काठमाडौँ – ललितपुरको पाटन दरबारमै भोटकोशी सभ्यतालाई उजागर र जगेर्ना गर्नका निम्ति आयोजना गरिएको चित्रकला प्रदर्शनी आज सम्पन्न भयो। संस्कृतिविद् सत्यमोहन जोशीद्वारा हिजो मंगलबार शुभारम्भ गरिएको उक्त प्रदर्शनी आज बुधबार सम्पन्न भएको हो। प्रदर्शनीमा १५ जना कलाकारका चित्रहरू राखिएका थिए।

जैमिन थैपि नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त चित्रकला प्रदर्शनीमा भोटेकोशी सेरोफेरोका पुरातन सभ्यता र संस्कृति झल्किने चित्रहरू प्रदर्शनी गरिएको थियो। विशेष गरी मल्लकालीन नेपालको कला र संस्कृति भोटीकोशीसम्म विस्तार भएको विषयलाई कसरी उजागर गर्न सकिन्छ भन्ने आयोजकहरूको ध्येय देखिन्थ्यो।

फुलपिङकट्टी नारायण मन्दिर र लिस्तिकोटमा प्राप्त प्रताप मल्लका अभिलेखहरूले यस क्षेत्रको गर्विलो इतिहास र पुरातन सांस्कृतिक महत्वलाई खोजी गर्न प्रेरित गरेको जैमिन थैपि नारायण परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले बताए। भोटेकोशी आसपासका मल्लकालीन कला तथा सम्पदाको ऐतिहासिक तथा सांस्कृतिक अवस्थालाई कलाकारहरूले चित्रमार्फत प्रस्तुत गरेका थिए।

प्रदर्शनीका संयोजक प्रकाश खड्काले भोटेकोशी सभ्यतालाई उजागर गर्नका निम्ति यस चित्रकला प्रदर्शनीले सहयोग पुर्‍याउने आशा लिएको बताए। त्यसैगरी, अध्यक्ष नेपालले चित्रकला प्रदर्शनीले भोटेकोशी आसपासको संस्कृति, पुरातात्विक सभ्यता, जातीय विविधता र त्यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। 

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८