– सुन्दर कुरूप


आउ हौ लुङ्गा !
जौ हौ चोकतिर
नाँच हेर्न
 
भर्खरै
सत्तामा विराजमान
महामहिमज्युको स्वागतार्थ
कुनै सामन्तयुगीन राजामहाराजाहरूको
दरबारझैँ
रङ्गीचङ्गी बनाइएको छ चोक
जहाँबाट हटाइसकिएको छ
सबै फुटपाथे पसलहरू
 
सडक पेटीहरूमा माग्दै
बसिरहने अपाङ्ग/अशक्त भिखारीहरू
सबै/सबै लखेटी सकिएको छ
अधिकारका लागि वर्षाैंदेखि अनशनरत
अनशनकारीहरू सबै/सबै
देशद्रोहीको आरोपमा पक्राउ गरिसकिएको छ
 
यसरी
सिँगारिएको छ कि चोक
मानौँ केही पनि अधिकारविहीन छैनन् देशमा
मानाैँ कोही पनि भोका/नाङ्गा छैनन् यो देशमा
घरका छत/छतहरूमा
रेलिङ/रेलिङहरूमा
फर्फराइरहेछ
हजारौँ राष्ट्रिय झण्डाहरू
शहरका कुना/कुना
छिचोल्दै
गुञ्जिरहेछ
जयजयकार राष्ट्रिय धुनहरू
 
अरू दिनभन्दा आज
निकै राष्ट्रिय हेन्डसम भएको छ चोक
जसले मेरो अनुहार पनि आज
आतंककारीझैँ देख्न सक्छ
 
बडो
नतमस्तक भएर
ओहोरदोहोर हल्लिरहेछन्
छेपारोबुट्टे राष्ट्रप्रेमीहरू
 
संघीय गणतन्त्र नेपाल-जिन्दावाद
लेखिएको हजारौँ प्लेकार्ड बोकेर
सत्ताका म्याराथुन धावकहरूले
बढो उदेकलाग्दो गरी गरिरहेछ
नगर परिक्रमा
 
पूरै देश नै
बोकेर उफ्रिएझैँ उफ्रिरहेछ
एथेलेटिक्स राष्ट्रिय भाषणहरू
प्राचीन लोकनृत्य/गीत/संगीतहरूको
रङ्गिबिरङ्गी धुनहरूले
पूरै गुञ्जायमान भइरहेछ आकाश
 
अन्त्यमा
सम्बोधन हुनेछ
महामहिमज्यूबाट
खुब तारिफ हुनेछ कलाकारहरूको
सत्ताको कहालिलाग्दो श्रीपेज ओढेर दिनुहुनेछ
आधुनिक राष्ट्रवादका दिव्य उपदेशहरू
 
तर
अफशोस
आज पनि नाँच्दा/नाँच्दा
थाकेका खाली खुट्टाहरू
भोकभोकै फर्कने छन्
मालिकको घर
 
एकाबिहानै
सडक कुनाका चिया पसलहरूबाट
उड्ने चियाको तातो बाफहरू
आज भने दिनभरि नै जमेर बस्नेछन्
कतै सिमान्तकृत रेस्टुरेन्टहरूको डिपफ्रिजभित्र।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५