काठमाडौँ – लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचकमा आज साेमबार भने सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ६३ बिन्दुले वृद्धि भई १ हजार २ सय ६० दशमलव ९० अङ्कमा पुगेको छ। त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २९ ले वृद्धि भई २ सय ७० दशमलव २६ अङ्कमा पुगेको छ। परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ।

कूल १ सय ७३ कम्पनीका १३ लाख ७३ हजार १ सय ३० कित्ता शेयर रू. ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ मा खरिद विक्री भएको छ। स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ।

विकास बैंक २ दशमलव ७६, लघुवित्त ३ दशमलव १९ र जीवन बीमा १८ दशमलव ८४ बिन्दुले घट्दा बैंकिङ १ दशमलव ७, होटल १२ दशमलव ८८, जलविद्युत् ८ दशमलव ८९, वित्त २ दशमलव ६, निर्जीवन बीमा ३७ दशमलव २७, उत्पादन २८ दशमलव ३२, अन्य २ दशमलव २७ र सामूहिक लगानी कोष शून्य दशमलव ५ अङ्कले बढेको छ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ। बैंकको प्रतिकित्ता रू ३ सय २४ का दरले रू. ३ करोड २९ लाख ३ हजार ३ सय २० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ। यस्तै, शिवम् सिमेन्ट प्रतिकित्ता रू. ६ सय ५६ का दरले रू. ३ करोड २२ लाख ७८ हजार ४ सय ८१, प्रभू बैंक प्रतिकित्ता रू. २ सय ६६ का दरले रू. २ करोड ३१ लाख २९ हजार २ सय ८१, सिद्धार्थ बैंक लिमिडेट प्रतिकित्ता रू. ३ सय २० का दरले रू. १ करोड ८२ लाख ४८ हजार ९२, कृषि विकास बैंक प्रतिकित्ता रू. ४ सय ३ का दरले रू. १ करोड ७३ लाख ६२ हजार २ सय ९८ मा कारोवार भई शीर्ष स्थानमा रहेकाे छ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६ दशमलव ७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५ दशमलव १३, गुराँस लघुवित्त वित्तीय संस्था ४ दशमलव ९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव ८९ र सिद्धार्थ इक्विटी  ओरियन्टेड स्किमका लगानीकर्ताले ४ दशमलव ४६ प्रतिशतले कमाएका छन्।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ४ दशमलव ८, युनियन हाइड्रो पावर लिमिटेड ४ दशमलव ६६, गुडविल फाइनान्स कम्पनी ४ दशमलव ४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ८४ प्रतिशतले गुमाएका छन्। यस्तै स्टकमा आज नबिल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८