काठमाडौँ – ब्यस्त सडक, सवारीसाधनको चाप र सर्वसाधारणहरूको सकसपूर्ण यात्रा। उपत्यकाभित्र यातायातको समस्या भोग्दै आएका सर्वसाधारण यात्रुहरू शायद कम नै होलान्। यिनै सर्वसाधारण जनताका निमित्त सस्तो, सुलभ, भरपर्दो र विश्वसनीय यातायात सेवा सञ्चालन गर्ने मूल उद्देश्यका साथ साझा यातायातले वर्षौंदेखि सेवा प्रदान गर्दै आएको छ। साझा यातायात सहकारी संस्थाद्वारा सञ्चालित साझा यातायात लेखिएका हरियो रङका बसहरूमा हेर्ने हो भने सधैँ यात्रुहरूले भरिभराउ देखिन्छन्। तर, संस्था भने घाटामै चलिरहेको बताइन्छ।

साझा यातायातले यात्रा गर्न धेरै सजिलो बनाएको सर्वसाधारणको भनाइ छ। बालकदेखि वृद्धसम्मका लागि यात्रा गर्न सुविधा प्रदान गर्दै आएको यो संस्थाले घाटामै गए पनि आफ्नो सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने उद्देश्यले फेरि २० वटा बसहरू थप गर्ने जानकारी गराएको छ।

साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले संस्था घाटामै रहे पनि सर्वसाधारणलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ अघि बढेको दाबी गरे। उनी भन्छन्, ‘संस्था घाटामा जानुमा यसका कारणहरू धेरै छन्। संस्थाले प्रायः धेरै ठूला–ठूला बसहरू सञ्चालनमा ल्याएको छ। अरू बसहरू साझाजस्ता छैनन्, प्रायः साना नै छन्। साझा यातायातका बसहरू ठूलो आकारका भएकाले यी बसहरूका लागि डिजेलमा धेरै पैसा खर्च हुने गर्दछ।’

उनले थपे, ‘हामीले नेपाल सरकारले तोकेका श्रम ऐनले तोकेका सबै नियमहरू पालना गर्छौं, जसले गर्दा चालकहरूको बिदा, चालकहरूको भत्ता, सबै सेवा सुविधा अरु यातायात कम्पनीको भन्दा बढी नै छ।’ साझा यातायात सेवामुखी भएकाले मूल्यमा पनि सम्झौता गर्नुपर्ने उनको भनाइ छ। सेवाकै कुरा गर्ने हो भने साझा यातायातमा ७० वर्षभन्दा माथिकालाई सेवा निःशुल्क गरिएको छ। बस भाडा पनि अन्य निजी कम्पनीद्वारा सञ्चालित बसहरूको भन्दा कम नै रहेको छ।

कार्यकारी सञ्चालक तुलाधरका अनुसार बसमा टिकट सिस्टम अनिवार्य गरिएकाले पनि खर्च बढेको छ। टिकट सिस्टम पनि रकम संकलनमा पूर्ण पारदर्शी हुन नसकेको स्वीकार्दै त्यसमा पारदर्शिता ल्याउन प्रविधिको प्रयोग नै उत्तम भएकाले संस्थाले प्रविधिलाई भित्र्याउने योजना पनि बनाएको उनको भनाइ छ। संस्थाले रकम संकलनमा पारदर्शिता ल्याउन र सेवामा अझै प्रभावकारिता बढाउन टिकटको सट्टा विस्तारै कार्ड सिस्टम गर्ने तयारी गरेको छ। यो छिट्टै औपचारिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ।

हाल साझा यातायातसँग ५१ वटा बस रहेका छन्। त्यसमध्ये ४५ वटा उपत्यकाका विभिन्न नौवटा रूटमा र बाँकी ६ वटा उपत्यकाबाहिर सञ्चालन भइरहेका छन्। हाल साझा यातायातको एउटा बसबाट प्रत्येक दिन ५ हजारदेखि ८ हजारसम्म आम्दानी हुने गरेको साझा यातायातका लेखापाल सुनील महर्जन बताउँछन्। उठेको यही रकमबाटै गाडीको डिजेल, मर्मतलगायत सबै खर्च धान्नुपर्ने हुन्छ। उनले भने, ‘साझाका बसहरू ठूला–ठूला भएकाले डिजेलमा धेरै खर्च हुन्छ।’

साझा यातायातको आर्थिक प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०७०/७१ मा कुल ३ करोड ६८ लाख २३ हजार घाटा ब्यहोरेको छ। त्यस्तै, आव २०७१/७२ र २०७२/७३ मा भने यो संस्थाले नाफा नै कमाएको देखिन्छ। आव २०७१/७२ ७२ लाख ७८ हजार ७ सय ११ रुपैयाँ र आव २०७२/७३ मा १९ लाख ८७ हजार ०८२ रुपैयाँ नाफा कमाएको देखिन्छ। यस्तै, आव २०७४/७५ मा १ करोड ७८ लाख ८७ हजार ८ सय ७५ घाटा ब्यहोरेको छ भने अघिल्लो आव २०७३/७४ मा १ करोड ८२ लाख ६५ हजार ८ सय १० रूपैयाँ घाटा ब्यहोरेको छ।

साझा यातायात घाटामा रहे पनि यो संस्था सेवामुखी भएकाले सर्वसाधारणहरूको सुविधाका लागि थप २० वटा बसहरू थपेर सञ्चालनमा ल्याउने तयारीमा छ। संस्था अब २० वटा बस थप गरी कुल ७१ वटा बस सञ्चालनमा ल्याउने भएको छ। ती बसहरू उपत्यकाका विभिन्न १३ वटा रूटमा सञ्चालन हुने कार्यकारी सञ्चालक तुलाधरले जानकारी दिए। उनका अनुसार अब उपत्यकाभित्र ६७ वटा र चारवटा उपत्यकाबाहिर सञ्चालन हुनेछन्।

साझा यातायातले अब २० वटा थप नयाँ बस आएसँगै विभिन्न ११ वटा नयाँ रूटमा बस सञ्चालन गर्नेे भएको छ। कार्यकारी सञ्चालक तुलाधरका अनुसार अब चापागाउँ–नयाँ बसपार्क– दुईवटा, लगनखेल–बसपार्क– १२ वटा, लगनखेल–बूढानीलकण्ठ–सातवटा, बुङ्गमती–बूढानीलकण्ड–तीनवटा, गोदावरी–नयाँ बसपार्क–सातवटा, लामाटार–बूढानीलकण्ठ– सातवटा, लगनखेल–थानकोट–सातवटा, लगनखेल–दक्षिणकाली– दुईवटा, स्वयम्भू–सूर्यविनायक–छ वटा, स्वयम्भू–कमलविनायक– छवटा र नयाँ बसपार्क–एयरपोर्ट– आठवटा गरी ६७ वटा साझा बस उपत्यकामा सञ्चालन हुनेछन्। त्यस्तै, ५१ वटा सवारीसाधनका लागि ८९/८९ जना चालक र सहचालक खटाइएकोमा अब थप हुने २० वटा बसका लागि पनि फेरि ३५/३५ जना चालक र सहचालक थप गरिने तुलाधरले जानकारी दिए।

सर्वसाधारण जनताका निमित्त सस्तो, सुलभ र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले २०१८ साल चैत ३ गते बुधबारका दिन साझा यातायातको जन्म भएको हो। तत्कालीन सहकारी संस्था ऐन २०१६ अनुसार प्रारम्भिक सहकारी संस्थाको रूपमा साझा यातायात दर्ता भएको हो। स्थापना भएको चार महिनापछि २०१९ साउन १ देखि संस्थाले काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा सार्वजनिक सेवा दिन थालेको थियो।

वि.सं २०२३ सालपश्चात संस्थाले अनेकौं आरोह अवरोहहरू झेल्नुपर्यो। केही वर्षको बन्दकाल पार गरेपछि यस संस्थाले २०७० वैशाखदेखि पुनः आफ्नै स्रोतबाट बस खरिद गरी सेवा सञ्चालनमा ल्यायो। आफ्नो सेवालाई निरन्तरता दिँदै हालसम्म आइपुग्दा संस्थाका ५१ वटा बसहरू सञ्चालनमा छन् भने थप २० वटा नयाँ बस पनि नेपाल आइपुगिसकेका छन् र ती बसहरू पनि चाँडै नै सञ्चालन हुने  क्रममा रहेका छन्।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२