वीरेन्द्रनगर – कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली १ हजार रुपियाँ जम्मा गरिदिने भएको छ। छोरीको शिक्षा र लालनपालनका लागि सरकारले बैंक खातासँगै २० वर्षसम्म प्रत्येक महिना रु. ५ सयका दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याउने घाेषणा गरेकाे हाे।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु. ५ सयका दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको छ। आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु. ७ करोड विनियोजन गरिएको छ।

“छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली १ हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना रु. ५ सयका दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ,” बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, “छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु। यस कार्यका लागि रु. ७ करोड बजेट छुट्याएको छु।” यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहन स्वरूप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ। स्वास्थ्य संस्थामा आई बच्चा जन्माउने आमालाई पोषणबापत २ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ।

प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसाजस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समान रूपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। त्यसैगरी राउटे, बादीलगायतका लोपोन्मुख तथा अल्पसङ्ख्यक सिमान्तकृत वर्ग/समुदायको संरक्षणका लागि आयमूलक कार्यक्रमको व्यवस्था गरिने मन्त्री ज्वालाले बताए।

आव २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल विनियोजनमध्ये चालूतर्फ रु. १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ रु. २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्याइएको छ। (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९