काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ‘विद्यालयमा नटिक्ने विद्यार्थी कसका छोराछोरी हुन् ?’ भन्दै प्रश्न गरेका छन्। आज बिहीबारको संसद् बैठकलाई सम्बोधन गर्दै सांसद थापाले २०६४ सालमा १३ लाख ३४ हजार विद्यार्थी कक्षा १ मा भर्ना भएको र २०७६ सालमा आइपुग्दा जम्मा २ लाख ९० हजार विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा दिएको भन्दै ‘बाँकी १० लाख ४४ हजार विद्यार्थी कहाँ गए ? कसका छोराछोरी हुन्’ भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘ती विद्यार्थी कहाँ हराए ? हराएका ती विद्यार्थी हाम्रा होइनन् ?

सांसद थापाले भने, ‘जो विद्यालयमा टिकेका छन्, तिनको पढाइको स्तर हेर्ने हो भने तिनले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिकेको पाइन्न। अझ अंग्रेजी, विज्ञान हेर्‍याैँ भने त्योभन्दा अझ धेरै तल छ। यी नसिक्ने विद्यार्थीहरू कसका सन्तान हुन् ? तपाईं हाम्रै होइनन् ?’

उनले देशमा ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रहरूमा दक्ष शिक्षकहरूले पढाउनुपर्ने भए पनि कक्षा ८ पढेका शिक्षकहरूले पढाउने र ती बालबालिका सांसदका नभएको समेत दाबी गरे। उनले भने, ‘ती बालबालिका हाम्रा होइनन्। तर, संविधानले त्यसो गर्न पाइँदैन भनेको छ। हामीले लेखेको संविधानमा त्यही लेखेको छ। तर, हामीले जे लेखेको थियो। त्यो कार्यान्वयन गर्न सकिरहेका छैनौँ। यो राष्ट्रको लज्जाको विषय हो। यसको जिम्मेवारी कसले लिने ?’

यसको जिम्मेवारी सबै दलले लिनुपर्ने सांसद थापाको तर्क थियो। उनले भने, ‘हिजोको कांग्रेसले, एमालेले, माओवादी सबैले लिनुपर्छ।’ सार्वजनिक कार्यक्रममा निजी विद्यालयलाई गाली गर्ने तर आफैँले सञ्चालन गरेको सरकारी विद्यालय सांसद कर्मचारीले आफ्ना छोराछोरी पढाउन किन नसक्ने ? दाग अनुहारमा भए पनि ऐनामा पुछ्ने काम भइरहेको भन्दै यसलाई सच्याउनुपर्ने बताए।

उनले विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी नभएको प्रति संसदमा सरकारको ध्यानाकर्षक गराएका थिए। उनले कार्यविधि नै नबनाईकन ल्याएको स्वयंसेवक शिक्षकको औचित्य नभएको जिकिरसमेमत गरे।

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८