वीरगंज – भारतबाट नेपाली ५ सय र हजार दरको अवैध नेपाली रुपैयाँ नेपाल भित्र्याइरहेको अवस्थामा एकजना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं. – ११ पिपरा टोल बस्ने २४ वर्षीय वृजकिशोर कुमार रहेका छन्।

उनको साथबाट प्रहरीले ५७ लाख ७९ हजार ४ सय ९० रुपैया बरामद गरेको छ। बाराको सुवर्ण गाउँपालिका– ७ सनफुलवास्थित दशगजा क्षेत्रमा वृजकिशोरले चलाएको बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो परिणामको रकम फेला परेको बाराका प्रहरी एसपी सानुराम भट्टराईले बताए।

प्रहरीका अनुसार पक्राउ परेका वृजकिशोरले दुवै खुट्टाको घुडामुनि पिडौलाको भाग, कम्मर, पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिकीमा रकम लुकाईछिपाई नेपालतर्फ ल्याइरहेका थिए। थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।

यस घटनाले बारा नाकाबाट अवैध रुपमा नेपाली रुपैयाँ नेपाल भित्रिने गरेको पुष्टि भएको छ। यसअघि पनि भारतीय सीमा क्षेत्र र वीरगंज भन्सार क्षेत्रबाट स्रोत नखुलेका लाखौँ रुपैयाँसहित नेपाली र भारतीय नागरिकहरु पक्राउ पर्दै आएका छन्।

वीरगंजको सीमावर्ती शहर हो रक्सौल। जहाँ दिनहुँ हजारौँ नेपाली किनमेल तथा त्यस नाका भएर अन्य कामका लागि भारततर्फ जान्छन्। मितेरी पुल कटेपछि आउने रेल्वे ट्रयाकबाट करिब १ सय मिटर दक्षिणसम्म सडकको पूर्वमा रक्सौल नगरपरिषद् तथा बिहार पुलिसको मापदण्डविपरित सञ्चालित अवैध सटहीकाउण्टरहरु रहेका छन्। यि सटही काउन्टरहरुले रक्सौल प्रवेश गरेका नेपालीलाई भारु साटिदिन्छन्। जहाँ एकसय रुपैयाँ भारुका लागि एक सय ६८ रुपैयाँसम्म तिर्नुपर्छ।

सोही अवैध धन्दाबाट संकलन भएको नेपाली रुपैयाँ पुनः नेपालमा आएर यहाँको बैंकमा हालिन्छ। वीरगंजमा सञ्चालित केही अवैध सटही काउन्टरबाट भारु लिएर जान्छन्। बाराका एसपी भट्टराई भन्छन्, ‘हामीलाई यस्तो धन्दामा ठुलै गिरोह लागेको सूचना छ। अहिले पनि अनुसन्धान गरिरहेका छौँ।’

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८