वीरगंज – वीरगंज महानगर क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ। बारा र पर्साबाट भारततर्फ तस्करी हुने गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले कोटाभन्दा बढी आयातमा रोक लगाएपछि पेट्रोलियम पदार्थको अभाव भएको हो।
नेपाल आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख रामकुमार न्याैपानेको लापरवाहीका कारण पर्सामा पेट्रोलियम पदार्थको हाहाकार भएकाे पेट्रोलियम ढुवानी व्यवसायीहरुको आरोप छ। पेट्रोलियम ढुवानी संघ पर्साका अध्यक्ष बिनोद चौरासियाले पेट्रोलियम पर्दाथ तस्करी रोक्ने नाममा सबै जनतालाई दुख दिने कार्य अनुचित भएको बताए। ‘तस्करी गर्ने पेट्रोल पम्पहरुलाई कारवाही नगरी पर्साका सबै ढुवानी व्यवसायीहरुलाई दुख दिनु गलत हो,’ अध्यक्ष चाैरासियाकाे भनाइ छ।
आयल निगमका कर्मचारीहरुले माग, चलान, रुटको नाममा अवैध रकम असुल गरिरहेकाे ढुवानी व्यवसायीहरूको आरोप छ। कर्मचारीले गेटपास, नम्बर, लोड प्वाइन्ट र आउट पासको नाममा अवैध रकम असुल गरिरहेको व्यवसायीको दावी छ।
यस विषयमा जानकारी लिन आयल निगम क्षेत्रीय कार्यालय प्रमुख न्यौपानेसँग सम्पर्कका लागि प्रयास गर्दा उनको माेबाइल स्वीच अफ थियो। पर्साका सीडीओ नारायण भट्टराईले आइतबार साँझसम्म पेट्रोलियम पदार्थको विक्रीवितरण सामान्य बनाउने आश्वासन दिए।


लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने
२०७६, २५ मंसिर बुधबार १८:१३

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…
२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर
२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार
२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या
२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद
२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प
२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!
२०७६, २५ मंसिर बुधबार १६:४९

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै
२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा
२०७६, २६ मंसिर बिहीबार १७:१६

प्रहरी सक्रियतामा रोकियो बालविवाह
२०७६, २६ मंसिर बिहीबार ०९:५६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने
२०७६, २६ मंसिर बिहीबार १७:०२

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट
२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू
२०७६, २६ मंसिर बिहीबार १८:५९

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)
२०७६, २६ मंसिर बिहीबार १७:१५
