वीरगञ्ज – हत्याको मुद्दामा अदालतबाट २० वर्षको कैद सजाय सुनाइएका एक व्यक्ति ३० वर्षपछि पक्राउ परेका छन्। बारा प्रहरीका अनुसार बारा जिल्लाको साविक मधुरी जब्दी गाउँ पञ्चायत वडा नं. ३ र हाल महागढीमाई नगरपालिका–११, मधुरी टोल बस्ने वीरबहादुर चौधरीलाई पक्राउ गरिएको हो।

अभियुक्त चौधरीलाई यही जेठ २८ गते आफन्तजनको घरमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। अभियुक्त चौधरीलगायत केही व्यक्तिले सोही वडाका बासिन्दा सुकदेव साह सोनारको हत्या गरेको मुद्दामा अदालतबाट कैद सजाय सुनाइएको थियो। उनीहरूले सोनारको घाँटी रेटी हत्या गरेर गाउँनजिक रहेको डेरा नदीमा फालेका थिए।

मुद्दामा तत्कालीन सम्मानित मध्यमान्चल क्षेत्रीय अदालत हेटौँडाको २०४३ फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौँको २०४५ असोज १७ गतेको फैसलाले प्रतिवादी वीरबहादुर चौधरीलाई जन्म कैद (२० वर्ष) को फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी हिजो बारा जिल्ला अदालतमा पेश गर्दा कैद भुक्तानको लागि अदालतले वीरगञ्ज कारागारमा पठाएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। यसअघि सोही मुद्दामा जन्मकैद ठहर भएका अर्का अभियुक्त सोही स्थान बस्ने पलट साह सोनारलाई गत भदौ ५ गते पक्राउ गरी वीरगञ्ज जेल चलान गरिसकिएको छ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५