– लक्ष्मणराज सत्याल

२०१८ मार्च २६ तारिख इतिहातको उडान नं. २९१ बाट क्यानडाका लागि म रमाना भएँ। यो मेरो तेस्रो यात्रा भएकाले खासै रोमाञ्चक त नभइहाल्ला यद्यपि यसभन्दा पूर्वकोे यात्रा संस्मरण दुई चरणमा लेखिसकिएकाले तेस्रोलाई पनि अलि फरक किसिमले प्रस्तुत गर्न सकिन्छ कि भनी जिज्ञासु मनले विषय खोजिरहेको थियो।

काठमाडौँदेखि अबुधावीको ४ घण्टा ३५ मिनेट र त्यसपछि ४ घण्टा ३५ मिनेटको विश्रामपछि १४ घण्टा ५ मिनेटको पट्यारलाग्दो उडान अत्यन्तै कष्टकर लाग्दालाग्दै पनि आइजन हावरदेखि ट्रम्पसम्मलार्ई उही गतिको र समयलाई पर्खनु नै पर्ने हुँदा मैले मात्र गुनासो गर्नु उचित हुँदैन। विज्ञानको बढ्दो प्रविधिसँगै दक्षताले प्रगतिको आशा गर्दै बाँकी आशा राख्नु मनासिव हुँदैन।

विमानस्थलदेखि टोरन्टोस्थित आफ्नो निवाससम्म पुग्दा देखिएको वातावरणीय अवस्थाबाट मोहित हुनुु स्वभाविक त हो नै, यद्यपि यतिसम्मको सफासुग्घर हामीले पनि त गर्न सकिन्थ्यो नि, मन कुँडिनुबाहेक अरू के नै गर्न सकिन्छ र ! चेतनाको कमी भनाैँ भने १२ थरी कुरा जान्ने हामी नेपालीले यो विषयमा किन सचेत हुन नसकेको होला? के हामीलाई भाग्यले ठगेकै हो? कर्मले भाग्य बनाउँछ वा भाग्यले कर्म वा दुवैको संयोग नै फल प्राप्ति हो। यो निराकरण गर्न नसकिएसम्म विषयलाई यहीँ विश्राम दिनु वेश हुन्छ आजलाई।

तुलनात्मक रूपमा काठमाडौँमा रहेको मूल्यको अनुपातमा खासै अन्तर नदेखिँदा हामी पनि सम्पन्नशाली नै पो छौँ कि भन्ने आभास दिलायो यसपटक। आभास त दिलायो अम्दानीको तुलनामा यो कसरी सम्भव भएको होला, विचारणीय देखिन्छ। हामीले माथि माथिकालाई हेरेर मात्र यो सोच राखेको पो हो कि !

महँगी संसारकै समस्या हो भन्ने कुरा यो मुलुकले पनि भोगेको रहेछ। बढ्दो महँगीलाई सन्तुलन कायम राख्न ज्यालादरमा प्रतिघण्टा १० डलरबाट १४ डलरमा वृद्धि हुनु सुखद पक्ष मानिन्छ। यहाँको यो विषयलाई गरिब र धनीबीचको सन्तुलन कायम राख्न गरिएको प्रयास हो भन्ने कुरा एकथरि अर्थविद्को भनाइ रहेको पाएँ। यो वृद्धि ज्यालादरमा मात्र भएकाले अफिसियल कर्मचारीका लागि पनि महँगी त बढेकै छ नि भन्ने भनाइको जवाफ खोज्ने क्रममा बुझ्दै जाँदा आफ्नो स्रोत र साधनले भ्याएसम्म आ-आफ्नै क्षमताले भ्याउने गरी तलब वृद्धि हुने रहेछ। यसो भन्दैमा खानै नपुग्ने गरी सरकार मौन बसेको देखिएको छैन भन्ने भनाइ पनि देखिन्छ। नेपालमा जस्तो बजेट प्रस्तुत गर्दा सरकारले केही बोल्नु नपर्ने रहेछ तलब वृद्धिको कुरामा।

आठ लेनको सडक, सहर बजारमा छरिएका मलहरूमा भएको भीडभाडले सम्पन्नताको झलक दिन्छ। तुलनात्मक रूपमा काठमाडौँमा रहेको मूल्यको अनुपातमा खासै अन्तर नदेखिँदा हामी पनि सम्पन्नशाली नै पो छौँ कि भन्ने आभास दिलायो यसपटक। आभास त दिलायो अम्दानीको तुलनामा यो कसरी सम्भव भएको होला, विचारणीय देखिन्छ। हामीले माथि माथिकालाई हेरेर मात्र यो सोच राखेको पो हो कि ! त्यसो होइन भने भ्रष्टाचारले मौलाएको सहर बजार हो भन्ने कुरामा अप्ठ्यारो मान्नु पर्दैैन।

लुगाको मूल्य समान, खानाको मूल्य समान र कस्मेटिकका सामानहरू त काठमाडौँकै बढी भएको देखियो। यहाँ अर्थात् काठमाडौँको तुलनामा क्यानडामा अत्यधिक महँगो भनेको घर भाडा मात्र हो । केही खाद्यान्नको मूल्यसूची तुलनात्मक रूपमा प्रस्तुत छ। जस्तो– राम्रो इन्डिया गेट चामल यहाँ पाँच किलोको १० डलर अर्थात् ९०० रुपैयाँ, त्यही चामल काठमाडौँमा दश डलरभन्दा पनि बढी १२५० रुपैयाँ। प्रत्येक डाटा यहाँ प्रस्तुत गर्न सम्भव छैन यद्यपि नून, तेलदेखि दालसम्मको अवस्था त्यही छ। मूल्य वृद्धिको हकमा मोटामोटी यही नै हो।

बत्तीको संकेतलाई पालना गर्ने, जेब्रा क्रसिङबाट मात्र बत्तीको संकेतलाई पालना गरी ओहोरदोहोर गर्ने। यो विषय पालना गराउन कुनै प्रहरी परिचालन छैन। चालक सचेत छ, नागरिक सचेत छन्। एउटा जादुगरले चलाएजस्तो गरी चलिरहेछ। यसमा आर्थिक व्ययभार केही छ ?छैन।

यात्रा संस्मरण लेखिएकोमा किन अन्यत्र मोड लियो भन्ने पाठकहरूको भनाइ होला। यात्रा संस्मरण पूर्व नै लेखिएकाले केही हाम्रा लागि नयाँ हुने, केही उपयोगी विषय उल्लेख गर्नु वेश हुन्छ कि भन्ने उद्देश्यले त्यसतर्फ लागेको हुँ। विदेशको तामझाम र सम्पन्नता हेरेर मोहित हुनु एउटा कुरा हो भने हीन भावना राख्नु अर्को हो। हीन भावना हैन, हामीले गर्न सक्ने जति र हुन सक्ने गर्दा पनि हत्तेरी अलि बेलैमा चेत खुलेको भए कति राम्रो हुन्थ्यो हगि भन्ने स्थितिमा पुगियो भने पनि लाख हुन्छ।

यहाँ म केही विषयको लोभलाग्दो चर्चा गर्छु, जहाँ कुनै किसिमको खर्च छैन। हामी हाम्रो प्रयासले, हाम्रो भन्नाले हामी सबै नेपालीको प्रयासले सम्भव छ। ट्राफिक व्यवस्था जसले सारा सहर बजार व्यवस्थित हुन सक्छ। बत्तीको संकेतलाई पालना गर्ने, जेब्रा क्रसिङबाट मात्र बत्तीको संकेतलाई पालना गरी ओहोरदोहोर गर्ने। यो विषय पालना गराउन कुनै प्रहरी परिचालन छैन। चालक सचेत छ, नागरिक सचेत छन्। एउटा जादुगरले चलाएजस्तो गरी चलिरहेछ। यसमा आर्थिक व्ययभार केही छ? छैन।

सामान खरिद गर्दा लाइनमा बसाैँ, हतार सबैलाई हुन्छ। के यसका लागि खर्च छ? छैन। फोहोर फाल्ने भाँडो (डस्टबिन) सबैले राखौँ, सानोतिनो फोहोर त्यसैमा राखौँ। के यसमा खर्चको ठूलो भार छ? छैन। कामका लागि कुनै कार्यालय जानुस्, भनेको डकुमेन्ट दिनुस्, ५ मिनेटमा काम समाप्त हुन्छ। कुनै कारणले डकुमेन्ट अधुरो छ भने मिठो वचनले बताउनुहोस्, यसमा खर्च छ? छैन। यस्ता १०० मा ९९ यस्ता विषय छन्, जसमा हामी आफैँले समस्या सिर्जना गर्छौं।

कामका लागि कुनै कार्यालय जानुस्, भनेको डकुमेन्ट दिनुस्, ५ मिनेटमा काम समाप्त हुन्छ। कुनै कारणले डकुमेन्ट अधुरो छ भने मिठो वचनले बताउनुहोस्, यसमा खर्च छ? छैन। यस्ता १०० मा ९९ यस्ता विषय छन्, जसमा हामी आफैँले समस्या सिर्जना गर्छौं।

यसो भएन र उसो भएन पनि हामी नै भन्छौँ। देश बनाउने सरकारले होइन, हामी जनताले हो। सरकार अमूर्त छ, अमूर्तको पछि नलागाैँ। कुनै पनि देशमा एउटा पर्यटक भित्रिँदा पैले ट्राफिक व्यवस्था हेर्छ रे, ट्राफिक व्यवस्था राम्रो छ भने सबै राम्रो छ भन्ने ठान्छ र त्यो भद्रगोल छ भने त्यहाँ सबै भद्रगोल छ भन्ने ठान्छ रे !

संसारमा राम्रा-नराम्रा विषय जहाँ पनि हुन्छ। मात्रात्मक हिसाबमा मात्रै फरक हो। नियम कानूनकै कुरा गर्ने हो भने नेपालमा जस्तो कडा कानून अन्यत्र नहोला। कानून कडा भएर के गर्नु? फौजदारी अभियोग लागेका सांसदलाई समेत माफी दिन लागिएको देख्दा ठूलालाई चैन सानालाई ऐन भन्नुपर्ने हुन्छ। क्यानडामा पनि गाँजा खाने छुट दिन लागेको देख्दा यो के गर्न लागेको होला भन्ने लागेको छ। क्यानडाका उदाहरण दिएर हाम्रो मुलुकमा लागू नहोस्, बस यति भए पुग्छ।

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८