वीरगञ्ज – मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रूपमा रहेको वीरगञ्ज–पथलैयाका उद्योगीहरू सडक विभागबाट असन्तुष्ट देखिएका छन् । उनीहरूले सडक विभागले वीरगञ्जदेखि गण्डकसम्म सडक विस्तारका क्रममा निर्माण गरिरहेको नालाको डिजाइन त्रुटिपूर्ण रहेको भन्दै विरोध जनाएका हुन् ।

वीरगञ्जमा आयोजित छलफलमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदिप केडियाले यदि सडक विभागले नालाको डिजाइनमा सुधार गरेन भने यस औद्योगिक कोरिडोरको खर्बौंको लगानी जोखिममा पर्ने बताए । उनले भने, ‘उद्योग क्षेत्रको पानी कहाँ, कुन बाटो निकास हुने हो, त्यो कुरा सडक विभागले ख्याल गरेको छैन, व्यापारिक मार्ग विस्तार आयोजना पथलैया कार्यालयले पथलैयादेखि परवानीपुरसम्म ६ लेन र परवानीपुरदेखि गण्डकसम्म चार लेन सडक बनाउँदा निकै समस्या उत्पन्न भएको छ।’

यस विषयमा राज्यका अन्य निकाय पनि मौन रहेको उनको भनाइ थियो । पहिले सडक छेउमा नाला नहुँदा सडकको पूर्व र पश्चिमपट्टिबाट पानी बग्ने गरेको थियो । पथलैया–सिमरातिरको पानी जितपुरका लालका पुलनिर लालका खोलामा झर्थ्याे भने जितपुर, नितनपुरतिरका उद्योगको पानी किया सोतीमा र परवानीपुरदेखि गण्डकसम्मका उद्योगको पानी गण्डक नहरमा आउने गर्थ्याे । तर, हालको नाला निर्माणले करिब २ सय उद्योग प्रत्यक्ष रूपमा प्रभावित हुने वीरगञ्जका अर्का उद्योगी अशोक टेमानीले बताए ।

उनले सरकारले सडकको पानी मात्र निकास गर्न यदि सडकको छेउमा नाला निर्माण गरिरहेको छ भने गलत काम हो र यसले यस औद्योगिक कोरिडोरमा ठूलो जोखिम नित्याउने खतरा रहेको बताए । साथै, नालाकै कारण उद्योगवरपर क्षेत्रको बस्तीबाट आउने पानी पनि यदि सहजै नालामा झरेन भने बस्ती डुबानको खतरा पनि रहेको उद्योगीहरूको अनुमान छ ।

यस विषयमा व्यापारिक मार्गका प्रमुख इन्जियिनर सञ्जय मिश्रासँग कुरा गर्दा उनले सडकको पानी निकासका लागि मात्र नाला निर्माण गरिएको र उद्योगभित्रबाट विसर्जित पानी उद्योग व्यवस्थापनले के गर्ने भन्नेबारेमा आफैँ सचेत हुन र व्यवस्थापन मिलाउन आग्रह गरे । उनले भने, ‘डिजाइन त्रुटिपूर्ण छैन, पर्सेप्सन गलत छ,’ उनले भने, ‘हामीले सडकको पानी झार्न नाला बनाएका छौँ, उद्योगको पानीलाई इन्टरटेन गरिँदैन ।’

यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य संघले भोलि बिहीबार दिउँसो ३ बजे पर्सा–बाराका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक (नेपाल प्रहरी, सशस्त्र) तथा व्यापारिक मार्ग विस्तार आयोजनाका अधिकारी र उद्योगीबीचमा अन्तर्क्रिया राखेको छ । आजको कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको थियो ।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

२०७६, ३ असार मंगलवार ०६:५८