काठमाडौँ – लोकसेवा विज्ञापनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसददेखि भ्रातृ संगठनका नेताहरू विभाजित बनेका छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उनीहरुले फरक-फरक धारणा व्यक्त गरे।

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ र युवा संघका सहसंयोजक रमेश पौडलले लोकसेवाको विज्ञापनबारे फरक-फरक धारणा राख्दै आएका छन्। नेता तामाङले लोकसेवा आयोगको विज्ञापन सच्याइनुपर्ने माग गरेका छन् भने पौडेलले लोकसेवा विज्ञापनको विरोध गर्नेहरू विकासविरोधी भएको टिप्पणी गरेका छन्।

नेता तामाङले भने, ‘संवैधानिक निकायहरूले परिवर्तनलाई आत्मसात् गर्न सकेका छनैन्। संविधानको व्यवस्थालाई ख्याल गर्नुपर्छ। यसभन्दा पहिले अख्तियार, अदालतले परिवर्तन स्वीकार नगरेका कारण महाभियोगसम्म लागेको थियो। आज लोकसेवा आयोगले संघीयता, समानुपातिक, समावेशिता र आरक्षणजस्ता विषयलाई ख्याल नगरीकन खोलिएको विज्ञापन सच्याइनुपर्छ।’

उनले अगाडि भने, ‘प्रदेशमा लोकसेवा आयोग गठन भएका छन्, एक महिना पछिसम्म विज्ञापन खोल्दा के हुन्थ्यो? हठातमा यसरी संवैधानिक व्यवस्थालाई कुल्चिने र परिवर्तनलाई अस्वीकार गर्ने छुट लोकसेवा आयोगलाई छैन। बरु आरक्षणबारेमा छलफल र बहसको विषय बन्न सक्छ। दुई तिहाइ जनता आदिवासी छन्, तीमध्ये सबै क्षमता नभएको मानिस आउँछ भन्न मिल्छ र?’

त्यस्तै युवा संघका सहसंयोजक पौडेलले राज्य व्यवस्था समितिले लोकसेवा आयोगकोे स्थानीय तहका लागि मागेको विज्ञापन रद्द गर्न दिएको निर्देशन गलत भएको बताएका छन्। उनले समितिले दिएको निर्देशनका कारण हजारौँ युवाको भविष्य अन्धकार भएको बताए। विकासमा गति दिन र प्रदेश लोकसेवाको कानून नबनेको स्थितिमा अहिलेको संघीय लोकसेवा आयोगले नै कर्मचारी भर्ना गर्नुपर्नेमा उनको भनाइ छ।

तपाईंका यी टिप्पणी संघीयता र परिवर्तनका विरुद्धमा आए नि? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘म संघीयताको पक्षमा बोलिरहेको छु। मुलुकलाई गति दिन नचाहनेहरूले बखेडा झिकिरहेका छन्। जहाँसम्म समावेशिताको कुरा छ, यो स्थानीय तहमा एक ठाउँमा एक जना कर्मचारी मागेको होला। त्यहाँ कसरी समावेशी गर्ने?’

उनले अगाडि भने, ‘करारमा कर्मचारी भर्ना गर्ने कुरा कदापि राम्रो मान्न सकिँदैन। आसेपासे, झोले, नातेदारको भर्तिकेन्द्र बनाउन खोजिँदैछ भनेर भन्न शुरु भइसक्यो। अर्को बजेट विनियोजन भएको छ। त्यसको कार्यान्वयनका लागि कर्मचारी चाहिन्छ। यसरी कर्मचारी भर्ना रोक्ने हो भने अर्को वर्ष पुँजीगत खर्च झन् कम हुन्छ।’

त्यस्तै यस विषयलाई लिएर अनेरास्ववियुका केन्द्रीय तहका नेताहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर समर्थन र विरोध जनाइरहेका छन्।

सत्तारूढ नेकपाका सांसदहरू नै विभाजित

संसदको राज्यव्यवस्था समितिले दिएको निर्देशनलाई लिएर सत्तारूढ नेकपाका सांसद पनि विभाजित भएका छन्। पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालना गर्नुपर्नेमा छन् भने पूर्वएमाले पक्षधरले विषयवस्तुको गहिराइमा नपुगेरै समितिले उक्त निर्णय गरेको बताएका छन्। समितिका २६ सदस्यमध्ये सभापतिसहित ८ पूर्वमाओवादी र ५ जना पूर्वएमाले हुन्।

लोकसेवा आयोगलाई कानूनी जटिलता

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न सरकार र आयोगलाई निर्देशन दिएको छ। जुन निर्देशनले स्थानीय तहमा पदपूर्तिका लागि निकालिएको विज्ञापन रद्द गर्न लोकसेवा आयोगलाई कानूनी जटिलता सिर्जना भएको छ।

विद्यमान कानूनी व्यवस्थाअनुसार विज्ञापन रद्द गर्न सक्ने ठाउँ छैन। लोकसेवा आयोग ऐन २०६६ ले माग गरेको निकायले कारणसहित रद्द गरिदिन आग्रह गरेमा मात्रै विज्ञापन रद्द गर्न सकिने व्यवस्था छ। ऐनको दफा २८ को उपदफा (१) मा भनिएको छ, ‘आयोगले प्रकाशन गरेको विज्ञापन पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनुअगावै अख्तियारवाला निकायले विज्ञापन रद्द गरिदिन कारणसहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो परीक्षा रद्द गर्न सक्नेछ।’

लोकसेवाका अध्यक्ष उमेश मैनाली पत्नीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा छन्। उनी जेठ ३२ मा फर्कने छन्। असार १ गते लोकसेवा दिवस छ। आयोगले आवेदन लिने क्रम जारी राखेको छ। बुधबारसम्म आवेदन दिनेको संख्या ९७ हजार ८ सय ३३ पुगेको छ। उनीहरूबाट १ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ

विज्ञापन संविधानअनुसार समानुपातिक र समावेशी नभएको भन्दै समावेशीको माग गर्ने पक्षबाट यसअघि नै सर्वोच्चमा रिट दायर भइसकेको छ। अधिवक्ता विकास ठाकुरले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि असार ३ गते बोलाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रहअनुसार आयोगले जेठ १५ मा ५ सय १५ स्थानीय तहको ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो। विज्ञापन समावेशी सिद्धान्त अनुकूल नभएको भन्दै शुरु भएको विवाद बढ्दै गएर संसदीय समितिले ‘रद्द गर्न’ दिएको निर्देशनसम्म पुगेको हो।

धनराज वास्तविक धनराज वास्तविक
नेपाली पब्लिक डटकमका सह-सम्पादक हुन् ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५