धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले भोलि असार १ गते आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि बजेट कार्यक्रम प्रस्तुत गर्दैछ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले झण्डै २९ अर्ब बराबरको बजेट कार्यक्रम ल्याउन लागेको हो।

बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए। चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम सरकारले असारसम्ममा करिब ६० प्रतिशत बजेट खर्च गर्ने दाबी गर्दै आएको छ। तर आउँदो वर्षको लागि चालू आर्थिक वर्षको भन्दा ४ अर्ब बढी बजेट ल्याउन लागेको सरकारले बजेट कार्यान्वयन गर्न सक्ला त, भन्ने आशंका बढाएको छ।

मन्त्री बोहराले भने कर्मचारी समायोजन, आवश्यक कानून नभएको कारण चालू आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्न नसकेको बताए। तर अब कर्मचारी समायोजन पूरा भएकाले आउँदो बजेट शतप्रतिशत कार्यान्वयन गर्नेगरी ल्याइएको मन्त्री बोहराको दाबी छ।

मन्त्री बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको जानकारी दिए। वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट आउने बताउँदै उनले विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको बताए।

प्रदेशको गरिबी, बेरोजगारी र बाजुराजस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउनेसमेत उनको भनाइ छ। मन्त्री बोहराका अनुसार विगतको केही योजनाहरू दोहोरिने र केही नयाँ योजनाहरू थपिएर बजेट ल्याउन लागिएको छ। बजेट भाषण भोलि साढे ४ बजेबाट शुरू हुने जनाइएको छ।

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

चाँदी स्थिर सुनको मूल्य घट्यो

चाँदी स्थिर सुनको मूल्य घट्यो

२०७६, २१ मंसिर शनिबार १४:१४

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित

२०७६, २१ मंसिर शनिबार १५:४४

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार

२०७६, २१ मंसिर शनिबार १७:५२

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०८:२७

तातोपानी  कुण्डमा नुहाउनेको घुइँचो

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

२०७६, २१ मंसिर शनिबार ०७:२९