काठमाडौँ – २०७२ सालमा बिजुलीबजारमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकलाई ठक्कर दिई फरार ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गर्यो । सो घटनामा मोटरसाइकल चालकको मृत्यु भएको थियो। ट्याक्सी चालकलाई सीसी क्यामेरामा कैद भएको फुटेजकै आधारमा पक्राउ गरिएको हो । सिभिल हस्पिटलअगाडि ०७५ माघ २७ गते अल्फाबेट पहिचान नभएको ७६९९ नम्बरको मोटरसाइकल सुमन गिरीलाई ठक्कर दिई फरार भएको थियो । ‘सीसी क्यामेराकै सहयोगमा ट्राफिक प्रहरीले मोटरसाइकलको नम्बर पहिचान गरी पक्राउ गरेर थप अनुसन्धानसहित कारबाही अघि बढायो ।

यस्तै, ०७५ चैत १२ गते बिहान चाबहिलमा बा.१ज ३८५१ नम्बरको ट्याक्सीमा सवार गोपाल कारन्जितलाई ट्याक्सी चालक कमलबहादुर श्रेष्ठले ट्याक्सीबाट बाहिर निकालेका थिए। कारन्जित हृदयाघातको बिरामी रहेकाले हस्पिटल जान ट्याक्सी चढेका थिए। बिरामी करन्जितलाई चालक श्रेष्ठले ट्याक्सीबाहिर निकालेर सडकमा छोडेको फुटेज त्यहाँको सीसी क्यामेराले कैद गरेको थियो। उक्त घटना सामाजिक सञ्जालमा निकै भाइरल पनि भयो । फुटेजकै आधारमा ट्याक्सी चालक श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त गौशालाले केही दिनपछि नै नियन्त्रणमा लिएर कारबाही अघि बढायो ।

उपत्यकाभित्र दिन प्रतिदिन विभिन्न घटनाहरू भइरहने गर्दछ। त्यसलाई सीसी क्यामेराले कैद गरेको फुटेजकै आधारमा धेरै व्यक्तिहरू पक्राउ परेको ट्राफिक महाशाखाले जनाएकोे छ। सडकको नियम उल्लङ्घन गर्ने, चोरी गर्ने, ट्राफिक नियम पालना नगर्नेजस्ता विविध घटनामा संलग्नलाई सीसी क्यामेराका फुटेजकै आधारमा पक्राउ गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी पदमबहादुर विष्टले जानकारी दिए। अपराधको रोकथाम, नियन्त्रण र अपराधको सफल अनुसन्धानमा यो प्रविधि निकै प्रभावकारी बनेको उनको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ५४ वटा स्थानको मात्र सीसी क्यामेरा फुटेज हेर्न पाइने व्यवस्था मिलाएको छ। अरु बाँकी भनेको महानगरीय प्रहरी कार्यालयबाट हेर्ने व्यवस्था मिलाइएको छ। उक्त कार्यालयबाट नै ट्राफिकसम्बन्धी हो भने सबै त्यहीँबाट फुटेज उपलब्ध हुने गरेको डीएसपी विष्टले बताए।

‘सडकमा ‘लेन क्रस’ गरेको ‘हिट एन्ड रन’ गरेको अवस्थामा सीसी क्यामेराले कैद गरेअनुसार पक्राउ गर्दै आएको डीएसपी विष्टले नेपाली पब्लिकसँगको कुराकानीमा बताए । यस्तै, सीसी क्यामेराको सहायताले आर्थिक वर्ष २०७५/७६ मा महानगरीय प्रहरीबाट प्राप्त फुटेजका आधारमा महाशाखाबाट कारबाहीमा परेका व्यक्तिको संख्या १ हजार ७ सय ३७ रहेको पुगेको छ। त्यसैगरी, सर्भिलियन्स भेहिकल सीसीटीभीको कारबाहीमा परेका व्यक्तिको संख्या ९ सय ९५ पुगेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा सीसी क्यामेराको सहयोगबाटै विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ नगद सम्बन्धित व्यक्तिलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रत्येक दिन १० देखि १२ सम्ममा सीसी क्यामेरा फुटेजका आधारमा कारबाहीमा पर्ने महानगरीय प्रहरी कार्यालयका डीएसपी भावना श्रेष्ठले बताइन्। उनका अनुसार सडकमा ‘हिट एन्ड रन’, स्न्याच एन्ड रन’, गाडीको सामान छुटेको जस्तो विभिन्न घटनालाई सीसी क्यामेराको सहायताले पक्राउ गर्ने गरेको डीएसपी श्रेष्ठले जानकारी दिइन्।

काठमाडौँकमा २०६४ सालबाट नै सीसी क्यामरा जडान गर्ने कार्य शुरू भएको थियो। त्यतिबेला ११ वटा सीसी क्यामेरा जडान गरिएको थियो तर हाल ती क्यामेराहरु चालू अवस्थामा छैनन्। यसको पूर्ण प्रयोग भने २०७१ सालको सार्क सम्मेलनपश्चात् गरिन थालिएको उनले बताइन्।

हालसम्म आइपुग्दा उपत्यकाभित्र ४ सय ६२ वटा सीसी क्यामेराहरू चालू अवस्थामा रहेको उनले बताइन्। अधिकांश चोकहरूमा राखिएका सीसी क्यामेराका कारणले नियम उल्लङ्घन गर्ने, सामान छुटेका, सवारी दुर्घटनामा संलग्न व्यक्ति पक्राउ गर्न प्रभावकारी बनेको डीएसपी भावना श्रेष्ठले बताएकी छिन्। त्यसैगरी, आगामी ६ महिनाभित्र काठमाडौँ उपत्यकामा सीसी क्यामेराको संख्या ७ सय २ पुग्ने बताइन्। डीएसपी श्रेष्ठका अनुसार ०७५ साउनदेखि २०७६ वैशाखसम्ममा सीसी क्यामेराको फुटेजका आधारमा कारबाहीमा पर्नेको संख्या १५ हजार ५ सय ३६ जना पुगेको छ ।

महानगरपालिका क्षेत्रभित्र बजार व्यवस्थापन, अपराध नियन्त्रण, शान्ति सुरक्षा, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सीसी क्यामेरा जडान गर्न नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबीच सम्झौता भएको छ। सीसी क्यामेरा जडानकै लागि महानगरपालिकाले २०७५ फागुन १५ गते महानगरीय प्रहरी परिसरलाई ३ करोडको चेक हस्तान्तरण गरेको थियो। उपत्यकाभित्र दिन प्रतिदिन बढ्दै गएको अपराधलगायत अन्य असामाजिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न नेपाल प्रहरी र महानगरपालिकाले सहकार्य गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

त्यसैगरी, कामपाको ३३औँ नगर बैठकको निर्णयअनुसार नेपाल प्रहरी परिसर काठमाडौँलाई २ करोड ८१ लाख उपलब्ध गराउने भएको छ। पहिले सीसी क्यामेराको लिस्ट कम थियो तर पछि अनुगमन गर्दा धेरै आएका कारण थप रकम वितरण गर्ने महानगरपालिकाका प्रवक्ता डंगालले बताए। उनका अनुसार महानगरपालिकाभित्र फुटपाथ व्यवस्थापन, फोहोरमैला व्यवस्थापन गर्न प्रविधिको आवश्यक थियो। ‘त्यसलाई मध्यनजर गर्दै हामीले ३२ वटै वडामा सीसी क्यामेरा जडान गर्न लागेका हौँ,’ उनले भने।

सीसी क्यामेरा जडानपछि कहाँ के भइरहेको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । त्यसकारण पनि यसलाई थप व्यवस्थित गर्न र संवेदनशील क्षेत्रहरूमा निगरानी बढाउन महानगरले सीसी क्यामेरा जडान गर्न भनेर रकम उपलब्ध गराएको हो । पछिल्लो समयमा सीसी क्यामेरा थप गर्ने कार्यमा प्रहरी पनि अग्रसर हुँदै आएको छ । नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहकार्यमा थप गर्ने भनिएका सीसी क्यामेराहरूको जडानका लागि प्रक्रिया अगाडि बढिसकेको छ । टेण्डर प्रक्रिया सकिएपछि सीसीटीभी जडान कार्यले गति लिने महानगरीय प्रहरी परिसरका इन्स्पेक्टर अनिलकुमार अधिकारीले बताए ।

हालसम्म नेपालमा सञ्चालनमा रहेका सीसी क्यामेरा रात्रिकालीन होइनन् । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाको सहकार्यमा अब जडान हुने सीसी क्यामेराहरू दिनमा मात्र नभई रात्रिकालीनसमेत हुने इन्स्पेक्टर अधिकारीले बताए ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२