सचेत घिसिङ, काठमाडौँ – काठमाडौँको बौद्धस्थित समता अस्पतालमा झुण्डिएको अवस्थामा मृत भेटिएकी बिमला तामाङका आफन्तले उनको हत्या भएको भन्दै विरोध जनाएका छन्। तर, अस्पतालले भने बिमलाले आत्महत्या गरेको दाबी गरिरहेको छ। अस्पताल प्रशासनका कर्मचारीले बिमलाले आत्महत्या गरेको बताएपछि बिमलाका आफन्त तथा स्थानीयहरू आक्रोशित बनेका छन्। बिमलाको मृत्युका सम्बन्धमा अस्पताल र मृतकका आफन्त दुवै पक्षको आ-आफ्नै तर्क र अडानका कारण मंगलबार दिनभर बौद्धको समता अस्पताल र समता स्कुल तनावग्रस्त बन्यो।

अनुसार बिमला सदाझैँ हिजो सोमबार पनि हाउसकिपिङ कामका लागि अस्पताल गएकी थिइन्। उनी हरेक दिन बेलुकी ४ बजे छोरालाई लिन स्कूल पुग्थिन्। तर, सोमबार उनी स्कूलमा छोरालाई लिन गइनन्। स्कूलले बिमलालाई फोन गर्‍यो , तर फोन लागेन। अबेरसम्म बच्चा लिन नआएपछि स्कूलले उनका आफन्तलाई खोजी गरेर बच्चालाई घरसम्म पुर्‍याइदियो।

श्रीमती नआएपछि बुद्ध स्कूलमा छोरा लिन जाँदा छोरालाई बाटोमै भेटे, तर बिमलालाई देखेनन्। त्यसपछि अस्पतालमा फोन गरे, तर अस्पतालले ‘आज आएको छैन’ भन्ने खबर दियो। तर, बुद्धको मनले मानेन। उनी अस्पताल गए। एक जना त्यहीँको कर्मचारीले आएको जानकारी दिए।

बुद्धले सबै आफन्तकहाँ फोन गरे। आफन्तहरूकोमा पनि नगएको खबर पाएपछि अस्पतालका सबै कोठाहरूमा खोजे तर कहीँ भेट्टाएनन्। एउटा कोठामा भने ताला लगाइएको थियो। बुद्धले खोल्न आग्रह गरे। कर्मचारीले ‘मिटिङ रुम’ भन्दै खोल्न मानेनन्।

श्रीमती कहीँ कतै नभेटिएपछि बुद्ध रातभर अस्पतालमै बसे। उनले पटकपटक बन्द कोठा खोल्न आग्रह गर्दा पनि अस्पतालका कर्मचारीले खोल्न नमानेको बुद्धले नेपाली पब्लिकलाई बताए। उनले भने, ‘मैले धेरै पटक खोल्न अनुरोध गरेँ, तर उनीहरूले ‘स्टाफ मिटिङ रुम हो, खोल्न मिल्दैन’ भनिरहे, म रातभर यतै बसेँ।’ उनी आफन्त सबैलाई खबर गरेर आफन्तसहित अस्पतालमै बसिरहे।

घटनापछि समता अस्पतालमा अहिले सञ्चारमाध्यमलाई प्रवेश निःषेध गरिएको छ। आफन्त र स्थानीयले मिडियालाई प्रवेश दिनुपर्ने माग गरे पनि अस्पताल प्रशासनले प्रवेश निःषेध गरिरहेको छ। बिहान प्रहरीले बन्द कोठा खोल्दा बिमला झुण्डिएको अवस्थामा फेला पारेको थियो। ‘उनको टाउकोमा केही चोट लागेको र रगत बगेको छ,’ बिमलाका श्रीमान बुद्धले भने। बन्द कोठामा कसरी आत्महत्या भयो भन्दै आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। यो समाचार तयार पार्दासम्म पनि अस्पतालवरपर स्थानीय र आफन्तजनले विरोध गरिरहेका छन्।

स्कुलमा भएको सामान्य तोडफोडपछि कैयौँ बालबालिका स्कूल र अभिभावकको सम्पर्कमा साँझसम्म पनि सम्पर्कमा आइनसकेको स्कूल र अभिभावकहरूले बताएका छन्। साँझसम्म पनि बालबालिका लिनका लागि अभिभावक स्कूल परिसरमा निरास मुद्रामा बसिरहेका देखिन्थे। उनीहरूको चिन्ता थियो, ‘अब बालबालिकालाई कसरी पढाउन पठाउने ?’

मृतकका आफन्तले अस्पतालको सीसी क्यामेराको फुटेज माग गरेका थिए। तर, अस्पताल प्रशासनले सीसी क्यामेराको पुरानै फुटेज देखाएको पीडित पक्षको भनाइ छ। उनीहरूका अनुसार सो फुटेज घटना हुनुभन्दा ३ घण्टा अगाडिको हो। अस्पताल प्रशासनका कर्मचारीहरूले समेत सो सीसी क्यामेरा फुटेज घटनाको समयको नभएको कुरा आफूहरूसँग स्वीकारेको पीडित पक्षका व्यक्तिहरूले बताएका छन्।

अस्पतालका एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘त्यो फुटेज घटना हुनुभन्दा ३ घण्टाअघिको हो। त्यसपछिको फुटेज नै क्याप्चर भएको छैन र देखिँदैन पनि।’ स्थानीयवासीहरूका अनुसार अस्पतालका निर्देशक उत्तम सञ्जेलकी श्रीमतीसँग बिमलाको विवाद रहेको थियो। प्रहरी र अस्पताल प्रशासनले स्थानीयको विरोधका बीच पनि बिमलाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ।

समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलले घटनाका विषयमा आफूलाई केही थाहा नभएको बताए। उनले नेपाली पब्लिकसँग भने, ‘व्यक्तिगत रूपमा मलाई यस विषयमा केही पनि थाहा छैन। घटनाका विषयमा प्रहरीले जानकारी गराएपछि मात्र म दिउँसो १ बजे म अस्पताल पुगेको हुँ।’ उनले थपे, ‘घटनाका विषयमा सम्पूर्ण सत्यतथ्य प्रहरीले पत्ता लगाउनेछ।’

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३