– डमरुबल्लभ भट्टराई

कतै पढेथेँ खुसीका क्षणहरू नचोरी पाइन्न अरे। जीवन निर्वाहको संघर्षमा घर–व्यवहार चलाउने, सञ्चय गर्ने, बढाउने दौडमा खुसीका अंशहरू नै कति नजिक भए होलान र ! तथाकथित सुखभोग पनि कति टिक्यो? यस सन्दर्भमा पुरानो हिन्दी गीत सम्झन्छु –

मोटामोटी सार; यसरी भनौँ कि – ‘पृथ्वीका अधिकांशमा पीडा छ। खुसी हुने चेहरा थोरै छन्।’ लाग्छ, यो अलि बढी नै निराशाजनक छ। समयक्रमसँगै थप सुविधाको खोजीमा दुःखको अनुभूति थपिँदै जाने होला। केही क्षण भए पनि सुखमा हराउन सक्नु भाग्यकै खेल भन्ने गरेका छौँ। हो, गीत धेरै कुनाबाट व्याख्या विश्लेषण होला, खुसीको परिभाषा नै कहाँ सहज छ र?

सायद, यो गीतले मनको भित्री पर्दामात्र खोल्न खोजेको होला। त्यो ठूलो संख्याभित्र म पनि पर्छु। मैले जीवनका लामो कालखण्ड सरकारी सेवामा बिताएँ। त्यो बेला त्यसैको सेरोफेरो सर्वाेपरि थियो। साध्य पनि त्यहीँ, साधन पनि त्यहीँ। वरिपरि हेर्ने, एक कदम अगाडि पछाडि गर्ने आत्मबल नै कहाँ थियो र? एउटा घेराभित्रको अनुशासित दिनचर्याभित्र नै समय बितेछ। किताबखानाले घण्टी बजाउँदा मात्र झल्यास्स भएछु। अब एक महिनापछि सेवाबाट अवकाश लिनु पर्नेछ।

तुम्लिङ्टारस्थित लम्सुवाघाट।

झोलाभरि गत–विगतका सम्झनाहरू बोक्दै सरकारी सेवाबाट बिदा लिएको छु। त्यसभित्र कर्म, सुकर्म र दुष्कर्मका पानाहरू होलान्। केहीले चिमोट्छन् त केहीले प्रकाश दिन खोज्छन्। सायद त्यही प्रकाशको क्षणलाई खुसीको क्षण चोर्नु भन्नु परेको छ। दुःखका क्षणहरू त यत्रतत्र सर्वत्र छन्।

युवा जोश, निकै चर्काचर्की, ठूलो आवाज भएछ कि क्या हो ! हलसँगै जोडिएको कोठाबाट अलिक मोटो खाइलाग्दो मानिस निस्किए। उनले के कुरा हो सोधपुछ गरे। सबै कुरा सुनेपछि मुख बिगार्दै ‘बनाइदेऊ’ भन्ने आदेश दिए। यसरी मैले तत्कालै नागरिकताको प्रमाणपत्र पाएको थिएँ। संजोगले वर्षौंपछि त्यही अफिसको त्यही कोठामा अधिकारी भएर बस्न पुगेँ।

२०३८ सालताका खाँदबारीमा त्यति चहलपहल छैन। वरपर ठाउँठाउँमा हाट बजार लाग्छन्। यदाकदा त्यहाँ शान्तिसुरक्षाको सामान्य समस्या देखा पर्छ। अर्काे सुन्दर चैनपुर बजार पनि सुनसान जस्तै छ। तुम्लिङटारमा हप्ताको एक, दुईपटक जहाज चल्छ। यसले केही सहजता थपेको छ। प्लेन र दुर्गम भत्ताले कर्मचारीको आकर्षण बढाएको छ। साथै, स्थानीय उत्पादनका उपभोग्य वस्तुमा सस्तो र सहज पहुँच पनि लोभलाग्दो पक्ष छ।

अफिसमा बोझ छैन। मुख्य काम भनेको नागरिकताको प्रमाणपत्र दिने, जहाजमा सरकारी सिट सिफारिस गर्ने, यस्तै यस्तै सामान्य कामहरू। निष्क्रिय समय कष्टकर लाग्छ। हाई हाई गरेर समय बिताउनु एक किसिमको दण्ड नै हो। लाग्छ, त्यहाँ बसुञ्जेल यस्तै निष्क्रिय जीवन हुने होला। समय बिताउने उपाय खोजी गर्दै जाँदा खाँदबारीमा टुँडिखेल बनाउने क्रममा केही दिन उल्झिने प्रसङ्ग आएको थियो। जेनतेन हाटबजार सरेपछि निष्क्रियता पुनः छँदै छ।

यस्तैमा एक जना वृद्ध नागरिकता लिन आएको केही दिन भएछ। मैलो फोहोर लुगा, पटुकी कसेको, दारी झुस्स, खल्बाट परेका अनुहार, परैबाट पसिनाको दुर्गन्ध आउने, कपडाको फाटेको जुत्ता, लट्ठीको सहारा। साथमा १२ वर्षजतिको ठिटो, सायद नाति होला। वृद्धको चेहरा पहिला पनि देखेको लाग्छ।

सभापोखरी क्षेत्रमा तीर्थयात्रीहरू।

बाटोको छेउमा साझाको गोदाम छ। गोदामको बाहिर कालो भाँडामा खाना बनाउँदै गरेको देखेको रहेछ। नागरिकता लिन पैदल वा सवारीसाधनमा आवतजावत खर्च, खानाखाजा खर्च, फोटाहरूको खर्च, दरखास्त भरिदिन लेखन्दास खर्च, टिकट कार्ड खर्च, बसोवास खर्चलगायतका पर्ने नै भयो। आउँदा जाँदा स्तरअनुसार परिश्रमको मूल्यको हिसाबै हुँदैन। अदृश्य खर्चको सम्भावना छँदै छ। उनी काम सकेर फिर्ता गइसकेका छन्।

२०३८ सालताका खाँदबारीमा त्यति चहलपहल छैन। वरपर ठाउँठाउँमा हाट बजार लाग्छन्। यदाकदा त्यहाँ शान्तिसुरक्षाको सामान्य समस्या देखा पर्छ। अर्काे सुन्दर चैनपुर बजार पनि सुनसान जस्तै छ। तुम्लिङटारमा हप्ताको एक, दुईपटक जहाज चल्छ। यसले केही सहजता थपेको छ। प्लेन र दुर्गम भत्ताले कर्मचारीको आकर्षण बढाएको छ।

वृद्धको अवस्थाले मेरो मर्मलाई छोएछ क्यार ! नागरिकता फाँट हेर्ने असल सहयोगी खरिदार नारायण खनाल थिए। मैले भनेँ, यो नागरिकताको प्रमाणपत्र सजिलो हुने गरी जिल्लालाई तीन–चार भाग लगाएर घरगाउँमै दिए के हुन्छ? उनी परम्परावादी थिए। कार्यालयबाट दिँदाको महत्त्व कम गर्ने चाहना हुने कुरै थिएन। घरदैलोमा दिए पनि मैले नै सही गर्ने हो, मेरै जिम्मेवारी हो, कार्यालयबाट दिए पनि मैले नै दिने हो, के फरक पर्ला त?

एकताका नागरिकताको अस्थायी निस्सा घरदैलोमा दिएकै हो। स्थायी पनि दिने। यहाँबाट रेकर्ड राख्ने रजिस्टर झोलामा हालेर लैजाँदा अप्ठ्यारो होला जस्तो मलाई लाग्दैन। कानूनको आसय गलत व्यक्तिले नागरिकता नपाओस् भन्ने मात्र हो। मेरो यो आसयलाई नकारात्मक ढंगले हेर्ने कुरा थिएन। नागरिकताको दर्खास्त फाराममा सिफारिस पनि चाहिने हुँदा जिल्ला पञ्चायत सभापति कमानसिं राई साथ दिँदै हुनुहुन्छ। वाना, चैनपुर र मादीपछि क्रमशः उत्तरतिर जाने सोच छ।

त्यसबेलासम्म केन्द्रले फिल्डमा स्थायी नागरिकता दिने व्यवस्था गरेको मलाई सम्झना छैन। लाग्छ, यो कर्तव्यभित्रकै कुरा थियो। एक पाइला अगाडि बढ्नु मात्र हो। मुख्य कुरा रेकर्ड सुरक्षाको हो। यसमा कतैबाट पनि विरोध हुँदैन भन्ने मेरो अनुमान छ। केन्द्रमा अनुमति लिन लागेमा एउटा जिल्लालाई मात्र किन– स्वभाविक प्रश्न थियो। पछि केन्द्रले राष्ट्रिय स्तरमा नै निर्धारित कार्यक्रम बनाएर फिल्डमा नै स्थायी प्रमाणपत्र दिने व्यवस्था गरेको थियो। सरकारबाट उठाएको यो महत्त्वपूर्ण कदम थियो।

खाँदबारीको टुँडिखेलमा शनिबारे हाट।

ती वृद्ध त एक निमित्त मात्र थिए। मुख्य कुरो त पञ्चायतको उत्कर्षका बेला २०२२ सालमा मलाई सजिलै गरी नागरिकताको प्रमाणपत्र प्राप्त भएको कुराले कतै मर्ममा छोएको रहेछ क्यार। मैले आफ्नो नागरिकता तत्कालीन कोशी अञ्चलाधीश कार्यालयबाट लिएको थिएँ। त्यसबेला असिस्टेन्ट भन्थे। वास्तवमा त्यो कालमा उनको विवेकले सजिलै गरी नागरिकता प्राप्त गरेको रहेछु। त्यसबेला नागरिकता लिन दरखास्त फारामको ढाँचा हुन्छ, त्यसैमा सिफरिस गराउनुपर्छ भन्ने थाहा थिएन। पढ्दा पढ्दैको विद्यार्थी, मेरो ठूलोदाइले सामान्य ठाडो निवेदनमा धरानबाट अञ्चल निर्देशन अधिकारी विद्यानाथ पोखरेलको सिफरिस गराउनुभएको थियो। उहाँले पनि फारमको ढाँचामै सिफरिस गराउनुपर्छ, त्यो मिलेन भन्नुभएन।

धीरेन्द्रलाई श्री ५ को पदवीबाट मुक्त गरिसकेपछि नागरिकताको प्रमाणपत्र चाहिने रहेछ। तत्काल दृश्य रूपमा मुख्य प्रमाण त्यही हुनेरहेछ क्यार ! काठमाडौँको प्रजिअको नाताले नागरिकता दिने अवसर मलाई परेको थियो। नारायणहिटी दरबारबाट बोलावट भएपछि प्रमाणपत्रमा त्यहीँ गएर सही गरेको थिएँ। धन्य नागरिकताको प्रमाणपत्र।

म त्यही कागज बोकेर अञ्चलाधीश कार्यालय विराटनगर गएँ। फाँटवालाले स्वीकृति गर्ने कुरै थिएन। यो किन नहुने? म आफ्नो अडानमा थिएँ। युवा जोश, निकै चर्काचर्की, ठूलो आवाज भएछ कि क्या हो ! हलसँगै जोडिएको कोठाबाट अलिक मोटो खाइलाग्दो मानिस निस्किए। उनले के कुरा हो सोधपुछ गरे। सबै कुरा सुनेपछि मुख बिगार्दै ‘बनाइदेऊ’ भन्ने आदेश दिए। यसरी मैले तत्कालै नागरिकताको प्रमाणपत्र पाएको थिएँ। संजोगले वर्षौंपछि त्यही अफिसको त्यही कोठामा अधिकारी भएर बस्न पुगेँ।

त्यसबेलाको आफ्नो निवेदन हेरेँ। वास्तवमा मैले नागरिकता प्राप्त गर्ने कुनै विधि पुर्‍याएको थिइनँ। अहिले आफैँ नागरिकता दिन मिल्छ, मिल्दैन भन्ने जिम्मेवार अधिकारी भइसकेको थिएँ। त्यो पुरानो आफ्नो निवेदन देखेर फाँटवाला कर्मचारीहरूका अगाडि शर्मको महसुस गर्नु परेको थियो। त्यसबेला असिस्टेन्ट कति विवेकी रहेछन्, त्यही काम मैले आफूले गर्नुपर्दा कति गाह्रो पर्दोरहेछ। नागरिकता लिँदाको समयमा सर्जिमिन आदि खोजी गरिएन। निर्देशन अधिकारीको दस्तखत नै पर्याप्त थियो। अझै त्यो कागज होला। त्यसैले पनि होला, आधिकारिक व्यक्तिको दस्तखत नै मेरो लागि सर्वाेपरि रहँदै आयो।

यो यस्तो घटना थियो, जसले सरकारी ओहदामा बस्नेलाई सहज बन्न प्रेरणा गथ्र्याे कि ! नागरिकता फिल्डमा नै दिन प्रेरित गर्नेमा त्यो एउटा प्रमुख कारण थियो। आत्माको आवाज थियो। अरू जिल्लामा बस्दा पनि यथासम्भव विवेकी बन्न सकौँ भन्ने लागिरह्यो। किन हो, परम्परागत राणाकालीन प्रबन्ध ‘सर्जिमिन’ शब्दभित्रको सामूहिक जिम्मेवारीभन्दा आधिकारिक व्यक्तिविशेषको जिम्मेवारीलाई नै सम्मान गरौँ जस्तो लाग्ने। यताउता गरेमा उसको जागिर, पेन्सनलगायतमा असर पर्ने हुन सक्दथ्यो होला ! २०४६ तिरसम्म सबैतिरको नागरिकता काठमाडौँबाटै पनि दिन सकिन्थ्यो। यो अवसर मैले पनि लिएको थिएँ।

सभापोखरीको एक छेउ।

फर्केर हेर्दा, फिल्डमा नै प्रमाणपत्र दिँदा पाउनेको हृदयलाई स्पर्श गरेको जस्तो लाग्छ। कामले नभ्याएर, खर्च जुटाउन नसकेर, साथी नपाएर, घरमा कसैको सहयोग नपाएर, धेरै लामो यात्रा गर्नुपर्ने भएर, शरीर असक्षम आदि कारणले नागरिकता हातमा छैन। काम लागोस् वा नलागोस्, चाहिएको छ। पाउने खट्पटी छ। त्यो बेला नागरिकताको प्रमाणपत्र पाउँदा आँखाभरि हर्षका आँसुले आशीर्वाद दिएजस्तो लाग्छ।

पुराना दिनका आशा र निराशा, हर्ष र विस्मत, सुख र दुःख, त्याग र प्राप्ति, गरेका वा नगरेका विभिन्न पदचापको संकलन नै त होला संस्मरण। मानिस जति बुढिँदै जान्छ – यस्तै त होलान् नछुट्टिने साथीहरू। यस्तै सोच्दै सम्झँदै गर्दा एउटा हिन्दी कवितामा अनायासै आँखा पर्छन्। लाग्छ, हामी पनि कतै त्यसैको नजिकको क्रममा त छैनौँ। आवरणले पनि कति छोपिएला र !

घरदैलोमा नै सजिलै गरी नागरिकता हात पार्दा आफ्नो गाढ्धन फिर्ता पाएकोभन्दा कम खुसियाली थिएन होला। कति मूल्यवान् वस्तु कति सजिलै उपलब्धि। हर्षको क्षण सम्झँदा मलाई पनि ए, यो त ठूलै काम गरिएछ कि क्या हो ! अहिले खुसीका क्षणहरू चोर्ने कुरा गर्दा वृद्धवृद्धाको त्यो खुला दिलको हर्षको आँसु सम्झन पुग्छु। कताकता सन्तुष्टि हुन्छ। शायद खुसीको क्षण चोर्ने भनेको यस्तै यस्तै केही होला कि !

राजपरिवारभित्रको मनमुटावको अन्त्य पनि नागरिकताको प्रमाणपत्रमा गएर सायद टुंगिएको थियो। राजपरिवारको महत्त्वपूर्ण अभिन्न अङ्ग धीरेन्द्रलाई श्री ५ को पदवीबाट मुक्त गरिसकेपछि नागरिकताको प्रमाणपत्र चाहिने रहेछ। तत्काल दृश्य रूपमा मुख्य प्रमाण त्यही हुनेरहेछ क्यार ! काठमाडौँको प्रजिअको नाताले नागरिकता दिने अवसर मलाई परेको थियो। नारायणहिटी दरबारबाट बोलावट भएपछि प्रमाणपत्रमा त्यहीँ गएर सही गरेको थिएँ। धन्य नागरिकताको प्रमाणपत्र।

अन्त्यमा, घुमिफिरी खुसीका क्षणहरूकै प्रसङ्गमा। पुराना दिनका आशा र निराशा, हर्ष र विस्मत, सुख र दुःख, त्याग र प्राप्ति, गरेका वा नगरेका विभिन्न पदचापको संकलन नै त होला संस्मरण। मानिस जति बुढिँदै जान्छ – यस्तै त होलान् नछुट्टिने साथीहरू। यस्तै सोच्दै सम्झँदै गर्दा एउटा हिन्दी कवितामा अनायासै आँखा पर्छन्। लाग्छ, हामी पनि कतै त्यसैको नजिकको क्रममा त छैनौँ। आवरणले पनि कति छोपिएला र ! कविताको अंश –

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९