वीराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सघीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन्।

प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राख्नुभएको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै कार्कीले  स्व. गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिए।

कानूनमन्त्री कार्कीले इटहरी महानगरपालिकाका प्रमुखको घटनाबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै सबैको पहलबाट समस्या समाधान भएको र आगामी दिनमा यस्ता घटना पुनः दोहोरिन नदिन सरकार सचेत रहेको बताए।

उनले धरान क्षेत्रमा फैलिएको डेङ्गु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको र अन्य क्षेत्रमा फैलिन नदिनका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरेको जानकारी दिए। यो रोगबाट पीडित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले मिलाएको उनले जानकारी सदस्यलाई दिए।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरूले झापाको १० निर्वाचत क्षेत्रमा सांसद तथा प्रदेश निर्वाचन विकास कोषबाट १४९ योजनामा उल्लेखनीय कार्य भइरहेको, मोरङको केराबारी राजमार्ग आसपासमा डेङ्गु नियन्त्रणमा ध्यान दिनुपर्ने, वैज्ञानिक वनको नाममा ६३ स्थान अवैध फडानीलाई रोक्नुपर्ने, मोरङको खोलामा ६७ हजार ९० घनमिटर खोला उत्खनन गर्ने स्वीकृति पाएकामा एक लाख ५२ हजार मिटर भएकाले आवश्यक छानबिन गर्नुपर्ने माग गरेका थिए।

यसैगरी मेचीको कचनवलमा भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गर्दा नेपाली क्षेत्र डुबान भएको, मेची नदीको कटानबाट स्थानीय बासिन्दा विस्थापित हुने भएकाले नदी नियन्त्रण गर्नुपर्ने, प्रादेशिक यौन हिंसा नियन्त्रण कानून ल्याउनुपर्ने, सडक सुशासनअन्तर्गतका सडकको अनुगमन गर्नुपर्ने, सघीय सरकारको सडकलाई प्रदेश सरकारले आवश्यक मर्मत गर्न बजेटमा सम्बोधन गर्नुपर्ने, असिनापानीबाट घरबारविहीन भएका ताप्लेजुङका २९२ परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने  माग गरेकाे थिए।

प्रदेशसभाको अर्को बैठक असार १ गते दिनको ३ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले  जानकारी दिए।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८