बुटवल – प्रदेश नं. ५ सरकारले बजेटको तयारीलाई तीव्र पारेको छ। संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकार बजेट तयारीमा तीव्ररूपमा जुटेको हो। हाल मन्त्रालयहरूबाट आएका योजनाहरूको विश्लेषण गर्ने काम भइरहेको छ। प्रदेश नं. ५ को आगामी वर्षको बजेटको आकार करिब ३३ अर्बको हुने बताइएको छ।

प्रदेश सरकारहरूले आगामी असार १ गते बजेट ल्याउने गरी काम गरिरहेका छन् । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि करिब ३३ अर्बभन्दा बढीको बजेटको तयारी गरिरहेको छ।

प्रदेश सरकारले गत वर्षको भन्दा करिब ४ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो। प्रदेशका नीति तथा कार्यक्रम र योजनाका आधारमा बजेट छनोटको काम भइरहेको प्रदेश योजना आयोग उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले जानकारी दिए। ‘बजेट आवधिक योजनाका आधारमा बन्छ,’ उनले भने, ‘जसले समृद्ध प्रदेशको नारालाई साकार पार्नमा सघाउ पुर्याउनेछ।’

प्रदेश ५ मा गत वर्षभन्दा संघीय सरकारबाट आउने तीन शीर्षकमा बजेट ८ अर्ब १३ करोड बढी बनिरहेको छ। बजेटले प्रदेशको समृद्धिका आधारका रूपमा रहेका कृषि, पर्यटन, उद्योग लगाएका नीति कार्यक्रमले इंगित गरेका कार्यक्रमहरूलाई नै प्राथमिकता दिइने आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले बताए। ‘नीति कार्यक्रमकै आधारमा बजेट बनाउने तयारी भइरहेको छ,’ उनले भने– ‘भौतिक पूर्वाधार विकासलाई पनि बजेटले महत्वपूर्ण स्थान पाउनेछ।’ सूचना प्रणालीमा योजनाहरू इन्ट्री गराउने काम भइरहेको उनले बताए।

प्रदेशको स्पष्ट खाका निर्माणमा सघाउ पुग्ने गरी बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले संकेत गरे। ‘बजेटले समग्र प्रदेशको विकासलाई नै जोड दिने गरी आउँछ। आवधिक योजनाका आधारमा नै बजेट आउँछ,’ उनले भने।

मन्त्रालयले स्थानीय तहहरूसँग समेत योजना माग गरी बजेटको तयारी गरिरहेको छ। प्रदेश सरकारले बजेट ल्याएको १० दिन भित्र स्थानीय तहहरुले पनि बजेट ल्याउनुपर्ने हुन्छ।

बजेटको आकार

संघीय सरकारको बजेटका आधारमा प्रदेश ५ को बजेट करिब ३३ अर्बको हुनेछ। प्रदेश सरकारलाई संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख बजेट आएको छ। त्यस्तै, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख बजेट आएको छ। सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ। यो गत वर्ष विनियोजन भएको बजेटभन्दा ८ अर्ब १३ करोड बढी हो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा करिब ३ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुने अनुमान छ। सो रकमसमेत गर्दा ३३ अर्बको हाराहारीमा बजेट आउने सम्भावना देखिएको हो।

मन्त्रालयका अधिकारीहरूले भने २३ देखि ३५ अर्बको बजेट आउने बताएका छन्। मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्षमा छन्। कतिपय मन्त्रीहरूले खर्च नभएको बजेटबाट पूर्ति गर्ने गरी ऋणात्मक बजेट ल्याउन आग्रह गर्दै आएका छन्।

बजेटले समेट्ने क्षेत्रहरू

प्रदेश सरकारले ल्याउने बजेटले बहुआयामिक क्षेत्रहरूलाई समेट्ने गरी काम भइरहेको छ, जसअन्तर्गत कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासका क्षेत्रहरू प्राथमिकताका साथमा समेटिनेछन्।

प्रदेश सरकारले तयारी गरिरहेको बजेटमा प्रादेशिक गौरवका आयोजनाले पनि मुख्य प्राथमिकता पाउनेछन्। ‘प्रादेशिक योजना आयोगले निर्धारण गरेका विषयहरूलाई प्राप्त गर्ने गरी बजेट बनाउँदै छौँ,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका पूर्वाधार विकास मन्त्री चौधरीले भने– ‘यसले बहुआयामिक क्षेत्रहरू समेट्ने प्रयास गर्नेछ।’

प्रदेशको रणनीतिक योजनामा रहेर बजेट आउने मुख्यमन्त्री पोखरेलले बताउँदै आएका छन्, जसले प्रदेशको मोडल तयार गर्नमा सघाउ पुग्नेछ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले विस्तारितमै निरन्तरता पाउने बताइएको छ। प्रदेशको गरिबी दरलाई १० प्रतिशतभन्दा तल झार्ने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको हो। ३५ गाउँपालिकामा रहेको कार्यक्रम थप पालिकाहरूमा पनि विस्तार गर्ने गरी बजेट व्यवस्थापन गरिने बताइएको छ।

असार १ मा नै प्रदेशको बजेट

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी गरेको छ। बहुआयामिक क्षेत्रहरूलाई समेटेर तयार गरिएको बजेट असार १ गते नै ल्याउने तयारी भइरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्री चौधरीले जानकारी दिए।

‘बजेट असार १ गते नै आउँछ। प्रदेशका समग्र जनताको हितमा आउँछ। आवधिक योजनाको ठ्याक्कै अहिले नै भन्न मिल्दैन। तर, भौतिक पूर्वाधारबाट आउने हो। त्यसमा नै योजनाहरू आउन सक्छन्,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरीले भने, ‘प्रदेशको हित हुने गरी बजेट आउँछ।’

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२