काठमाडौँ – वैदेशिक रोजगारमा गएकाहरूको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ। मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ।

वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६।४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन्। तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन्।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर करार अवधिभित्र ज्यान गुमाउनेको संख्या ६ सय ६६ रहेको छ। गत साउनदेखि जेठ महिनासम्म सबैभन्दा धेरै मलेसियामा २ सय ६ जना कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ।

यस्तै साउदी अरेबियामा १ सय ७७ र कतारमा १ सय १९ कामदारले ज्यान गुमाएको तथ्यांक बोर्डसँग छ। पछिल्ला वर्षहरूमा यो दर बढदो रहेको सुवेदीले बताए।

पछिल्ला तीन वर्षको तथ्यांक केलाउने हो भने विदेशी भूमिमा ज्यान गुमाउने कामदार आर्थिक वर्ष २०७२–७३ मा ८ सय १६ छन् । आर्थिक वर्ष २०७३–७४ मा यो संख्या थोरै घटेर ७ सय ५६ पुगेको भए पनि आर्थिक वर्ष २०७४–७५ मा यो संख्या बढेर पुनः ८ सय २१ पुगेको छ ।

यी मुलुकमा जाने अधिकांश जनशक्ति अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको सुवेदीले बताए। ‘नेपाली श्रमिक विदेशमा जोखिमयुक्त काम गर्न बाध्य हुन्छन्, तर त्यो अनुसारको सावधानी अपनाउन प्रशिक्षण दिने काम भएको छैन,’ उनले बताए।

नेपालले अहिले १ सय ७२ मुलुकसँग श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा कामदार पठाइरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा ३ लाख १२ हजार ७ सय ४९ नेपाली श्रम स्वीकृति लिएर बिदेसिएको रोजगार विभागको तथ्यांक छ । विभागका अनुसार आर्थिक वर्ष २०७४–७५ मा कतारमा १ लाख ८३ हजार ५ सय ४२, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ छन् भने यूएईमा १ लाख १४ हजार ९ सय ४१ रोजगारीका लागि गएका छन् । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२