गरिएको ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरिएको हो।

मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘छात्रवृत्तिसम्बन्धी ऐन २०२१ संशोधनसहितको नियम २६ को (क) बमोजिम उच्च शिक्षा अध्ययन गर्न न्यूनतम प्लस टू वा सोसरह अध्ययन गरी विदेशी विश्वविद्यालय वा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि सोसँग सम्बन्धित एकेडेमी ब्रिज कोर्स/ल्याङ्ग्वेजको कोर्स र स्नातक वा सोभन्दा माथि अध्ययन प्रयोजनका लागि मात्र एनओसी जारी गरिन्छ।’

एनओसी शाखाका प्रमुख महेश्वर शर्माले ऐनले नै कक्षा १२ सम्मको पढाई विद्यालय तहको भएको उल्लेख गरेका कारण एनओसी दिन बन्द गरिएको बताए। तर गएको मंगलबारभन्दा अघि भने एसएलसी पास गरेकाले पनि एनओसी लिएका थिए। अब सरकारले कुनै पनि देशमा अध्ययन गर्न जाने विद्यार्थीले प्लस टू पास गरेपछि मात्रै एनओसी दिने भएको हो। शिक्षा मन्त्रालयले गएको हिजाेकाे मंगलबारदेखि यो नियम लागू गरेको हाे।

एनओसी लिने तयारीमा रहेका धेरै विद्यार्थी अन्याेलमा परेका छन्। त्यस्तै, मन्त्रालयले अबदेखि जापानमा जापनिज भाषा मात्रै अध्ययन गर्न जान स्वीकृति नदिने भएको छ। जापनिज भाषापछि पढ्ने एकेडेमिक कोर्स खुलाएको खण्डमा भने विद्यार्थीले एनओसी प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ। तर, यस विषयमा भने मन्त्रालय आफैँ टुंगोमा पुग्न सकेको छैन।

आज पनि मन्त्रालयमा भाषा अध्ययनमा एनओसी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७