धनगढी – संघीय सांसदले ६ करोड पाउने भएपछि प्रदेश सांसदले पनि पूर्वाधार विकास कार्यक्रममा रकम बढाउन माग गरेका छन् । प्रदेश सरकारसमक्ष सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरूले ५ करोडको लबिङ शुरू गरेका हुन् ।

संघीय सरकारले सांसदलाई ६ करोड रुपैयाँ दिने निर्णय गरेपछि सबैतिर विरोध शुरू भइरहेको बेला सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पनि ५ करोड पाउनुपर्ने माग राखेका छन् । प्रदेश सभा सदस्यहरूका लागि प्रदेश सरकारले दिइरहेको २ करोड रकम कम भएको भन्दै सत्तारुढ दलकै सांसदहरूले रकम बढाउन लबिङ शुरू गरेका छन् । प्रदेश सभा सदस्यहरूले ५ करोडको माग गरिएको सत्तारुढ दलकी सांसद शान्ति नेपालीको भनाइ छ ।

प्रतिपक्षी दलका सांसदहरूभन्दा सत्तारुढ दलकै सांसदहरू रकम बढाउनुपर्ने भन्दै प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । सत्तारुढ दलको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । दलको नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सांसदहरूले ५ करोड उलब्ध गराउन दबाब दिइरहेका छन् । नेकपाका प्रदेश सभा सदस्य तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले यस विषयमा छलफल भइरहेको बताए ।

सत्तापक्षका सांसदहरूले खुलेरै रकम बढाउने योजनामा रहेको बताए पनि विपक्षी दलका सांसहरू भने रकम बढाउने गृहकार्यमा नरहेको बताएका छन् । तर, पूर्वाधार विकास कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । प्रदेश सरकारले योजना सही छनोट नगर्दा पूर्वाधार विकास कार्यक्रम आवश्यक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बताए ।

प्रतिपक्षी दल राजपाको पनि यस्तैयस्तै धारणा छ । राजपाका सांसद कृष्ण चौधरीले पूर्वाधार विकास कार्यक्रममा रकम बढाउने वा नबढाउने विषयमा सरकारको निर्णय मान्ने बताए । एकातर्फ प्रदेश सभा सदस्यहरू रकम बढाउनुपर्ने लबिङमा छन् भने अर्काेतर्फ समानुपातिक सांसदहरू आफूहरूले पनि त्यो रकम पाउनुपर्ने बताउँदै आएका छन् ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८