सुर्खेत – बुद्ध एयरले सुर्खेत–काठमाडौं बेलुकी उडान सेवा आरम्भ गरेको छ। बुद्धले हिजो आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि–काठमाडौंसम्म बेलुकी उडान सेवा शुरू गरेको हो।

यसअघि बुद्धले गत चैत २५ गतेदेखि सुर्खेत–काठमाडौं बिहान सेवा मात्रै उडान गर्दै आएको थियो। अबदेखि बेलुकी ४ बजे सुर्खेतदेखि काठमाडौं उडान हुनेछ। एकै दिनमा सुर्खेत काठमाडौंको सम्पर्कले गर्दा दुई राजधानीका साथै पहाडी जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा राखिएको छ।

हाल सुर्खेत विमानस्थलको धावनमार्ग साढे १२ सय मिटर मात्र रहेकाले ठूला जहाजका लागि समस्या हुँदै आएको छ। ठूला जहाज आउनका लागि विमानस्थलको धावनमार्ग थप साढे ३ सय मिटर बढाइए भाडा २० देखि २५ प्रतिशतसम्म घट्न सक्ने बुद्ध एयरले बताएको छ।

यसैबीच, आइतबार नै सुर्खेत उद्योग वाणिज्य संघमा भएको एक छलफलमा बुद्ध एयरले एक महिनासम्म साँझको उडानका यात्रुहरूको चापका आधारमा भाडा समायोजन गर्ने बताएको छ। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले एक महिनासम्म साँझको उडानमा यात्रुहरूको चापलाई आधार मानेर भाडा समायोजन गरिने जानकारी दिए। उनले तत्कालका लागि भने भाडा घटाउन नसकिने बताए।

अहिले सुर्खेत काठमाडौंको भाडा दर ७ हजार ७३० रुपियाँदेखि ११ हजार ३ सय रुपैयाँसम्म कायम गरिएको छ। यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले संघको पहलमा सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि सरकारसँग लविङ भइरहेको जानकारी दिए। उनले सबैको चाहनाअनुसार भाडा समायोजन भए यात्रुको चाप बढ्ने निश्चित भएको बताए।

कार्यक्रममा बुद्ध एयरका इन्जिनियर उदय श्रेष्ठले सुर्खेत विमानस्थलको अहिलेको धावनमार्गको उत्तरतर्फ विस्तार गर्दा सहज हुने बताए। उनले दक्षिणतर्फ काँक्रेविहारको डाँडाले समस्या पर्ने भएकाले कठिन हुने र उत्तरतर्फ गराउँदा सहज हुने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारीले सुर्खेत–काठमाडौं जहाज भाडा दर महँगो हुँदा ५० प्रतिशतभन्दा बढी यात्रु नेपालगन्जबाट उड्ने भएकाले भाडा दर केही समायोजन गरे, त्यो संख्या सुर्खेतबाट बढ्ने दाबी गरे।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५