– सन्तोष प्याकुरेल

मानव सभ्यतामा स्थानान्तरणको इतिहासलाई दुई कालखण्डमा वर्गीकरण गरिएको पाइन्छ, प्रि-मोडर्न र मोडर्न कालखण्ड। प्रि-मोडर्न कालखण्डमा बसाइँसराइ वा स्थानान्तरणअन्तर्गत ससाना राज्य र तिनीहरूका निर्माण र पुनःनिर्माण हुने गर्दथ्यो। तर, मोडर्न कालखण्डलाई दुई भागमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ। एक औद्योगीकरण र अर्को विश्वयुद्धपछि सिर्जित बसाइँसराइ। जुन रोजगारी र शान्तिको खोजीमा हुने गरेको पाउँछौँ। इतिहासलाई हेर्ने हो भने सबैभन्दा ठूलो स्थानान्तरण भारत विभाजनको समयमा भएको थियो। मानव सभ्यतामा समकालीन स्थानान्तरण भने सन् साठीको दशकलाई आधार मानेर गरिएको पाइन्छ।

समकालीन स्थानान्तरण शिक्षा, स्वास्थ्य, रोजगार र सुविधामा आधारित भएको कुरा कसैले नकार्न सक्ने विषय होइन। यस लेखमा नेपालबाट बर्सेनि रोजगारीका लागि विभिन्न मुलुक जानेहरूका बारे कुरा गर्न खोजिएको छैन। बरु उज्ज्वल शैक्षिक भविष्यका निमित्त भाषा र अन्य विषय अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीका विषयसँग सम्बन्धित कुरामा केन्द्रित हुन खोजिएको छ।

एउटा बालिग नेपाली नागरिक जापानी भाषाको २ वर्षे कोर्ष अध्ययन गर्न चाहन्छ, नेपालमा त्यो तहको शिक्षण गराउने कतिवटा सरकारी र कति संस्था छन्? अध्ययनपछि सरकारले जागिर सुरक्षित गर्छ कि गर्दैन? एउटा अर्काे विद्यार्थी ‘दश प्लस टू’ पढिसकेर डिप्लोमा (जुन ब्याचलर तहको एउटा अंश हो) पढ्न अस्ट्रेलिया जान चाहन्छ, उसले डिप्लोमा सकेर एडभान्स डिप्लोमा पढ्न चाहन्छ। एडभान्स डिप्लोमा सकेर अर्काे वर्ष आफूले रोजेर ब्याचलरको दोस्रो वर्ष अर्कै कुनै विश्वविद्यालयमा पढ्न चाहन्छ, जसको टुङ्गोमा ऊ अहिले पुग्न चाहन्छ।

चीन जहाँको जनसंख्या १४० करोडभन्दा बढी छ, त्यहाँका कुनै विद्यार्थीले विदेश अध्ययनका लागि जानुपर्दा ‘नो अब्जेक्सन लेटर’ लिनुपर्दैन। अझ झन् शिक्षाको तह र पद्धतिसँग सबै किसिमले मिलेको शैक्षिक प्रणाली भएको देश भारत जसको जनसंख्या १२५ करोडभन्दा बढी छ, त्यहाँ पनि विदेश अध्ययनका लागि जाँदा नो अब्जेक्सन लेटर लिने कुनै प्रक्रिया छैन।

के उसले पढ्ने विश्वविद्यालयको टुङ्गो पछि गर्ने अधिकार राख्छ कि राख्दैन? एक जना बाबु आफ्नो छोरीलाई बीएसडब्ल्यूको अध्ययनपश्चात् आफ्नै खर्चमा फ्रान्स पठाएर फ्रेन्च भाषाको उत्कृष्ट अध्ययनपश्चात् कुनै ठूलो एनजीओमा काम गर्ने योजनामा छन्। के उहाँको योजनाअनुसार अब छोरीले फ्रान्स पढ्न जान पाउँछिन्? यी र यस्ता कैयन् प्रतिनिधि प्रश्नहरूको नकारात्मक जवाफ अहिलेको छात्रवृत्ति ऐन २०२१ मा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७३ ले व्यवस्था गरेको बुँदाले गरेको छ।

नो अब्जेक्सन लेटर पहिला छात्रवृत्तिमा अध्ययनका लागि विदेशमा जाने विद्यार्थीलाई दिने अनुमतिपत्रका रूपमा चलनमा आए पनि व्यक्तिगत खर्चमा अध्ययनका लागि विदेश जाने विद्यार्थीले पनि विदेशी मुद्रा सटहीको अनुमतिका लागि बैंकलाई बुझाउने पत्रका रूपमा यसको प्रयोग भएको पनि निकै भइसकेको छ। तर, पछिल्ला वर्षहरूबाट नियाल्दै जाने हो भने ‘नो अब्जेक्सन लेटर’ लिँदाको प्रक्रिया निकै नै कष्टकर बन्दै गइरहेको छ। अचेल अध्ययन अनुमतिपत्र दिने बेलामा विद्यार्थीले पढ्ने तह, कलेज, अनुमति, अवधि, विषयलगायतका विविध विषयहरू जुन विश्वविद्यालय अनुदान आयोग, त्रिविलगायतका विश्वविद्यालयहरूको समक्षता निर्धारण गर्ने निकायका विज्ञहरूले गर्ने कामको भार पनि थपिएसँगै सकसपूर्ण बनेको हो।

हाम्रो छिमेकी देश चीन जहाँको जनसंख्या १४० करोडभन्दा बढी छ, त्यहाँका कुनै विद्यार्थीले विदेश अध्ययनका लागि जानुपर्दा ‘नो अब्जेक्सन लेटर’ लिनुपर्दैन। अझ झन् शिक्षाको तह र पद्धतिसँग सबै किसिमले मिलेको शैक्षिक प्रणाली भएको देश भारत जसको जनसंख्या १२५ करोडभन्दा बढी छ, त्यहाँ पनि विदेश अध्ययनका लागि जाँदा नो अब्जेक्सन लेटर लिने कुनै प्रक्रिया छैन। नेपालमा मात्रै एउटा उद्देश्यका लागि शुरु गरिएको प्रक्रिया अहिले आएर विद्यार्थी बाहिर पढ्न नजाऊन् भनेर रोक्ने ‘टुल’ पो बन्न लागेको हो कि भन्ने आशंका विद्यार्थी, तिनका आमाबुवा र सबै सरोकारवालाहरूमा पर्न जाँदै छ।

राज्यले नागरिकलाई नागरिकता दिँदैमा उसको दायित्व पूरा हुँदैन, उसको वैयक्तिक अधिकार मानाको, छानाको र नानाको पूरा गर्न अनेकन् प्रकारका ज्ञान, सीपसँगै धन आर्जनका लागि देश विदेश जहाँ जान खोजे रोक्नु हुँदैन, उनीहरूलाई जानका लागि सहजता निर्माण गर्नुपर्दछ।

२०७३ सालमै बनाएको भनिएको सो नियम २०७६ जेठ २९ गते वैदेशिक अध्ययन अनुमति शाखाले सूचना जारी गरेर एकाएक लागू गर्न खोज्दा विदेश अध्ययनमा जाने तत्काल लगभग १५ हजार विद्यार्थीको भाग्य र भविष्य अन्धकार भएको छ। साथै, यो निर्णय कार्यान्वयन भएर सुदूर भविष्यमा समेत गम्भीर असर पर्ने नै छ। हरेक नागरिकका मौलिक र नैसर्गिक अधिकारहरू हुन्छन्। राज्यका कुनै पनि नियम वा कानूनले नागरिकको अधिकार उपभोग गर्ने चाहनालाई वञ्चित गर्न सक्दैन।

राज्यले एउटा नागरिकलाई नागरिकता दिँदैमा उसको दायित्व पूरा हुने हैन, उसको वैयक्तिक अधिकार मानाको, छानाको र नानाको पूरा गर्न अनेकन् प्रकारका ज्ञान, सीपसँगै धन आर्जनका लागि देश विदेश जहाँ जान खोजे रोक्नु हुँदैन, उनीहरूलाई जानका लागि सहजता निर्माण गर्नुपर्दछ। डिप्लोमा पढ्न जान दिन्न, भाषा पढ्न जान दिन्न, विश्वविद्यालय नै जाउ भन्नु छनोटको सुविधाबाट वञ्चित गरिएको मात्र नभई एउटा निश्चित वर्गलाई वैदेशिक शिक्षाको अवसरबाट विमुख गर्न खोजिएको भन्ने नकारात्मक सन्देश जानेछ।

लेखक राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का संयोजक हुन्।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५