काठमाडौँ – भारतीय क्रिकेटर युवराज सिंहले गत सोमबार पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिए। भारतले जीत हासिल गरेको सन् २००७ को टी–ट्वान्टी विश्वकप र २०११ को एक दिवसीय विश्वकपमा उनको महत्वपूर्ण भूमिका थियो। उक्त दुवै जीतमा उनी ‘नायक’ थिए।

दुई दशक (१९ वर्षे) लामो खेल जीवनमा ४ सय २ अन्तर्राष्ट्रिय खेल खेलेका युवराजले सन् २०१९ को विश्वकप क्रिकेट पनि खेल्ने चाहना राखेका थिए। तर उनको स्वास्थ्यले साथ नदिएपछि त्यो चाहना पुरा हुन सकेन। युवराजका धेरै प्रशंसकहरु अचानक उनले लिएको यो निर्णयले दुखी भएका छन्।

अन्तर्राष्ट्रि खेल जीवन
सिंहले सन् २००७ को टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डविरुद्ध स्र्टोट वोर्डको एकै ओभरमा ६ छक्का लगाएर कीर्तिमान बनाएका थिए र अझै पनि टी–ट्वान्टी क्रिकेटमा १२ बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान उनकै नाममा छ।

सिंहले भारतलाई सन् २०११ को विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०११ को विश्वकपमा एक शतक र चार अर्धशतकसहित ३ सय ६२ रन बनाएर १५ विकेटसमेत लिएका थिए। उनी उक्त विश्वकप खेलमा ‘प्लेयर अफ द सिरिज’समेत घोषित भए। विश्वकपमा एउटा खेलमा ५ विकेट र अर्धशतक उनको नाममा अझै पनि कीर्तिमानको रुपमा रहेको छ। उनले आयरल्याण्डविरुद्ध ५ विकेट लिएर ५० रन नटआउट बनाएका थिए।

सन् २०११ को विश्वकप क्रिकेट भइरहेको समयमा उनी क्यान्सरको सामना गरिरहेका थिए। तर पनि कसैलाई थाहा नदिई अष्ट्रेलिया विरुद्धको क्वाटरफाइनल खेलमा सहभागी भएका थिए र उक्त खेलमा युवराजको ५७ रनको मद्दतमा भारतले अष्ट्रेलियालाई पराजित गरेको थियो।

त्यस्तै श्रीलंका विरुद्धको फाइनल खेलमा पनि उनले २ विकेट लिएर २१ रन नटआउट बनाएका थिए।

सन् २००० मा आफ्नो खेल जीवन शुरु गरेका युवराजले ४० टेस्ट, ३ सय ४ एक दिवसीय र ५८ टी–ट्वान्टी खेल खेलेका छन्। उनले टेस्ट क्रिकेटमा ३ शतक र ११ अर्धशतकसहित १ हजार ९ सय रन बनाएका छन् भने ९ विकेट पनि लिएका छन्। एक दिवसीय क्रिकेटमा उनले १४ शतक र ५२ अर्धशतक बनाएका छन्। उनले १ सय ११ विकेट पनि लिएका छन्। उनले एकदिवसीय क्रिकेटमा ८ हजार ७ सय १ रन बनाएका छन्। ‘टी–२० क्रिकेट किङ’ मानिने युवराजले टी–२० क्रिकेट प्रतियोगितामा ८ अर्धशतक बनाएका छन् भने २८ विकेट पनि लिएका छन्। उनले आफूले खेलेका टि–ट्वान्टी प्रतियोगिताहरुमा १ हजार १ सय ७७ रन बनाएका छन्।

बुवाको सपनाले क्रिकेटर

युवराजका बुवा योगराज सिंह पनि क्रिकेटर भएकाले आफ्नो सपना छोराले पुरा गरोस् भन्ने चाहाना राखेर उनले धेरै मेहेनेतका साथ युवराजलाई क्रिकेटर बनाएका थिए। युवराजलाई सानैदेखि क्रिकेटको प्रशिक्षण दिने काम बुवाले गरेका हुन्।

हाल उनलाई भारतीय क्रिकेटका एक सफल अलराउण्डर खेलाडीको रुपमा लिइन्छ। जसको नामा लगभग क्रिकेटका सबै ट्रफीहरु छन्। उनको नाममा अन्डर– १९ विश्वकप, २००० को च्याम्पियन ट्रफी, २००७ को टी– २० विश्वकप र २०११ को विश्वकप रहेको छ।

सरकारको सम्मान

क्रिकेटर युवराज सिंहलाई क्रिकेटमा गरेको योगदानस्वरुप भारत सरकारले सन् २०१२ ‘अर्जुन पुरस्कार’द्वारा सम्मानित गरेको थियो। उनलाई २०१४ मा भारतको चौथो सबैभन्दा ठूलो पुरस्कार पद्माश्री पुरस्कार पनि दिएको छ।

सन्यास लिदै युवराजले भने…

‘एक क्रिकेटरका रुपमा यात्रा शुरु गर्दा कुनै दिन भारतका लागि खेलौँला भन्ने लागेको थिएन। लाहोरमा मैले पहिलो शतक हानेको थिएँ। टी–२० विश्वकपमा एकै ओभारमा ६ छक्का हान्नु पनि मेरो लागि अविश्मरणीय क्षण थियो’, भावुक हुँदै उनले पत्रकार सम्मेलनमा भने।

उनले अगाडि थपे, ‘मलाई यही खेलले लड्न सिकायो, झर्न सिकायो र यसैले उठ्न पनि सिकायो। म सानैदेखि आफ्ना पिताले भनेको बाटोमा हिडेँ र मैले देशका लागि खेल्ने बुवाको सपना पछ्याएँ। मेरा फ्यान जसले सदैव मेरो समर्थन गरे, म उनीहरुलाई धन्यवाद नदिई रहन सक्दिनँ।’

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८