सुर्खेत – कर्णाली प्रदेश सरकार आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेको छ। चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटलाई अन्तिम रुप दिनका लागि यतिबेला निकै व्यस्तता बढाएको हो।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आउँदो आइतबारसम्म बजेट ल्याउनैपर्ने बाध्यकारी अवस्था रहेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा आफ्नो बजेट पेस गर्ने तयारीलाई अन्तिम रुप दिएको सम्वद्धहरु बताउँछन्। पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत खर्च गरेको प्रदेश सरकारले बजेटको आकार पनि राम्रैसँग बढाउने तयारी गरिरहेको छ। प्रदेश सरकारका लागि महत्वपूर्ण स्रोत केन्द्र सरकारको अनुदान निर्धारण भइसकेको छ।

केन्द्र सरकारले जेठ १५ गते ल्याएको बजेटमार्फत ४ प्रकारका अनुदानको रकम, राजस्व बाँडफाड र प्राकृति स्रोतको रोयल्टीको रकम निश्चित भइसकेको छ। आन्तरिक राजस्व, आन्तरिक ऋणलगायत आफ्नो आम्दानीको अनुमानित रकमलाई आधार मानेर बजेटको आकार प्रदेश सरकारले तयारी गरिरहेको छ। प्रदेशले आउँदो बजेट औसतमा १७ प्रतिशतले वृद्धि गर्ने योजनामा रहेको छ।

केन्द्रसँग ऋण नलिने

कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट तयारी गरिरहेको बताएको छ। बजेटको आकार भने ३० देखि ३५ अर्ब रुपैयाँ हाराहारीको तयारी गरिरहेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार कर्णालीलाई केन्द्र सरकारले ससर्त अनुदानतर्फ ५ अर्ब रुपैयाँभन्दा बढी बजेट दिएकाले आउँदो बजेट ३० देखि ३५ अर्ब आसपासको हुने अनुमान गरे। गत वर्ष केन्द्र सरकारसँग ऋण मागिए पनि प्राप्त नभएकाले यस वर्ष ऋण माग नगर्ने यो प्रदेशको योजना छ। दीर्घकालीन सोचका आधारमा आवधिक योजना र मध्यमकालीन खर्च संरचनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गर्ने गरी बजेट निर्माण गरिरहेको प्रदेश सरकारले बताएको छ।

गत वर्ष १ देखि ५० लाखसम्मका योजना साना, ५० देखि १ करोडसम्मका योजना मझौला र १ करोडभन्दा माथिका योजनालाई ठूला मानिएको थियो। यस वर्ष १ देखि १५ लाखसम्मका योजनालाई साना, १६ देखि २५ लाखसम्मकालाई मझौला र २५ लाखदेखि माथिका योजनालाई ठूला योजनाका रुपमा छुट्याएर बजेट विनियोजन गर्ने प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायाले बताए।

सबैभन्दा कम खर्च कर्णालीमा

पहिलोपटक बजेट ल्याएर वित्तीय संघीयताको अभ्यास गरिरहेका सातवटै प्रदेशमध्ये विनियोजन गरेको रकममध्ये सबैभन्दा कम खर्च कर्णाली प्रदेशले गरेको छ। कर्णालीले करिब ११ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाका अनुसार कर्मचारी अभाव, कानुन र संरचना निर्माणमा ढिलाइका कारण खर्च गर्न मुश्किल परेको हो।

‘केन्द्रले अधिकार प्रत्यायोजन नगर्दा पनि समस्या भएको हो,’ उनले भने, ‘अझै पनि कर्मचारी अभाव कायमै छ। अधिकांश संरचना निर्माणाधीन अवस्थामा छन।’ कर्णाली प्रदेशले पूँजीगत खर्च करिब ९ र चालु खर्च १६ प्रतिशत गरेको छ।

दुई अर्बभन्दा बढी रकमान्तर

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेको छ। हालसम्म करिब ९ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेट मध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ। साविकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वाधार निर्माण र कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बजेटसमेत रकमान्तर गरी सवारीसाधन गरिद गरेको हो।

प्रदेश सरकारका विभिन्न मन्त्रालयले हालसम्म ४२ वटा नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गरिसकेका छन्। १२ वटा सवारीसाधन खरिद प्रक्रियामा छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सातवटै मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले जेठ १५ सम्म दुई अर्ब तीन करोड रुपैयाँ रकमान्तर गरेका छन्। रकमान्तर गरिएको बजेटमध्येबाटै मन्त्रालयले गाडी खरिद गरेका हुन्।

पूँजीगत खर्च करिब ९ प्रतिशत मात्रै

गत असार १ गते संसदमा बजेट भाषणका क्रममा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले भनेका थिए, ‘कर्णालीको द्रुत विकासका लागि कार्ययोजना बनाएर बजेटको पूर्ण कार्यान्वयन गछौं।’ त्यसका लागि मन्त्रालयले योजना छनोट, विस्तृत सम्भाव्यता अध्ययन, योजना सम्झौता, रकम निकासा लगायतको वार्षिक कार्ययोजना पनि बनायो। कार्ययोजना अनुसार काम गर्न नसक्दा कर्णालीमा विकास बजेट खर्च अत्यन्तै न्यून भएको छ।

चालु आर्थिक वर्षको जेठ सकिन लाग्दा प्रदेश सरकारले करिब ९ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री ज्वाला कर्मचारी समायोजनका कारण बजेट खर्च गर्न नसकिएको बताउँछन्। ‘समायोजनले प्रदेश र स्थानीय तहमा कर्मचारी पूर्ति हुने अपेक्षा गरेका थियौं,’ उनले भने, ‘कर्णाली प्रदेश कर्मचारीको रोजाइमा नपरेकाले बजेट कार्यान्वयन गर्न सकेनौँ।’ प्रदेशका मातहतका कतिपय कार्यालयले एक रुपैयाँ पनि बजेट खर्च गर्न सकेका छैनन्। त्यो मध्येको एक हो, पूर्वाधार विकास कार्यालय हुम्ला। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय गत पुसदेखि सञ्चालनमा आएको हो।

चालु आर्थिक वर्षका लागि यो कार्यालयलाई १९ करोड ८२ लाख बजेट छ। ६ वटा सडक आयोजनाका लागि छुट्ट्याइएको बजेट आर्थिक वर्ष सकिन लाग्दासमेत एक रुपैयाँ खर्च भएको छैन। कार्यालय प्रमुख पूर्णबहादुर रोकायले जनशक्ति र कार्यालय व्यवस्थापन नहुँदा बजेट खर्च गर्न नसकिएको बताए। रुकुम (पश्चिम) को पूर्वाधार विकास कार्यालयको अवस्था पनि हुम्लाको जस्तै छ।

जाजरकोट र डोल्पा जिल्ला हेर्ने गरेर स्थापना गरिएको कार्यालयसँग २५ वटा सडक आयोजना, चार झोलुंगे पुल र दुई मोटरेबल पुल निर्माण गर्न ४२ करोड ६५ लाख रुपियाँ बजेट छ। ‘सम्भाव्यता अध्ययन, ठेक्का प्रक्रिया पूरा गर्दै समय लाग्यो,’ कार्यालय प्रमुख योगेन्द्र धरालाले भने, ‘ठेक्का सम्झौताकै प्रक्रियामा रहेकाले अहिलेसम्म बजेट खर्च हुन सकेको छैन।’ उनले शतप्रतिशत आयोजनाको ठेक्का प्रक्रिया सकिन लागेको जानकारी दिए। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २८ अर्ब, २८ करोड २८ लाख २८ हजार बजेट ल्याएको थियो।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५