काठमाडौँ – गर्मी बढेसँगै पछिल्लो केही दिनमा धरान नगरपालिका आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। ती क्षेत्रमा हालसम्म २ सय ४० जनाभन्दा बढीमा डेंगु फेला परेको छ।

डेंगुको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाएको छ। खटाएका टोलीले यसबारे अध्ययन गरे अनुसार प्रभावित क्षेत्रमा डेंगु गराउने दुई प्रकारका लामखुट्टे फेला पारेका छन्। जसअनुसार डेंगु ‘एडिस एजेप्टाई’ र ‘एडिस अल्बोपिक्टस’ नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।

नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे फेला परेका थिए। तर, धरानमा एडिस अल्बोपिक्टस नामका लामखुट्टे, लार्भा र प्युपासमेत फेला परेका छन्। यी लामखुट्टे कालो जीउमा सेतो छिर्केमिर्के परेका हुन्छन्।

नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन्। डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस एजेप्टाई बढी सक्रिय हुन्छन् भने एडिस अल्बोपिक्ट केही सुस्त हुन्छन्।

के हो डेंगु?

डेंगु लामखुट्टेको टोकाइबाट आउने ज्वरो र सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्। एडिस लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खासगरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, पानीका ट्याङ्की, थोत्रो टायर, रंगका खाली डब्बा, गमला, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी आदिमा यस्ले फुल पार्दछ। शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिन्छन्।

तीन प्रकारका डेंगु रोग

डेंगु रोग तीन प्रकारका रहेका छन्। जसमा क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी रहेका छन्। क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे बिरामीको मृत्यु पनि हुन सक्छ।

लक्षणः

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ।
– असाध्यै टाउको दुख्ने।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने।
– पेट दुख्ने।
– ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने।
– शरीरमा बिमिरा आउने।
– वाकवाकी लाग्ने।
– नाक वा गिँजाबाट रगत बग्ने।
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने।

बच्ने उपायः

– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ।
– पानी जम्न सक्ने भाँडाहरूमा पानी जम्न नदिने।
– पानीको ट्याङ्कीलाई छोपेर राख्ने।
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
– दिउँसो बस्दा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
– सुत्दा झुल प्रयोग गर्ने, लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ।

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८