जाजरकोट – मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका- ८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो।

अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताए। प्रविधिकै माध्यमबाट समृद्धिको खोजी गर्नुपर्ने बताउँदै अनलाइन सेवाले गुम्दै गएको जनविश्वासलाई नयाँ ढङ्गले जागृत गर्ने प्रमुख घर्तीले बताएका छन्।

देश र जनताको अचल सम्पत्तिसँग सम्बन्ध राख्दै आएको मालपोत कार्यालयलाई व्यवस्थित गर्न नसक्दा अभिलेखको खोजी गर्न निकै कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएको छ। हाल जाजरकोट जिल्लामा भने सोचे जस्तो नेट/इन्टरनेट सेवा नभएको भएता पनि त्यसलाई व्यवस्थित गर्दै जानुपर्ने प्रजिअ बस्नेतको भनाइ रहेको थियो।

अनलाइन सेवाबाट जग्गाधनी दर्ता प्रमाणपुर्जा दिने जिल्लामा जाजरकोट ६६औँ जिल्ला हो। अनलाइन सेवा सञ्चालन भएपछि यसको सम्पूर्ण अभिलेख सिंहदरबारमा हुने र जग्गाधनीको फोटो, हस्ताक्षर र ल्याप्चे पनि कम्प्युटरमार्फत गराइने छ।

सर्वसाधारण जनताको सेवासुविधा र आर्थिक हित कायम राख्न, भू–अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्न, भूमि व्यवस्थापनकार्यलाई सेवामुखी एवं सूचनामूलक बनाउन, जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्‍याउन, भू–राजश्व परिचालन गर्न सहयोग पुर्‍याउन, आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू–सूचना प्रणालीको विकास गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले अनलाइन सेवा सञ्चालनमा ल्याएको बताएको छ। (रासस)

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५