– प्रभुनारायण बस्नेत

इटहरी उपमहानगरपलिकाका प्रमुख द्वारिकालाल चौधरीले सार्वजनिक वक्तव्यमार्फत सञ्चारकर्मीविरुद्ध आफूले गरेको विष वमनप्रति क्षमायाचनापश्चात् पटाक्षेप भएको ठानिएको नाटकप्रति केही गम्भीर प्रश्न अझै बाँकी छन्। आफ्नो विरोधमा समाचार लेखेका कारण पत्रकार विराट अनुपममाथि ज्यानकै धम्की दिने प्रमुख चौधरी सत्तारूढ दल नेकपाका क्षेत्रीय स्तरका नेता पनि हुन्। उनले नगरप्रमुख निर्वाचित भएयताका दुई वर्षका बीचमा अनेक स्क्याण्डल गरेका छन्। तर पनि त्यसप्रति मुलुकको संविधान, ऐन–कानून आकर्षित भएको देखिँदैन। उनलाई टिकट दिएर नगरपिता बनाउने पार्टी एमाले, हालको नेकपाले त उनका क्रियाकलापप्रति मौन व्रत नै लिएको छ। यसले समस्यालाई झन् गम्भीर बनाइदिएको छ।

चौधरीले आफ्ना गलत कार्यको आलोचना गरेर समाचार लेख्ने पत्रकारको नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ र एउटा घडेरी छुट्याएको कुुरा सार्वजनिक प्रसारणमार्फत सगर्व घोषणा गरेका छन्। आफू बलवान् भएकाले कानूनले नछुने, कानूनले त निर्धालाई मात्र छुने कुरा उनले पटकपटक दोहोर्‍याएका छन्। नगरप्रमुखले हिंसा र बल प्रयोग गर्नु जायज हुने, संविधान कानून केही पनि होइन, अदालतले केही गर्न सक्दैन। आफूले लेनिन, स्टालिन र माओले जस्तै गर्न थालेको, सांस्कृतिक क्रान्ति थालेको जस्तो बकम्फुुसे कुरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन्।

पौराणिक साहित्य कथाका पात्र, विश्व कम्युनिष्ट आन्दोलनका प्रणेतालाई ढाल बनाएर उनले आफ्ना गलत क्रियाकलापलाई बचाउ गरेका छन्। सबैतिरबाट प्रश्न उठेपछि प्रमुख चौधरीले आफू भ्रष्टाचारविरुद्ध लागेको, आफ्नो अभियान नरोकिने र इटहरीमा भ्रष्टहरूलाई सिध्याएरै छाड्ने कुरा गरेका छन्। जुन कुरा यथार्थसँग मेल खाँदैन, त्यो उनको भीडको सहानुभूति बदल्ने उपायमात्र देखिन्छ।

प्रमुख चौधरीको भ्रष्टाचारविरुद्ध जाहेर भएको अठोटले युवाजगत् तरंगित भयो। साँच्चै भ्रष्टाचारविरोधी नेता त यी पो रहेछन् भनेर उनको समर्थन गर्नेको संख्या सामाजिक सञ्जालमा ह्वात्तै बढ्यो। उनी त्यसबाट झन् उत्साहित भए। उनले सञ्चारकर्मीलाई पत्रुकार भने, मोरङमा परशुराम बस्नेतले पत्रकारको नाक भाँच्दा र दैलेखमा माओवादीले जिउँदै गाडेका डेकेन्द्र थापाका हत्यारामाथि केही नभएको उदाहरण दिँदै आफू निर्भयताका साथ पत्रकारमाथि हमला गर्न तयार रहेको जनाउ दिए। उनले आफूले कानून उल्लंघन गरे पनि, गलत बाटोबाट अघि बढे पनि आफ्नो पद अकण्टक रहने, आफूलाई कसैले हटाउन नसक्ने दाबी गरे।

त्यसैगरी उनी भ्रष्टाचारीलाई कालोमोसो दल्ने कुरा गर्छन्, पत्रकारलाई शारीरिक क्षति पुर्‍याउने कुरा गर्छन्। जुन कार्यकारी पदमा बसेको एउटा जिम्मेवार पदाधिकारीका लागि सुहाउने कुरा होइन। कार्यकारी पदमा बस्ने व्यक्तिको आलोचना हुन्छ, विरोध हुन्छ, समर्थन हुन्छ। त्यो स्वभाविक कुरा हो।

चौधरीले इटहरीमा कानून चल्दैन, बल नै चल्छ र आफू बलवान छु भन्ने घमण्ड दोहोर्‍याइ तेहर्‍याइ उच्चारण गरिरहे। उनले एक जना चर्चित टेलिभिजन पत्रकारलाई हेलमेट लगाएर हिँड्न चेतावनी पनि दिए। उनले पत्रकार अनुपमलाई रामप्रसाद चौलागाईं भन्ने सत्तारूढ दलका नगर कमिटी प्रमुखले पैसा दिएर आफ्नोविरुद्ध लेख्न लगाएको भन्ने आरोप लगाए। उनले यतिसम्म भने कि, ‘मैले त्यसलाई (चौलागाईंलाई) नेकपा सुनसरी जिल्ला कमिटीको शपथग्रहण समारोहमै कुटिदिएँ। मानौँ– त्यो उनको बहादुरी हो र त्यसो गरेवापत उनले कतैबाट कुनै प्रश्नको सामना गर्नु परेन। त्यो भ्रष्टाचारी हो, खानेपानीमा ठूलो भ्रष्टाचार गरेको छ। सार्वजनिक जमिन कब्जा गरेर घर ठड्याएको छ आदि।

उनले यसअघि आफूलाई अप्ठेरो प्रश्न सोधेको भनेर एक जना पत्रकारलाई मुखमा लोपरिदिएका थिए। उनले घरको निर्माण सम्पन्नको कागज बनाउँदा पैसा खाएको भनेर एउटा नगरपालिकाको प्राविधिकलाई धक्का दिएका थिए। र, सीएफएल चिम खरिद गर्दा भ्रष्टाचार भएको कुरा बाहिर आएपछि एक जना कर्मचारीको कठालो समातेका थिए। घटनाक्रमले नगरप्रमुख विधिको शासनको विपक्षमा रहेको प्रस्ट देखाउँछ। उनी आफ्नो आलोचना गरेर लेख्ने पत्रकारलाई कुट्छु, मार्छु भन्छन् तर गलत समाचारको खण्डन गर्दैनन्, प्रेस काउन्सिल, अदालत जाँदैनन्। खानेपानीमा भ्रष्टाचार भयो भन्छन् तर भ्रष्टाचारीमाथि कारबाही गर्दैनन्। नगरपालिकाभित्रको सार्वजनिक जमिन मिचियो भन्छन् तर त्यो जमिनको कानूनी हिसाबले संरक्षण गर्दैनन्।

त्यसैगरी उनी भ्रष्टाचारीलाई कालोमोसो दल्ने कुरा गर्छन्, पत्रकारलाई शारीरिक क्षति पुर्‍याउने कुरा गर्छन्। जुन कार्यकारी पदमा बसेको एउटा जिम्मेवार पदाधिकारीका लागि सुहाउने कुरा होइन। कार्यकारी पदमा बस्ने व्यक्तिको आलोचना हुन्छ, विरोध हुन्छ, समर्थन हुन्छ। त्यो स्वभाविक कुरा हो। आलोचना भए आक्रोशित हुने, पत्रकारहरूले विरोधमा नलेखून्, स्तुति गरून्, प्रशस्ती गाऊन् भन्ने चाहना राख्नु उचित होइन। जुन अनुचित काम प्रमुख चौधरी गरिरहेका छन्। कसैले पनि प्रेसमाथि भौतिक आक्रमणको कुरा उठाउनुअघि आफूमाथि उठेको औँलाको औचित्य छ कि भनेर घोत्लिनुपर्छ। त्यो नियतवस, बदनाम गर्ने उद्देश्यबाट प्रेरित रहेछ भने कानूनी उपचार खोजिनुपर्छ। कानूनीराजको त्यही विशेषता हो। गुण्डाराज चलाएर भौतिक कारवाही गर्छु, सबलाई आतंकित र त्रसित बनाउँछु भन्नु गलत हो।

उनले जसलाई भ्रष्ट भन्छन् त्यही भ्रष्टचारी हुने र जसलाई दलाल भन्छन् त्यो दलाल हुने हो भने कानून, विधि, पद्धतिको खाँचो किन पर्छ? आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई भ्रष्टाचारी भन्ने आरोप लगाएर उनी उसको इमेज ध्वस्त गर्न त चाहँदैनन्? कुनै बेला उनका व्यापारिक साझेदार रहेका चौलागाईंसँग उनको रीसईबीका कारण विस्तारै बाहिर आउँदै छ। उनीहरूले मिलेर गरेको जग्गा प्लटिङ र लेनदेनमा समस्या भएपछि उनी चौलागाईंविरुद्ध ज्यानै फालेर लागेको दाबी इटहरीका पत्रकारहरूले गरेका छन्।

सीएफएल प्रकरणको नैतिक जिम्मेवारी उनकै हो। नगरप्रमुख भएर पनि त्यस्तो भ्रष्टाचार हुँदा उनी के हेरेर बसे त? ल ठीक छ, भ्रष्टाचार रोक्न त सकेनछन्, भ्रष्टाचारीलाई उनले किन उन्मुक्ति दिए? भ्रष्टाचारमा संलग्न भनिएको कर्मचारीलाई कठालो समातेर निकालेपछि कानूनी कारबाहीको प्रक्रिया किन अवरुद्ध भयो? किन अघि बढेन? यसको जवाफ नगर प्रमुखले दिनैपर्छ।

आफूलाई चोखो र दूधले नुहाएको दाबी गर्ने प्रमुख चौधरीका कर्तुत पनि सार्वजनिक हुँदैछन्। उनको मूल सडकमा निर्माण भएको व्यावसायिक भवनको कम्पाउण्डमा सडक मिचेर पर्खाल लगाइएको, खरिद ऐन मिचेर मेयर भवन निर्माणको ठेक्का लगाइएको, सार्वजनिक जग्गामा बनेको सहकारी भवनलाई छुट दिइएको, एमाले कार्यालय नहरको जग्गामा बनाएको, नगरपालिकाको पैसाले युनिभर्र्सल चर्चको राजधानी काठमाडौँमा भएको कार्यक्रममा भाग लिन गएको, त्यही संस्थाको अर्को कार्यक्रममा सिङ्गापुर भ्रमण पनि नगरपालिकाकै कोषबाट खर्च गरेको आरोप लागेको छ।

ठीकै छ, यी आरोप–प्रत्यारोप दुईपक्षीय द्वन्द्वमा आफूलाई सही सावित गर्न बचाउ प्रयासका सन्दर्भमा भएका हुन्। के नगरप्रमुखले यस्ता घटनामा प्रश्न र त्यो लेबलमा उभिएर अभिव्यक्ति दिन सुहाउँछ? अवश्य नै सुहाउँदैन। उनी स्थानीय सरकार प्रमुख हुन्। त्यो नाताले उनले नगरबस्तीको सुरक्षाको दायित्व लिनुपर्छ। नगर विकासको जिम्मेवारी बोक्नुपर्छ। अहिले त नगरपालिकालाई न्यायिक अधिकार पनि भएकाले नगरबासीलाई न्यायसमेत दिनुपर्छ। तर, उनका क्रियाकलाप र अभिव्यक्तिले उनी त्यो दायित्व पूरा गर्न सक्षम छैनन् भन्ने नै देखाउँछ।

उनले कानून हातमा लिएर जंगली राज चलाउन खोजेको घोषणा नै गरेका छन्। ‘काँक्रे चोरलाई मुड्के सास्ती’, ‘लातको भूत बातले मान्दैन’ भन्दै उनी आफ्ना प्रतिस्पर्धीलाई कालोमोसो दलेर सडकमा घुमाउने दाबी गर्छन्। के यही हो सामाजिक न्याय, कानूनी राजको सिद्धान्तको परिपालना? यसको जवाफ अब नगरप्रमुखले मात्र होइन, नेपाल सरकार र सत्तारूढ दलले समेत दिनुपर्छ। यसरी कानूनीराजको उपहास गर्न पाइँदैन।

अहिले उनको बचाउमा दुईथरी तर्क सुनिन्छन्। एक, नगरप्रमुख भ्रष्टाचारविरोधी हुन्। दुई, थारूको छोरो नियत सफा छ, सोझो छ, कूटनीति नबुझेर त्यसरी बोलेको हो। उनको सज्जनताको लाभ उठाएर फटाहाहरूले घेराबन्दी गरी काम गर्न दिएनन्।

सबभन्दा पहिले भ्रष्टाचारकै सन्दर्भमा विचार गरौँ। के चौधरी साँच्चै भ्रष्टाचारको विरुद्ध दृढतापूर्वक उभिएका छन् त? उनका कुनै पनि कामले त्यस्तो देखाउँदैन। सीएफएल प्रकरणको नैतिक जिम्मेवारी उनकै हो। नगरप्रमुख भएर पनि त्यस्तो भ्रष्टाचार हुँदा उनी के हेरेर बसे त? ल ठीक छ, भ्रष्टाचार रोक्न त सकेनछन्, भ्रष्टाचारीलाई उनले किन उन्मुक्ति दिए? भ्रष्टाचारमा संलग्न भनिएको कर्मचारीलाई कठालो समातेर निकालेपछि कानूनी कारबाहीको प्रक्रिया किन अवरुद्ध भयो? किन अघि बढेन? यसको जवाफ नगर प्रमुखले दिनैपर्छ।

उनीमाथि कारबाही हुनुपर्छ, आत्मालोचना त पार्टीभित्रको गल्तीका लागि मात्र हो। यससम्बन्धमा सत्तारूढ नेकपाले नै आफ्नो धारणा प्रस्ट पार्नुपर्छ। नगरप्रमुख चौधरीले आफ्नो आरोप फिर्ता लिएँ भनेका छन्। बिसौँवटा सार्वजनिक सञ्चारमाध्यमबाट मनपरि बोलेको कुरा एउटा चिर्कटोको भरमा फिर्ता हुँदैन।

मेयर भवन निर्माणको सन्दर्भ, खानेपानीमा भएको भ्रष्टाचार, सार्वजनिक जग्गाको अपचलन, आफूखुशी कर्मचारी भर्ना आदिले प्रमुख चौधरी भ्रष्टाचारविरोधी होइनन्, बरु उनी ठूला कुरा गरेर भ्रष्टाचारीलाई सुनियोजित ढंगले बचाउन चाहन्छन् भन्ने देखाउँछ। अब उनको जथाभावी बोल्ने शैलीको सन्दर्भमा थोरै चर्र्चा गरौँ। पक्कै हो, उनी थारूका छोरा हुन्। तर, ख्याल गर्नुपर्ने कुरा के हो भने उनी थारू होइनन्। थारूको सोझोपन, निष्कलंक प्रवृत्ति, सफा मन उनमा छैन।

उनी सत्ता राजनीतिको खेलमा सामेल एक चतुर खेलाडी हुन्। उनले पत्रकारमाथि जस्तो आरोप लगाएका छन्, आफ्ना प्रतिद्वन्द्वी रामप्रसाद चौलागाईंविरुद्ध जे कुरा गरेका छन्, त्यसको पुष्टि गरेका छैनन्। तथ्य र तर्कले प्रमाणित नगरी नगर प्रमुखजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले त्यसरी बोल्न मिल्दैन। थारूको छोरो भएकै आधारमा नगरप्रमुख भए पनि कानून मान्दिनँ, अदालत मान्दिनँ, संविधान मान्दिनँ भन्न पाइँदैन। यसले अराजकता सिर्जना गर्छ र कानूनीराजको अवधारणाको खिल्ली उडाउँछन्।

संविधान र कानूनले थारूको छोरा र अन्य जातिको छोरामा विभेद गरेको छैन। बाहुन–क्षेत्रीको छोरामाथि जुन कानून आकर्षित हुन्छ, कुनै पदमा पुग्दा जे कर्तव्य र दायित्व पूरा गर्नुपर्ने हुन्छ, थारूको छोरा त्यही पदमा पुग्दा वा किराती, मगर तथा अन्य जातिको छोरो पुग्दा त्यो गर्नु पर्दैन भन्ने हुँदैन। आचरण, व्यवहार र कर्तव्यपालना जातिका आधारमा निर्धारण हुँदैन, पद र जिम्मेवारीको आधारमा हुन्छ। केही बुज्रुक र फेसबुकेहरूले अहिले इटहरी नगरप्रमुख थारूको छोरा भएकाले जे गर्न पनि छुट पाउँछ, जे बोल्न पनि छुट पाउँछ भन्ने तर्क गरिरहेका छन्। त्यसमा कुनै दम छैन।

उनले नगरपालिकामा भएको भ्रष्टाचार रोक्न, नगरभित्रको बेथिति हटाउन कानूनी, नैतिक र सामाजिक–राजनीतिक रूपले कुनै प्रयास नै नगरेको देखिन्छ। आफ्नो प्रयासका लागि स्टन्टबाजी गरेर सुशासन र कानूनीराज स्थापित गर्न सम्भव छैन भन्ने प्रचार गरेर लोकप्रिय बल खोज्दैछन्। यदि चौधरीले कानूनी तवरले भ्रष्टाचार नियन्त्रण गर्न, सामाजिक विकृति हटाउन अभियान चलाए भने हामी सबैले त्यसलाई समर्थन गर्नुपर्छ, साथ सहयोग गर्नुपर्छ। नगरप्रमुख भनेको बादशाह होइन, उसले कानून हातमा लिएर मनलागी गर्न पाउँदैन। कानूनअनुसार नै कर्तव्य पालन गर्नुपर्छ। यदि उनलाई बुर्जुवा कानून र शासन पद्धतिप्रति विश्वास छैन भने नगरप्रमुख पद त्याग गरेर विप्लव पार्टीमा लाग्दा हुन्छ।

आफ्नो प्रयासका लागि स्टन्टबाजी गरेर सुशासन र कानूनीराज स्थापित गर्न सम्भव छैन भन्ने प्रचार गरेर लोकप्रिय बल खोज्दैछन्। यदि चौधरीले कानूनी तवरले भ्रष्टाचार नियन्त्रण गर्न, सामाजिक विकृति हटाउन अभियान चलाए भने हामी सबैले त्यसलाई समर्थन गर्नुपर्छ, साथ सहयोग गर्नुपर्छ।

अब पार्टीको मौनताबारे पनि केही चर्चा गरौँ। नगरप्रमुखले जथाभावी बोल्दै, जे पायो त्यही गर्दै हिँडेपछि नेकपाका नेता शंकर पोखरेल र योगेश भट्टराईले आत्मालोचना गर्न सुझाव दिए। तर, पार्टीको आधिकारिक निकायबाट अझैसम्म कुनै प्रतिक्रिया आएको छैन। चौधरीले कानून उल्लंघन गरेका छन्। उनीमाथि कारबाही हुनुपर्छ, आत्मालोचना त पार्टीभित्रको गल्तीका लागि मात्र हो। यससम्बन्धमा सत्तारूढ नेकपाले नै आफ्नो धारणा प्रस्ट पार्नुपर्छ। नगरप्रमुख चौधरीले आफ्नो आरोप फिर्ता लिएँ भनेका छन्। बिसौँवटा सार्वजनिक सञ्चारमाध्यमबाट मनपरि बोलेको कुरा एउटा चिर्कटोको भरमा फिर्ता हुँदैन। सार्वजनिक रूपमा कसैको मान मर्दन गरेको विषय वक्तव्यबाजीबाट टुङ्गिँदैन। अराजकता रोक्ने, उच्छृङ्खलता, स्वेच्छाचारितामाथि लगाम लगाउने हो भने चौधरीमाथि कानूनी कारबाहीको कुनै विकल्प छैन।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८