वीरगञ्ज – ५५ वर्षअघि अमेरिकाबाट मेसी फर्गुशन ट्र्याक्टर उत्पादन गर्ने एग्को कर्पोरेशनको भारतीय साझेदार कम्पनी टाँफे इण्डियाले नेपालमा इन्जिन आयल (लुब्रिकेन्ट) को विक्रीवितरण शुरू गरेको छ। सन् १९६० मा भारतको चेन्नईमा स्थापना भएको भारतीय कम्पनी टाँफेले मेसी फर्गुशन ब्रान्डको कम एचपीको ट्रयाक्टर, स्पेयर पार्ट्स, एसेसरिज तथा कृषि उपकरण उत्पादन गर्ने गर्दछ।

यसअघि ट्र्याक्टर र स्पेयर पार्ट्सको विक्रीवितरण गर्दै आए तापनि बुधवारदेखि विधिवत रूपमा नेपालमा इन्जिन आयलको विक्री शुरू गरेको टाफे समूहका उपाध्यक्ष पीसी दासले बताए। वीरगञ्जको होटल मकालुमा कार्यक्रम आयोजना गरी टाँफेले विक्रेतामार्फत इन्जिन आयलको विक्री वितरण थालेको हो।

सन २००५ देखि नेपाली बजारमा प्रवेश गरेको टाफेले ट्रयाक्टर तथा स्पेयर पार्ट्स ज्योति समूहको भाजुरत्न कम्पनी, कृषिसम्बन्धी उपकरण र स्पेयर पार्ट्स वीरगञ्जको त्रिशक्ति टेडर्स र ट्रयाक्टर, मोटरसाइकल, कार, ट्रक, बस, ट्रिप्परमा प्रयोग गरिने इन्जिन आयल चितवनको अजय मेशिनरीमार्फत विक्रीवितरण गर्न शुरू गरेको हो। कम्पनीका स्पेयर्स पार्ट्स विभाग प्रमुख विकास कुमारका अनुसार टाँफेले सन् २०१९ मा इन्जिन आयल मात्र करिब ५ करोडको कारोबार गर्ने अनुमान गरेको छ।

भारतीय अभिनेता अक्षय कुमार ब्रान्ड एम्बेस्डर रहेको टाँफे ट्र्याक्टरको यस कम्पनीले पछिल्लो समय नेपाली कृषक तथा यहाँका उपभोक्तालाई ध्यानमा राखी आधुनिक प्रविधि तथा गुणस्तरीय इन्जिन आयलको कारोबार नेपालमा विस्तार गरेको त्रिशक्ति ट्रेडर्सका सञ्चालक ध्रुव साहले जानकारी गराए। टाँफेले वार्षिक डेढ लाख ट्रयाक्टर, ७ हजार किलोलिटर लुब्रिकेन्ट्स तथा ४ सय करोडको स्पेयर पार्ट्स बेच्ने गरेको छ।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

२०७६, ३ असार मंगलवार ०६:५८