गत वैशाख १६ गते गुठी कानूनलाई एकीकरण र संशोधन गर्न सरकारले संसदमा विधेयक प्रस्तुत गरेपछि यसको पक्ष र विपक्षमा बहस शुरु भयो। संसदमा विधेयकमाथि छलफल नसकिँदै यसको पक्षमा भन्दा विपक्षमा उठेको आवाज सरकारका निम्ति भारी बन्दै गएको छ।

कुनै पनि विधेयकप्रति यसअघि आम जनताले यति धेरै चासो देखाएका थिएनन्। तर, यो गुठी विधेयकप्रति पहिलोपटक यति धेरै र व्यापक जनचासो देखियो। यसको अर्थ प्रस्ट छ, गुठीसँग लाखौँलाख जनताको प्रत्यक्ष सरोकार छ। त्यही भएर पनि यसअघि कहिल्यै नदेखिएको विधेयकप्रतिको जनचासो अहिले गुठी विधेयकप्रति देखिएको हो।

साँचो अर्थमा भन्ने हो भने आम जनतालाई विधेयक के हो? र, यसले के गर्छ? भन्ने कुरा आज पनि थाहा छैन। तर, गुठी विधेयकले आम जनतालाई जबर्जस्ती रूपमा तानेको छ। काठमाडौँ र ललितपुरमा यस विधेयकलाई लिएर कडा विरोध र सडक प्रदर्शन भइरहेका छन्। विधेयक जस्ताको त्यस्तै पास गरियो भने सरकार ढालिदिने चेतावनीसमेत उपत्यकाका रैथाने नेवार समुदायले दिइसकेका छन्।

विधेयकको विरोध गर्दै काठमाडाैँमा भएको प्रदर्शन।

विशेषगरी यस विधेयकले नेवार संस्कृति र सभ्यतालाई नै खतरामा पार्ने स्थानीयको बुझाइ छ। यो बुझाइ धेरै हदसम्म सत्यको नजिक पनि छ। सरकारले अलिकति पनि विवेक पुर्‍याएको भए यो विधेयकको यति धेरै फजिती हुने थिएन।

धेरै नै ठूलो विरोध र सडक प्रदर्शनपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरको गुठीको अवस्था एउटै नरहेको अभिव्यक्ति दिए। बाँस्कोटाको यो विवेक र बुझाइ विधेयक संसदमा प्रस्तुत हुनुअघि आएको भए सायद यो विरोधको सामना सरकारले गर्नुपर्ने थिएन। निश्चय पनि विधेयकको मर्म जनमुखी छ। शोषितपीडित जनताको हितमा छ। तर, विवेक नपुर्‍याउनाले सरकारले गर्न लागेको राम्रो कामको पनि नराम्रो परिणाम भोग्नु परिरहेको छ।

विधेयक ल्याउनुपहिले विषयविज्ञ र सरोकारवालासँग सरकारले पर्याप्त छलफल गर्नुपर्थ्यो। तर, दम्भ र अहंकारले परिपूर्ण यो सरकारले त्यस्तो गर्नुपर्ने आवश्यक ठानेन। त्यसैको परिणाम यो जनविरोधको सामना गर्नु परिहेको हो। अहिले विधेयक पास गरिहाल्नुपर्ने हतारो पनि देखिँदैन। सबैभन्दा पहिले नेपालमा भएका गुठीका प्रकृति छुट्याउनु पर्छ । देशका ६९ जिल्लामा छरिएर रहेका गुठी र तिनका सम्पत्तिका बारेमा व्यवस्थित अनुसन्धान गरेर यकिन तथ्याङ्क निकाल्नु पहिलो आवश्यकता हो।

विधेयकको समर्थन गर्दै दाङमा भएको प्रदर्शन।

संस्थानको रेकर्ड अनुसार मुलुकमा राजगुठीअन्तर्गत २३५० गुठी छन्। तर अन्य के कति र कुन कुन प्रकृतिका कति गुठी छन्? संस्थानसँग त्यसको रेकर्ड छैन। मुलुकभरिका सबै प्रकृतिका गुठीमाथि अध्ययन अनुसन्धान गरी त्यसलाई वर्गीकरण गर्नुपर्ने अर्को आवश्यकता छ। मुलुकमा सयौँको संख्यामा यस्ता गुठी पनि छन्, जसका मन्दिर नष्ट भइसके, धर्मकर्म हुँदैनन्। कयौं गुठीहरू कागजमा सीमित छन्। तर, तिनका नाममा राखिएका जग्गाजमिन व्यक्तिले उपभोग गरिरहेका छन्। त्यस्ता गुठीलाई सरकारले व्यवस्थित गर्छु भन्नु निश्चय पनि अपराध होइन। ‘भूमाफियालाई गुठीबाट निकाल्छु’ भन्नु सरकारको गल्ति होइन। तर यसलाई सही ढंगले सरकारले प्रस्तुत गर्न सकेन।

गुठी विधेयकले मुलुकभरिका सबै प्रकृतिका गुठीलाई एउटै डालोमा राखेको छ, एउटै दृष्टिकोणले हेरेको छ। सरकारको गल्ती यही हो। शताब्दीऔँदेखिको गुठीका रूपमा रहेका धार्मिक सम्पदामाथिको अस्तित्वमाथि यो विधेयकका केही प्रावधानले संकट उत्पन्न गराएको छ। काठमाडौँ उपत्यका र बाहिर जिल्लाको गुठीका सम्पत्तिलाई अलग गरेर विधेयक ल्याएको खण्डमा आम जनताको हक स्थापित हुने र सम्पदा, धर्म, संस्कृतिको पनि रक्षा हुनेछ। उपत्यकामा रहेका पशुपतिनाथ, मच्छिन्द्रनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, इन्द्रजात्रा लगायतका नेपालको पहिचानसँग जोडिएका महत्त्वपूर्ण धार्मिक–सांस्कृतिक प्रथालाई अझ बढाउँदै लैजानुपर्छ।

मुलुकमा गुठी संस्थानको तथ्याङ्क हेर्ने हो भने ६९ जिल्लामा राजगुठीअन्तर्गत १४ लाख ४२ हजार रोपनी जमिन छ। यसमध्ये ११ लाख रोपनी जमिन २०६५ सालअघि नै रैतानी नम्बरी बनाइसकिएको छ। बाँकी ३ लाख ४२ हजार रोपनी जमिनमा मोहीयानी लागेको छ। सरकारको मनसाय यही ३ लाख ४२ हजार रोपनी जमिनलाई अहिले तत्काल मोहीको नाममा दिने रहेको छ। त्यसो त यसमा तैनाथी गुठी र निजी गुठी पर्दैन। गुठी यतिमात्रै होइन। हजारौँ रोपनी जमिन निजी गुठीका नाममा मनपरि भइरहेको छ। यी सबैलाई व्यवस्थित गर्न यो विधेयक महत्त्वपूर्ण हुनसक्छ। तर, परापूर्वकालदेखि राष्ट्रको पहिचानसँग जोडिएर आएका धर्म, संस्कृति र सम्पदाहरूको रक्षा र संरक्षणका निम्ति सरकारले यस विधेयकलाई परिमार्जनसहित सुधार गर्नुपर्छ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा चारजना घाइते

२०७६, २८ कार्तिक बिहीबार २०:०९