काठमाडौँ – ‘विश्व अमेरिका नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने भएको छ। राजधानीको बानेश्वर स्थिति इन्द्रेणी फुडल्याण्डमा वर्ल्ड कनेक्सन युएसए आइएनसीले पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजना गर्न लागिएको जानकारी दिएको छ।

विश्व अमेरिका-नेपाल संगीत अवार्ड २०१९ का अध्यक्ष आङगेलु सेर्पाको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव शुवास बुढा मगरले अवार्ड निश्पक्ष र विवादरहित हुने जिकिर गरेका छन्।

उनले भने, ‘अवार्ड नयाँलाई प्रोत्साहन र अभिभारा हो। तर, नेपालमा हुने अवार्डको मूल्य घट्दै गएको छ। विवादरहित बन्न सकेको छैन। आफ्न्त, नातावाद, चिनजान, वरिष्ठ, चलेको, पैसा आदीका आधारमा विक्री गरिने आरोप खेपिरहेको छ। यस क्षेत्रको उचित विकास र विश्वास कायम राख्नेमा हामी प्रयासरत रहेनेछौं।’

महाचिव बुढाले नेपाली गीत संगीतको अन्तर्राष्ट्रियकरण र लोपउन्मुख भाकाहरूको पुनःउत्थान गर्ने उद्देश्यले उक्त अवार्ड गर्न लागिएको बताए।

उनले भने, ‘नेपाली लोकगीतको क्षेत्रमा आदीवासी भाकाहरू हराउँदै गएका छन्। जस्तै नानुलेभाका, सुनीमायाभाका, हुद्राभाका तेस्रोभाका, ठाडोभाका, पाङ्दुरे भाका आदी भाकाहरू विस्तारै हामीले बिर्सिँदै गइरहेका छौं। यो हामी नेपाली संगीत पारखिहरूका लागि राम्रो सन्देश होइन।’

उनले अगाडि भने, ‘अवार्डलाई हामीले अर्थोपार्जनमूखि बनाउने छैनौं। विश्वभर छरिएर रहेका नेपाली सांगीतिक प्रतिभाको प्रवद्र्वन र एकत्रित गर्ने सुते बन्न चाहन्छौं।’ अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ। अनलाइन मार्फत फर्म भर्न सकिने छ। जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउने सकिने छ।

सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने छ। सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन्। अर्वाडको फाइनल कार्यक्रम नोभेम्बर २३ मा हुनेछ।

कार्यक्रममा वरिष्ठ संगीतकार महेश खड्का, कलाकार संगीता राना प्रशान, शान्तिराम राई, मिलन मोक्तान, समृत सुनुवार, कलाकार रश्मि तामाङ, रुपा लामा, भूमिका शाहलगायतको उपस्थिति रहेको थियो।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१